कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक बेहोस भई लडेका अमेरिकी नागरिक ४८ वर्षीय म्याथ्यु एलेक्स जोन्सको उपचारका क्रममा मृत्यु भएको छ।   स्थानीयवासीको सहयोगमा घट...

पोखरा:   गण्डकी विश्वविद्यालयको आयोजनामा ५ कि मि सडक दौड प्रतियोगिता हुने भएको छ । कक्षा ११ र १२ पढ्ने र १२ को परीक्षा दिएका विद्यालयहरुलाई लक्षित गर्दै विश्वविद्यालयले भदौं ९ गते सडक दौड प्रतियोगिता आयोजना गरेको हो ।  विश्वविद्यालयले आइतबार पत्रकार सम्मलेन गर्दैसमग्र खेलकुदको विकास, सम्वद्र्धन, प्रवद्र्धन र खेलकुद प्रतिको आकर्षण अभिवृद्धि गर्न योगदान पु‍¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ ।  विद्यार्थीहरूलाई खेलकुदका कार्यक्रमहरूको योजना तर्जुमा गर्ने, कार्यक्रमहरू आयोजना गर्ने तथा त्यस्ता कार्यक्रमहरूलाई व्यवस्थापन गर्न सक्षम बनाउने लक्ष्य राखिएको प्रतियोगिताका संयोजक डा मधुसुदन सुवेदीले जानकारी दिए ।  प्रतियोगिता भदौं ९ गते बिहान ७ बजे सञ्चालन हुनेछ । सहभागी हुनका लागि भदौं ७ गते बेलुका ४ बजेसम्मको समय छुट्टाइएको डा सुवेदीले बताइन् । २०८० सालको कक्षा १२ को परीक्षा दिई बसेका र हाला कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीले दौडमा सहभागी हुन पाउनेछन् । दर्ता शुल्क २० रुपैयाँ तोकिएको छ । एकै विद्यालयबाट २५ जनाभन्दा बढी सहभागी भएमा सबैको नाम निशु्ल्क दर्ता गराइने विश्वविद्यालयले जनाएको छ ।  दौडमा प्रथम, द्वितीय, तृतीय र सान्तवना हुने खेलाडीहरूले क्रमशः १० हजार, ७ हजार,५ हजार र २ हजार नगदसहित मेडल र प्रमाण पत्रको प्राप्त गर्नेछन् । निर्धारित दुरी पूरा गर्ने पहिलो १० खेलाडीलाई प्रोत्साहन गर्न मेडलको व्यवस्था गरिएको आयोजनाले जनाएको छ । । यस प्रतियोगितालाई प्राविधिक सहयोग कास्की जिल्ला एथ्लेटिक्स संघले गरको छ ।  यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिइरहेको ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’ (बिएसएम) कार्यक्रमका संयोजक सुवेदीले बताए । २०७७ सालमा स्थापना भएको यस विश्वविद्यालयमा अहिले ५ संकायका विषयमा पठनपाठन हुँदै आएको छ । नेपालमै पहिलो पटक खेलकुद व्यवस्थापन संकायको पढाई थालेको यस विश्वविद्यालयमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही, नेपाली महिला क्रिकेट टिमकी खेलाडी डली भट्ट अध्ययनतर छन् ।  

पोखरा:  गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले यातायात क्षेत्रमा चलखेल र योजना फेरबदल गर्न नदिने बताएका छन् ।    भौतिक मन्त्रालयको कार्यभार सम्हालेको एकसय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री जुग्जालीले यस्तो अडान व्यक्त गरेका हुन् ।   उनले आफु मातहतका कार्यालयमा चलखेल हुन नदिने बताउदै विकृतिलाई हटाउदैं जाने स्पष्ट पारे ।       ‘मन्त्रालय कसरी सञ्चालन गर्ने भन्ने बल्ल बुझ्दै छु, यहाँ आएको बल्ल तीन महिना भएको छ ।  यसको जस अवजस मैले नै हो लिने’, जुग्जालीले भने, ‘म कसैले भनेको पनि सुन्दिन र मान्दिन, बरु मन्त्री पद जाला तरपनि पाँचवर्ष सांसद रहन्छु त्यसैले म यहाँ रहँदासम्म यातायात क्षेत्रमा खेलामेलो र योजना फेरबदल हुन दिन्न ।’   उनले संसदमा पनि उक्त कुरा राखेकाले मन्त्रालयका योजना फेरबदल र यातायात क्षेत्रमा कुनै खेलोमेलो हुन नदिने दोहोर्याए ।     मन्त्री जुग्जालीले ट्याक्सी मिटरमा सञ्चालन हुने भन्दै समिति बनाएर सञ्चालन गर्न नहुनेसमेत सुनाए ।  ‘ट्याक्सी भनेको कन्ट्याक्टमा सञ्चालन हुने हो समिति बनाएर सञ्चालन गर्ने होइन, यो क्षेत्रमा ठुलो चलखेल हुँदा यो (मिटरसिस्टम) पहिले लागु भएन, उनले भने, ‘चलखेलले देशको विकास हुन सकेन, अब यसको अन्त्य भएर जान्छ ।’   उनले पोखरा उपत्यकामा भाद्र १ गतेदेखि ट्याक्सी अनिवार्य मिटरमा सञ्चालनमा आएकाले मिटर नियमित चेकजाँच गर्ने संयन्त्रको निर्माण गर्ने तयारी भइरहेको बताए ।    उनका अनुसार सार्वजनिक विद्युुतीय सवारी सञ्चालन मापदण्ड २०८० स्विकृत र लागु भएको र २० वर्षे ट्याक्सी विस्थापित गरी विद्युुतीय कार दर्ता गर्ने प्रक्रिया अघि बढेको छ ।    यातायात व्यवस्था कार्यालय बागलुुङमा ११ वर्षपछि चार पाङ्ग्रे सवारी साधनको लाइसेन्सको प्रयोगतात्मक परिक्षा सञ्चालन गर्न ट्रायल सेन्टर छनौट भई भोलि (मंगलबार) सम्झौता गरिने जुुग्जालीले बताए ।   बाग्लुुङमा चार पाङ्ग्रेको लाइसेन्स सेवा शुुरु भएपछि पोखरामा सेवाग्राहीको चाप घट्ने यातायात व्यवस्था कार्यालयको अपेक्षा छ ।     यातायात व्यवस्था कार्यालय कास्की सवारीको अभिलेखलाई डिजिटलाइजेसन गरिसेको छ  भने सवारी चालक अनुुमतिपत्रमा अनलाइनबाट लाइसेन्स नवीकरण गर्ने र बिहान ८ बजेदेखि सेवा सञ्चालन भएको छ ।    यातायात क्षेत्रमा नीतिगत रुपमा सरल र सेवाग्राहीमैत्री बनाउन यातायात सेवा ऐन संसोधन तथा नियमावली र कार्यविधी निर्माणको काम भैरहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ ।

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले पेट्रोलियम पदार्थ (डिजेल) बिल भौचरमा उल्लेख गरे भन्दा बढी ट्या्ङकरमा राखेको आरोपमा चालकसहित दुईजनालाई प्रकाउ गरेको छ  ।  प्रहरीले नेपाल आयल निगम प्रादेशिक कार्यालय डिपोबाट ग २ ख ८३६नम्बरको पेट्रोलियम ट्यांकरमा बिल भौचरमा उल्लेख गरेभन्दा बढी परिणामको डिजेल लोड गरेको अवस्थामा चालक निर्मल थापा र गण्डकी धवलागिरी पेट्रोलियम एसोसियनका प्रतिनिधि जगन्नाथ ढुङ्गानालाई प्रकाउ गरेको हो ।   