पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

पोखरा:     डा. कालु शर्मा सुवेदीको द्वितीय विश्व युद्धकालीन परिवेश केन्द्रित अनुसन्धानात्मक उपन्यास खोजीमा पोखरा आइपुगेको छ । पूर्वायण प्रकाशन असम भारतबाट प्रकाशित कृतिको शुक्रवार पोखरामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो । कृति लोकार्पण गर्दै वरिष्ठ साहित्यकार सरुभक्तले पोखराका वरिष्ठ चिकित्सक जीवनको लामो कालसम्म चिकित्सका सेवामा क्रियाशील राखेर पेशाबाट निवृत्त भएसँगै साहित्य सेवामा लाग्नु निकै प्रशंसनीय कार्य भएको बताए । उनले शर्माको आख्यानशैली र सिर्जनशीलताको प्रशंसा गर्दै सरुभक्तले व्यक्ति आफ्नो पेशा व्यवसायमा जुनसुकै निकाय र क्षेत्रमा रहे तापनि साहित्य सबैको साझा विषय रहेको धारणा राखे । उनले विद्यार्थी जीवन सकिएपछि साहित्यिक जीवन सकिएको नठान्न पनि आग्रह गरे । वरिष्ठ अधिवक्ता तिलक पराजुलीले द्वितीय युद्धकालीन परिवेशका विषयमा लेखिएका र सुनिएका धेरै सन्दर्भ रहे तापनि पोखरेली स्रष्टाबाट लेखिएको कृति थप सहयोगी सिद्ध हुने धारणा राखे । कृतिको समीक्षा गर्दै प्रा.डा. यमबहादुर पौडेल क्षत्रीले नेपाली कहिले ज्ञानको, कहिले बासस्थानको, कहिले आफन्तको खोजीमा प्रवासमा पुग्दा नेपालीले देखे भोगेको यथार्थ विषयवस्तु खोजीमा उपन्यासको मुख्य विषय रहेको बताए । कृतिका स्रष्टा कालु शर्मा सुवेदीले आफू बाल्यकालदेखि साहित्यनुरागी रहेतापनि सेवा निवृत्त समयमा आएर बल्ल आफ्नो सिर्जनशीलतालाई बाहिर ल्याउने अवसर मिलेको बताए । उनले केही कृति निकट भविष्यमै आउनेसमेत जानकारी गराए ।  

पोखरा:    बैशाख २८ गतेबाट रिलिज हुने नेपाली सिनेमा ‘खजुरे ब्रो’ एक सामाजिक कथा भएको निर्माण पक्षले जनाएको छ ।  विहिबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कलाकार महेश त्रिपाठीले ‘खजुरे ब्रो’ सामाजिक कथामा आधारित सिनेमा भएको जानकारी गराए ।  उनका अनुसार सिनेमामा सामाजिक विषयवस्तुलाई रमाइलो तवरले प्रस्तुत गरिएको छ । सिनेमाको आफ्नो भूमिकालाई लिएर उनी आशावादी छन् । आइरहेका नेपाली सिनेमाभन्दा केही फरक भएकाले पनि सिनेमा दर्शकलाई मन पर्ने विश्वास त्रिपाठीलाई छ ।  सिनेमाका मूख्य पात्र रेयर राइले ‘खजुरे ब्रो’ आफ्ना लागि टर्निङ पोइन्ट हुनेमा आशावादी छन् । कन्टेन्ट अनुसारलाई आफुलाई अभिनयमा ढाल्ने प्रयत्न गरेको उनले बताए । सिनेमामा रेयर नै ‘खजुरे ब्रो’ पात्रमा देखिदैछन् ।  कलाकार पुष्कर कार्कीले सिनेमामा आफ्नो सस्पेन्स भूमिका भएको उल्लेख गरे । सामाजिक विषयवस्तु भएकाले पनि दर्शकको रोजाईमा ‘खजुरे ब्रो’ पर्नेमा उनी विश्वस्त छन् ।  चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय महासचिव रघुनाथ सापकोटाले मनसरा, पुजार सार्की र फर्कीफर्की जस्ता सिनेमाले ‘खजुरे ब्रो’ को व्यापारमा असर नगर्ने उल्लेख गरे । सिनेमाको छायाँकन दार्जलिङ, धरान र काठमाडौंमा  गरिएको हो ।  अहिलेसम्म एक करोड पचास लाख माथिको खर्च भइसकेको निर्माण पक्षले जनाएको छ । सिनेमाको कथा सुरज सुनुवारले लेखेका हुन् । निर्देशन समेत उनकै हो भने निर्माता नबिन मानन्धर हुन् । सिनेमामा महेश त्रिपाठी, रेयर राई, पुष्कर कार्कीका अलवा नीति शाह, बिनिता थापा मगर, शन्तीला तामाङ, सुष्मा निरौला लगायतका कलाकारको अभिनय छ ।   

