द्वितीय युद्धकालीन उपन्यास खोजीमा पोखरा आइपुग्यो
पाेखरा | बैशाख २२, २०८१
पोखरा: डा. कालु शर्मा सुवेदीको द्वितीय विश्व युद्धकालीन परिवेश केन्द्रित अनुसन्धानात्मक उपन्यास खोजीमा पोखरा आइपुगेको छ ।
पूर्वायण प्रकाशन असम भारतबाट प्रकाशित कृतिको शुक्रवार पोखरामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो ।
कृति लोकार्पण गर्दै वरिष्ठ साहित्यकार सरुभक्तले पोखराका वरिष्ठ चिकित्सक जीवनको लामो कालसम्म चिकित्सका सेवामा क्रियाशील राखेर पेशाबाट निवृत्त भएसँगै साहित्य सेवामा लाग्नु निकै प्रशंसनीय कार्य भएको बताए ।
उनले शर्माको आख्यानशैली र सिर्जनशीलताको प्रशंसा गर्दै सरुभक्तले व्यक्ति आफ्नो पेशा व्यवसायमा जुनसुकै निकाय र क्षेत्रमा रहे तापनि साहित्य सबैको साझा विषय रहेको धारणा राखे । उनले विद्यार्थी जीवन सकिएपछि साहित्यिक जीवन सकिएको नठान्न पनि आग्रह गरे ।
वरिष्ठ अधिवक्ता तिलक पराजुलीले द्वितीय युद्धकालीन परिवेशका विषयमा लेखिएका र सुनिएका धेरै सन्दर्भ रहे तापनि पोखरेली स्रष्टाबाट लेखिएको कृति थप सहयोगी सिद्ध हुने धारणा राखे ।
कृतिको समीक्षा गर्दै प्रा.डा. यमबहादुर पौडेल क्षत्रीले नेपाली कहिले ज्ञानको, कहिले बासस्थानको, कहिले आफन्तको खोजीमा प्रवासमा पुग्दा नेपालीले देखे भोगेको यथार्थ विषयवस्तु खोजीमा उपन्यासको मुख्य विषय रहेको बताए ।
कृतिका स्रष्टा कालु शर्मा सुवेदीले आफू बाल्यकालदेखि साहित्यनुरागी रहेतापनि सेवा निवृत्त समयमा आएर बल्ल आफ्नो सिर्जनशीलतालाई बाहिर ल्याउने अवसर मिलेको बताए । उनले केही कृति निकट भविष्यमै आउनेसमेत जानकारी गराए ।
काठमाडौं: विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...
ढोरपाटन: बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...
पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ । गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