पोखरा महानगरपालिका ३० पावरहाउस स्थित नेपाल आयल निगमको प्रादेशिक डिपोबाट ट्याङ्करमा १२ हजार लिटर डिजेल लोड गरेको भनेर बिल भौचरमा उल्लेख गरेपनि ट्याङ्करमा ३ हजार बढी डिजेल भेटिएपछि चालक थापा र पेट्रोलियमका प्रतिनिधि ढुङ्गानालाई प्रकाउ गरिएको जिल्ला प्रहरी प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रहरीले ट्याङ्करमा बिल भौचरभन्दा बढी डिजेल लोड गरेर पोखरा २७ स्थित प्रश्चिमाञ्चल पेट्रोल पम्प लैजादैै गरेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय हंशपुर शिशुुवाबाट खटिएको टोलिले उक्त ट्याङ्करलाई डाँडाको नाकमा फेला पारेको थियो ।  प्रकाउ परेका चालक थापा र पेट्रोलियम एसोसियनका प्रतिनिधि ढुङ्गानालाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।  उनीहरुलाई जिल्ल प्रशासन कार्यालय कास्कीबाट सक्कल मिसिल कागजातहरु सहितको निर्देशनमा कसूर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५२ बमोजिमको कसूरमा ईलाका प्रहरी कार्यालय हंसपुर शिशुवा कास्कीमा मुद्धा दर्ता भएको छ ।   

पोखरा:   कास्कीको रुपा गाउँपालिका ६ निगालाझाँपामा आज करिब ४ बजे मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मृत्यु हुनेमा लमजुङको दुधपोखरी गाउँपालिका ६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही स्थानकै २४ वर्षीय अशोक गुरुङ रहेका छन् ।   प्रदेश नम्बर ३ –०२–००९ प ५२०५ नम्बरको मोटरसाइकल रुपातालतर्फ जादैं गर्दा घुम्तीबाट मोटरसाइकल तल्लो सडकमा खस्दा गम्भीर घाइते भएका थिए ।   त्यसपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सवा ५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको  छ ।  

पोखरा:  अग्रज फोटोपत्रकार राम गुरुङलाई रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी पुरस्कार अर्पण गरिएको छ ।   विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजित पोखरा फोटोग्राफर संघको ४२ औं साधारण सभामा गुरुङलाई उक्त सम्मान अर्पण गरिएको हो ।   फोटोग्राफीको क्षेत्रमा विगत लामो समयदेखि योगदान दिदैं आएको भन्दै उनलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो ।   सो अवसरमा बोल्दै पुरस्कृत गुरुङले आगामी दिनमा थप काम गर्न उत्साहित गरेको बताए ।    उनले फोटोपत्रकार हुनु अघि फोटोग्राफर नै हुनुपर्ने धारणा राख्दै अनुज फोटोग्राफरहरुलाई निरन्तरता दिन आग्रह गरेका थिए ।   सोही कार्यक्रमकै अवसरमा संघमा आबद्ध सदस्यहरुको १२ पास गरेका छोराछोरीलाई सम्मानसमेत गरेको थियो ।

पोखरा:    मुनाल फिल्म प्रा.लि.पोखराद्वारा सञ्चालित रोधिं टेलिभिजनले प्रथम स्थापना दिवस मनाएको छ । म्याक्स टेलिभिजनको सहकार्य नेपालकै पहिलो साँस्कृतिक टेलिभिजन रोधिं सञ्चालन गरेको एक वर्ष पुगेको अवसरमा पोखरा–१० उत्तमचोकस्थित रोयल दिदीबहिनी किचनको सभाहलमा भव्यताका साथ स्थापना दिवस मनाएको हो ।  