पोखरा:    गायन रियालिटी ‘शो’नेपाल आइडलको पाँचौं संस्करणमा पोखराकी सलोमी गुरुङसहित उत्कृष्ट १२ प्रतिस्पर्धीले प्रस्तुति दिएका छन् । शोको शनिबार प्रशारण इपिसोडमा उत्कृष्ट १२ प्रतिस्पर्धीको प्रस्तुति रहेको थियो ।  उत्कृष्ट १२ मा पोखराकी सलोमी गुरुङसहित करण परियार, मावन परियार, मोहित भुजेल, प्रकाश बुढा, प्रशान्त थापा, सुनिल विश्वकर्मा, छिरिङ पाख्रिन, इशा सुवेदी, प्रेणा विश्वकर्मा, सचिन विश्वकर्मा, सन्तोष पुनले प्रस्तुति दिए । यीमध्ये ६ प्रतिस्पर्धीहरु प्रस्तुतिका आधारमा जजले दिएको नम्बर अनुसार सिधै उत्कृष्ट १० मा करण परियार, मानव परियार, मोहित भुजेल, प्रकाश बुढा, प्रशान्त थापा र सुनिल विश्वकर्मा छनोट भएका छन् ।  बाँकी ६ जनाले भोटिङका लागि प्रतिस्पर्धा गरिरहेका छन् । भोटिङमा गएकामध्ये २ जना आउट हुनेछन र आउँदो शुक्रबार उत्कृष्ट १० को छनोट पुरा हुनेछ । भोटिङमा सलोमी गुरुङ, सन्तोष पुन, सचिन विश्वकर्मा, प्रेणा विश्वकर्मा, इशा सुवेदी र छिरिङ पाख्रिन छन् ।  नेपाल आइडलको अन्तिम १२ मा पुगेकी सलोमी गुरुङलाई भोटिङ गर्न प्रभु पे, इ–सेवा र मोमो एप डाउनलोड गरेर र ३७००० मा १२ टाइप गरी एसएमएस पठाएर भोटिङ गर्न सकिन्छ ।  सुरेश पौडेल निर्देशक रहेको शोमा न्यहू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज छन् । एपिवान टेलिभिजनमा हरेक शुक्रबार र शनिबार ८ः३० बजेदेखि प्रसारण हुने शोलाई रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गर्दै आएका छन् ।   

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको छ ।    फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटमा सुरु भएको छ । पहिलो चरणको छायांकन यसअघि मनाङमा सम्पन्न भइसकेको छ ।   निर्देशक अशोक थापाले बिहीबारदेखि पुन मगरको उद्गमथलो रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा गरिने जानकारी दिए ।   मगर समुदायको परिवेशमा निर्माण हुन लागेको फिल्मले दशक लामो सशस्त्र युद्धको क्रममा युवायुवतीबीच अंकुराएको प्रेमलाई देखाउँछ ।     छायांकन गर्न पुगेको ‘खुश्मा’को टिमलाई मौकोटबासीले स्वागत गरेका थिए । मैकोट अभिनेता धीरजको जन्मथलो पनि हो । उनी त्यहाँबाट दुई वर्षको उमेरमा बेलायत गएका थिए ।     निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन र बेतान मगर छन् ।   सहनिर्मातामा मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् । मोहन राई कार्यकारी निर्माता रहेको फिल्ममा दीपक बज्राचार्यको छायांकन छ ।   माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ ।