दिवसको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि निवर्तमान मन्त्री एवम गण्डकी प्रदेस सभा सदस्य बेदबहादुर गुरुङले रोधिं साँस्कृतिक विश्वविद्यालय भएको बताउनुभयो। तमुहरुको पवित्र संस्था रोधिंमा तमुहरुलाई नैतिवान बन्ने, साँस्कृतिक संरक्षण गर्ने, ज्ञानसिपहरु हस्तान्तरण गर्दै लाने, गाँउ समाजको थिति बसाल्ने, किशोर एवम युवा पुस्तालाई व्यवहारिक रुपमै सामाजिक शिक्षा पढाउने, जीवनशैली निर्माण गर्ने मौलिकता, सामाजिक एवम साँस्कृतिक ज्ञानको विश्व विद्यालय भएको उहाँको भनाई थियो ।  तमु भाषाबाट नेपाली शब्दकोषमा प्रवेश गरेको रोधिं शब्दकै नामबाट स्थापित रोधिं टिभि ब्राण्ड बन्नुपर्दछ भन्नुहुदै उहाँले रोधिं टेभिले छोटो अवधिमा राम्रो प्रस्तुति गरिरहेकोमा गुरुङले प्रसंशा गर्नुभयो। रोधिं टिभिलाई सबैको प्रिय एवम व्यवसायिक रुपमा दिगोपनका लागि सबैको साथ सहयोग हुनुपर्ने बताउनुभयो ।  कार्यक्रममा शुभकाना व्यक्त गर्नुहुदै तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमुहरुको पवित्र संस्था रोधिंको गलत भाष्यलाई रोधिं टेलिभिजनले उचित जवाफ दिएको भन्दै धन्यवाद दिनुभयो। रोधिं एक सिर्जनशील घर भएकाले तमु समुदायको साँस्कृतिक धरोहरलाई संरक्षण र विकासका साथै जनचेतनामुलक कार्यक्रमहरुलाई टिभिले विषयवस्तु बनाउनु जरुरी छ भन्नुहदै बामे सर्दै गरेको रोधिं टिभिको विकासका लागि समुदाय ढंगबाट अभिभावकत्व जरुरी भएको उहाँको जोड थियो। यस्तै गरी राज्यले पनि उचित रोधिं टेलिभिजन जस्तो साँस्कृतिक टिभिलाई साथ सहयोग र अभिभावकत्व प्रदान गरोस भन्नुहदै सबैको मनमुटुमा रोधिं बन्ने शुभकामना व्यक्त गर्नुभयो ।  टेलिभिजन प्रसारक संघका महासचिव मनोज गुरुङले शुभकामना व्यक्त गर्नुुहुदै छोटो समयमा रोधिं टिभिले धेरै दर्शक श्रोताको मनजितेको बताउनुभयो। स्थापित टिभि च्यानलहरुमा समस्या आए पनि दर्शकहरुले वास्ता नगरे पनि रोधिंको च्यानले समस्या आउने वित्तिकै धेरैले फोन गर्ने गरेकोबाट रोधिं टिभि सबैको प्रिय बनेको प्रमाण पेश गर्नुभयो ।  मुनाल फिल्मका अध्यक्ष भोजबहादुर गुरुङले आफुहरुसँग वर्षो पुग्ने कन्टेन्ट रहेको बताउनुभयो। सुरुमा मुनाल फिल्मले गुरुङ चलचित्र, गाउँ बस्ती चिनारीका लागि बनाइने म्युजिक भिडियो, युट्युब कन्टेन्ट, बिज्ञापन सामाग्री आदि निर्माण गर्दै आएकोमा म्याक्स टेलिभिजनबाट निरन्तर प्रसारण भईरहेको बताउनुहुदै आगामी दिन धेरै प्रभावकारी कार्यक्रमहरु प्रस्तुत गर्ने बताउनुभयो ।  रुङहरुको बढी बसोबास भएको ठाउँ पोखरामा रोधिंले विषय बस्तुसँग सम्बन्धित आवश्यक सामाग्री तयार पार्न त्यति कठैनाई नभएको बताउँछन् रोधिं कार्यक्रमका प्रस्तोता बालकाशी गुरुङ । सञ्चालक मनोज गुरुङसँगको सहकार्यमा सुरुवात भएको रोधिंले हालसम्म आइपुग्दा लगभग शृङ्खलाबद्ध रुपमा डेढ सय भाग छायांकन गरिसकेको बताउँछन् मुनाल फिल्मका प्रवन्ध निर्देशक भोज बहादुर गुरुङ । स्वदेश तथा विदेशमा रहनुहुने गुरुङ संघ संस्था व्यक्ति विशेषको साथ सहयोग र मार्ग निर्देशनले गर्दा नै आज हामी रोधिंको पहिलो वार्षिकोत्सब मनाउन पाएका छौं उनले भने । प्रथम स्थापना दिवसलाई थप रौनक प्रदान गर्न चर्चित लोक दोहोरी जोडी चिज गुरुङ र निर्जला गुरुङसहित कलाकारहरुको बेजोड दोहोरी प्रस्तुति गरिएको थियो। उक्त कार्यक्रममा रोधिं कार्यक्रम संचालनका लागि विभिन्न शुभेच्छुकहरुले सहयोग प्रदान गरेका थिए ।  