पोखरा:   नयाँ वर्ष अवसरमा पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म चलेको महायज्ञ सोचेअनुरुप सफल भयो ।   लोकको कल्याणका लागि आयोजित महायज्ञ सफल भएको महायज्ञ मूल आयोजक समिति अध्यक्ष एवं महायज्ञ संयोजक लक्ष्मण पौडेलले बताए ।   महायज्ञमा हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज कथावाचन गरेका हुन् ।   उनको मुखारबिन्दबाट कथा सुन्न भक्तजनको दैनिकरुपमा उल्लेख्य भए । महायज्ञमा करिब १२ सय जना कर्ता बसेको महायज्ञ मूल आयोजक समिति कोषाध्यक्ष मोहनप्रसाद अधिकारीले बताए ।   कथावाचन आइतबारसम्म भएकोमा सोमबार समापनमा पूर्णाहुति एवंं अभिषेकसहित प्रसाद वितरण गरिएको हो । त्यसअघि, सप्ताहव्यापी पाठपरायण, प्रवचन तथा अनुष्ठान भएको महायज्ञका कार्यालय सचिव नरेन्द्र रानाभाटले बताए ।   पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा नारायणप्रसाद अर्यालको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा गण्डकी प्रदेशसभाका सदस्य एवं पूर्व मन्त्री पञ्चराम गुरुङ, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत उपस्थित थिए ।   निकै व्यवस्थितरुपमा महायज्ञ आयोजना गरिएको भए पनि अर्थ संकलनको कुनै उद्देश्य थिएन । कतिपयले स्वेच्छिक सहयोग गरेको महायज्ञका महासचिव सूर्यभक्त सिग्देलले बताए ।   महायज्ञमा कथावाचनसहित बिहान साढे ४ देखि राति ९ बजेसम्म विभिन्न कार्यक्रमले प्रदर्शनी केन्द्र महायज्ञमय बनेको मूल आयोजक समितिका सूर्यप्रसाद भण्डारीको भनाइ छ ।   महायज्ञका सल्लाहकार एवं विश्व हिन्दु महासंघ नेपालका केन्द्रीय सहअध्यक्ष शंकर खरालले अर्थ संकलन उद्देश्य नराखी सामाजिक, धार्मिक सद्भाव र सहिष्णुता वृद्धि गर्ने उद्देश्यले पोखरामा फरकखालको महायज्ञ भएको बताए ।   घरमा सप्ताह यज्ञ अनुष्ठान गर्न असहज परिस्थिति भएकाहरुको सुविधाका लागि महायज्ञमा त्यस्तो सुविधा दिइएको महायज्ञका सहअध्यक्ष महेश पराजुलीले बताए ।   उनका अनुसार योग, ध्यान, पूजाअर्चना, भक्ति, ज्ञानका साधना निरन्तर भए । मूल आयोजक समिति अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन विष्णु पौडेलले गरेका थिए । 

पोखरा:  मनसरा मिश्रित समाजको कथा भएको बताइएको छ ।   बैशाख २१ गते बाट रिलिज हुने सिनेमा मनसराको विषयमा जानकारी दिने उद्देश्यले चलचित्र पत्रकार संघ नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण टीमले यस्तो बताएको हो ।    समाजमा भएका घट्नाहरुलाई आधार बनाएर सिनेमा निर्माण गरिएको निर्देशक एवम लेखक उपेन्द्र सुब्बाले जानकारी दिए ।   उनले भने ,“मनसरा मिश्रित समाजको कथा हो । सिनेमाका हरेक पात्रमा दर्शकले आफुलाई पाउनेछन ।”    सामाजिक विषयवस्तु आफ्नो रुचीको विषय भएकाले पनि सिनेमा मार्फत सामाजिक कथा प्रस्तुत गर्न खोजेको उनले बताए । “सिनेमा छ्या भन्ने बनाएको छैन । पत्याउने सिनेमा बनेको छ । फरकधारको सिनेमा बनाउने प्रयास हो ।“, उनले भने ।      निर्देशक सुब्बाले मनसरा धानको नाम भएको उल्लेख गरे । पुर्वतिर पाइने धान जसको ढांट अलिक कडा हुन्छ । वरिपरि अन्य बाली लगाएता पनि उक्त धानमा कुनै असर नभई उत्पादन हुने हुँदा उक्त विषयवस्तुलाई समाजसङ्ग जोड्ने प्रयास सिनेमा माध्यम गरेको उनले बताए ।      मनसरा धानको विशेषता मन परेर नै सिनेमाको कथा बनाइएको भनाई उनको छ । उपन्यास लेखन भन्दा सजिलो सिनेमा लेखन भएको उनले उल्लेख गरे । लेखनमा नै सुब्बा आनन्द मान्छन ।    अभिनेता प्रविन खतिवडाले मनसरा सोसल ड्रामा भएको बताए । श्रमिक, परिवारबाट विछोड भएका मान्छेको कथालाई मनसरामा प्रस्तुत गरिएको उनले बताए । समाजिक कथामा सिनेमा निर्माण भएकाले परिवारले बसेर हेर्न मिल्ने सिनेमा बनाइएको भनाई उनको छ । उनी सिनेमामा साधारण कृषकको भुमिकामा देखिएका छन् । मिश्रित समाजको कथा भएकाले मनसरा दर्शकको रोजाइमा पर्नेमा उनी विश्वस्त छन् ।    नायिका मिरुना मगरले मनसरा समाजको रियल कथामा आधारित रहेको बताइन । जारीमा दर्शकबाट पाएको माया स्वरुप मनसराको आफ्नो भुमिकालाई पनि दर्शकले रुचाउनेमा उनी आशावादी छिन ।   कुनै पनि कलाकारले निर्देशकले दिएको भुमिका अनुसार नै आफुलाई सिनेमामा प्रस्तुत गर्ने हुँदा मनसरामा पनि निर्देशकले दिएको भुमिकालाई आफुले सक्दो निभाउने प्रयास गरेको उनले बताइन ।      अभिनेत्री मेनुका प्रधान पनि मनसरा बाट आशावादी देखिन्छन् । सिनेमामा आफ्नो भुमिकालाई दर्शकले मन पराउनेमा उनी ढुक्क छिन् ।   सामाजिक कथा भएकाले सिनेमा हेर्न हल सम्म पुग्न दर्शकलाई उनको आग्रह छ ।    कार्यकारी निर्माता सिजन दाहालले  सिनेमाको छायांकन काठमाडौं नजिकैको गाउँ ललितपुर स्थित सिमाखो र पांचथरको गाउँमा भएको जानकारी गराए ।   उनका अनुसार उक्त गाउँका नागरिकहरु भाडामा बसेर खेती किसानी गर्छन । लकडाउनको समय देखि नै स्कृप्टको तयारी भएको र अहिले आएर सिनेमा निर्माण गर्ने समय जुरेको उनले उल्लेख गरे ।   कर्मसियल सिनेमा जत्तिकै लगानी मनसरामा लागेको भनाई उनको छ ।  