कार्यक्रम मुनाल फिल्मका सञ्चालक एवं प्रवन्ध निर्देशक भोज बहादुर गुरुङको अध्यक्षतामा, रोधिं कार्यक्रमका प्रस्तोता बालकाशी गुरुङको स्वागत र लोक दोहोरी गायक टस बहादुर गुरुङल कार्यक्रम संचालन गर्नुभएको थियो । 

पोखरा:     पोखरा महानगरपालिका वडा नं.२४ बास्कोटमा महानगरपालिकाले बास्कोट सहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । उक्त केन्द्र भवनको शुक्रवार महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गर्नुभयो । स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले सो केन्द्र भवनको निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताउनुभयो । पोखरा २४ को तल्लो भाग र वडा नं.२३ तथा अन्नपूर्ण गाउँपालिकाको केही क्षेत्रका बासिन्दाहरूले समेत लाभ लिन सहज हुने सो केन्द्र सुविधा सम्पन्न बनाइने उहाँले बताउनुभयो । महानगरका वडाहरूमा ल्याव परिक्षण सहितका शिविरहरू सञ्चालनका अभियानहरू समेत थालिएको उहाँले बताउनुभयो । यसका अलवा विकास निर्माणका कतिपय योजनाहरू सम्पन्न गरिएका र कतिपय योजनाहरू सञ्चालन कै क्रममा रहेका उहाँले बताउनुभयो ।  वडा अध्यक्ष भरत बहादुर अधिकारीले बास्कोटमा स्वास्थ्य केन्द्र निर्माणले त्यस क्षेत्रका नागरिकहरूलाई सुविधा हुने बताउनुभयो । सामान्य स्वास्थ्य सम्बन्धी भएपछि पोखरा बजार नै पुग्नु पर्ने बाध्यताको अन्त्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । नगरवासीहरूको स्वास्थ्य सुरक्षाका लागि महानगरपालिका प्रतिबद्ध रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूले नागरिकहरूको स्वास्थ्य, शिक्षा लगायत आधारभूत विषयहरूको सुरक्षणका लागि स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने बताए ।  ४ करोड लागतमा केन्द्र भवन २ वर्षभित्र निर्माण सम्पन्न गरिने छ । भवन २ तले हुनेछ । भविष्यमा यसलाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्तरोन्नति गर्ने महानगरको योजना रहेको छ । वडा नं. २४ कै कास्कीकोमा पनि स्वास्थ्य चौकी सञ्चालनमा रहेको छ ।  

काठमाडौं:   हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा रु छ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ ।  कम्पनीले काठमाडौँमा पत्रकार सम्मेलन गरी बाराहीले एक हजार दुई सय जना क्षमताको सभाहलसहित उक्त होटल निर्माण भइरहेको जानकारी दिएको छ । त्रिसट्ठी रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको उक्त होटलमा एक सय ७१ कोठा निर्माण गरिनेछन् ।                              