पोखरा:   पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै संघको कार्यालयको उद्घाटन गरेको छ ।   संघको कार्यालयको उद्घाटन गर्दै लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठले लोकदोहोरी रेष्टुरेण्ट व्यवसाय सम्मानित, मर्यादित र सुरक्षित बनाउनका लागि व्यवसायहरुनै लाग्नुपर्नेमा जोड दिए ।   आफुहरुको व्यवसाय कोरोना अगाडि सम्म नेपाल सरकारमा सुचिकृत नभएका कारण त्यतिवेला प्रहरी प्रसासनबाट सास्ती खेप्नुपरेको वताउदै कोरोना पछि व्यवसायलाई सुचिकृत गरी मापदण्ड र अनुसुची बनाएको र त्यसपछिमात्र हाल आएर रात्रिकालिन व्यवसायलाई चौबिसै घण्टा खोल्न सरकार तत्पर रहेको बताउदै अध्यक्ष श्रेष्ठले संस्थाको मर्यादाभित्र रहेर व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह समेत गरे ।   त्यस्तै पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवयसायी सघंका कानुनी सल्लाहकार सुरेन्द्र थापा मगरले ब्यवसाय संगै रोजगार प्रदान गर्ने व्यवसाय लोकदोहोरी रेष्टुरेण्ट भएको वताउदै लोकदोहोरी व्यवसायले लोक संस्कृतिको संरक्षणमा समेत लागेको बताए ।   आर्थिक मन्दीका कारण रोजगार नपाउने अवस्थाका कारण युवाहरु विदेश पलायन भइरहदा लोकदोहोरी रेष्टुरेण्ट व्यवशायीहरुले केही हद सम्म रोजागार प्रदान गरिरहेको वताउदै थापा मगरले पैसा र नेपाल सरकारले चाहेर मात्रपनि  नेपालको मौलिक लोक संस्कृति बचाउन नसकिने बताए । लोक संस्कृतिको संरक्षणमा व्यवसायहरु लाग्नुपर्ने उनको भनाइ रहेको थियो ।   राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रीय सचिव शंकरविरही गुरुङले लोकदोहोरीको कलाकार उत्पादन गर्न र कलाकारलाई बचाइ राख्न लोकदोहोरी रेष्टुरेण्टको मुख्य भुमिका रहेको बताए ।   पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवयसायी सघंका सल्लाहकार लोकेन्द्र कुमार राईले रात्रीकालिन ब्यवशायहरु २४ घण्टा खुल्नु खुसीको कुरा भएतापनि त्यसमा चुनौती रहेको बताउदै व्यवसायहरुले विशुद्ध रुपमा व्यसाय गर्दै सम्मानित र मर्यादित ढंगले व्यवसाय गर्न सके व्यवसायीले सम्मान पाउने बताए  ।     त्यस्तै अर्का सल्लाहकार जय कुमार परियारले संघले व्यवसायहरुको हक हितको लागि एकजुट भएर काम गर्न आग्रह गरे ।   ससुराली रोधी घरका सञ्चालक टंक पौडेलले संघबाट व्यवसायीहरुलाई दुख पर्दा साथ र सहयोग पाइरहेको बताउदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राखे । उक्त अवसरमा पोखरामा भर्खर सञ्चालनमा आएका ससुराली, जुनेली, मान्द्रो र सारंगी रोधी घरले संघको सदस्यतासमेत लिएका थिए । हाल पोखरामा २६ वटा दोहोरी सांझहरु संघमा आवद्ध रहेका छन ।   संघका अध्यक्ष जीवन गुरुङ भीमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिरेन्द्र केसीले स्वागत मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन सचिव दिलु लामाले गरेकी थिइन् । 

काठमाडौं:     फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।  सामाजिक कथामा आधारित फिल्मको ४ मिनेट लामो ट्रेलरमा दुई अलग समुदायका पात्रको कथा देख्न सकिन्छ । जसमा विवाहित ब्राह्मण पुरुष र लिम्बू महिलाबिचको प्रेमलाई प्रस्तुत गरिएको छ ।    कबड्डी फिल्मस् र बाँसुरी फिल्मस्ले निर्माण गरेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय छ । निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्रध्वज कार्की हुनुहुन्छ । यस्तै, विष्णुकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह(निर्माता हुनुहुन्छ । फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रङ संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र शुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहनेछ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन् । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्ने फिल्म आगामी वैशाख २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

काठमाडौंः  परम्परागत विश्व कविता लेखक सङ्गठन (टिपिडब्ल्युएडब्ल्यु)को चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा आयोजना गरिएको छ ।   सम्मेलनमा नेपाललगायत दक्षिण कोरिया, चीन, बेलायत र अमेरिकाका कविहरूको सहभागिता थियो ।   उक्त सम्मेलनका अवसरमा नेपालका तीनजना कविहरू क्रमशः भुवनहरि सिग्देल, सीताराम अधिकारी र प्रह्लाद पोख्रेललाई ‘येउ सुङ ग्यो’बाट सम्मान गरिएको थियो ।   सम्मेलन टिपिडब्ल्युएडब्ल्यु सभापति कोरियाली कवि किम बोङ गुन र नेपाल शाखाका सभापति प्राध्यापक रामकुमार पाँडेको संयुक्त अध्यक्षतामा भएको थियो ।   सम्मेलनमा विभिन्न देशका परम्परागत कविताबारे कार्यपत्र प्रस्तुतिका साथै हाइकु र छन्दोबद्ध संरचनाका कविता पनि वाचन गरिएका थिए ।