होटलमा क्यासिनो, स्पा, फिटनेस सेन्टरलगायत सुविधा रहने छ । पब्लिक लिमिटेड कम्पनी रहेको बाराही सेदी लिमिटेडको आइपीओमा समेत जाने योजना बनाएको छ । सन् २०२४ भित्रै सञ्चालनमा ल्याउने योजना रहे पनि कोभिड–१९ महामारीका कारण निर्माण अवरुद्ध भएको बाराही हस्पिट्यालिटीका संस्थागत निर्देशक योगेन्द्र थापाले जानकारी दिनुभयो । अहिले होटल द्रुत गतिमा निर्माण भइरहेको छ । भौतिक पूर्वाधारतर्फ ४६ प्रतिशत काम सम्पन्न भएको उहाँले बताउनुभयो ।       हस्पिटालिटी क्षेत्रको लामो अनुभवलाई पाँचतारे सुविधासम्पन्न होटलमार्फत सेवा विस्तार गर्न लागिएको निर्देशक थापाले बताउनुभयो । बाराही सेदी लिमिटेडको नामबाट पब्लिक लिमिटेड दर्ता गरी निर्माण भइरहेको होटलको छिट्टै आइपिओ निष्कासन गर्ने योजना रहेको उहाँको भनाइ छ । अन्तर्राष्ट्रियस्तरको सभा सम्मेलन गर्ने र खर्चालु पर्यटकलाई लक्षित गर्दै पोखरामा पाँचतारे होटल निर्माण गरिएको निर्देशक थापाले बताउनुभयो ।  “पोखरामा पाँचतारे फूलबारी रिसोर्ट बन्द भएपछि लक्जरी पाँच तारे होटलको अभाव महसुस भयो । हाइ–इन्ड पर्यटकलाई सेवा दिने विश्वाससहित कम्पनीले सन् २०२६ सम्म होटल सञ्चालनमा ल्याउने योजना बनाएको हो”, उहाँले भन्नुभयो ।       सरकारले पोखरामा सन् २०१४ मा दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) समिट आयोजना गर्ने योजना बनाएको थियो । तर, पोखरामा पाँचतारे होटल नहुदाँ काठमाडौँमा आयोजना गरिएको थियो । पोखरामा लग्जरी होटलको अभाव पूर्ति गर्ने बाराही ग्रुपका प्रबन्ध निर्देशक विप्लव पौडेलको पोखरामा पाँचतारे होटल बनाउने योजना अनुरुप परियोजना अघि बढेको थापा बताउनुहुन्छ ।       चालीस ४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको बराही ग्रुपले हाल पोखराको लेकसाइटमा चारतारे होटल बाराही, रासाङकोट माउन्टेन लज, आवास पोखरा, चितवनमा बाराही जङ्गल लज, र काठमाडौँमा चारतारे होटल बाराही काठमाडौँ सञ्चालन गर्दै आएको छ ।    यस्तै, बाराही ग्रुपले पोखरामा ब्यञ्जन रेष्टुराँ र द बिच बार एन्ड लजसमेत सञ्चालनमा ल्याएको छ ।

पोखरा:   जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने एलपी ग्यास १६६० रुपैयाँमा विक्री वितरण गर्न व्यवसायीहरुलाई आग्रह गरेको छ ।  कास्की प्रशासनले आज (बुधबार) एक सूचना प्रकाशित गर्दै शक्ति, गृहलक्ष्मी, भानु, जानकी, लुम्बिनी, बाबा, राजधानी लगाएतका एलपी ग्यासहरुको खुद्रा मुल्य १६६० मा विक्रि वितरण गर्न भनेको छ ।  जिल्ला प्रशासन कास्कीले जारी गरेको सूचनामा डिलरबाट विक्री मुल्य प्रति सिलिण्डर १६१६ रुपैया र खुद्रा मुल्य १६६० रुपैयाँमा विक्रि वितरण गर्न भनिएको छ । तोकिएको मुल्य भन्दा बढी लिएमा, अनलाइन भ्याट बिल जारी नगरेमा विक्रि वितरण गर्ने फर्म, व्यक्ति वा कम्पनीलाई कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।