काठमाडौं:  नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्। बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनल...

काठमाडौं:     नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने माग उठेको छ ।  मंगलबार पार्टी मुख्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश सदस्यहरूले राष्ट्रिय सभा अध्यक्षको पदमा पार्टीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अडान राख्नुपर्ने सुझाव दिएका हुन् । बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले बैठकमा अधिकांश स्थायी समिति सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने धारणा राखेको बताए ।  आजको बैठकले कार्यविभाजनबारे टुङ्गो लगाउने भनिए पनि आज सो कुरा हुन सकेको सापकोटाले जानकारी दिए । बैठकमा पूर्वनिर्धारित एजेन्डा अनुसार कार्यविभाजन, अभियान सञ्चालन र पार्टीको आगामी योजनाबारे टुङ्गो लगाउने भनिए पनि भजन शिरोमणि भक्तराज आचार्यको श्रद्धाञ्जली सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड जानुपर्ने भएकाले बैठक छोट्याइएको उनले बताए । सापकोटाको अनुसार आजको बैठकमा वर्तमान राष्ट्रिय परिस्थितिबारे छलफल भएको थियो । त्यस्तै भर्खरै सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकमा भएको छलफल र पारित गरेका विषयका बारेमा पनि छलफल भएको थियो । ‘अध्यक्षले आज खासै कुरा राख्नुभएन । अब उहाँले भोलि आफ्ना कुराहरू राख्नुहुन्छ होला,’ उनले भने । बैठक बुधबार बिहान पुन: बस्ने उनको भनाई छ ।

काठमाडौं:     प्रतिनिधिसभाको फागुन १८ मा बस्ने बैठकमा सरकारले विवादित मन्त्री र विपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिने भएको छ ।  प्रमुख प्रतिपक्षी एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै प्रतिनिधिसभाको सोमबारको बैठक अवरुद्ध गरेको थियो । १५ मिनेट प्रतिनिधिसभा बैठक स्थगित गरेर सभामुख र दलहरूबीच आगामी बैठकमा सरकारले जवाफ दिने समझदारी भएको हो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ पनि सहभागी थिए । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आगामी बैठकमा दलहरूले उठाएका प्रश्नको जवाफ दिन ध्यानाकर्षण गराएका थिए । प्रतिनिधिसभाको सोमबारको दैनिक कार्यसूचीमा अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷८१ को बजेटका सिद्धान्त र प्राथमिकता बैठकमा प्रस्तुत गर्ने रहेको छ ।

काठमाडौं:    प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधपछि प्रतिनिधि सभाको सोमबारको बैठक स्थगित भएको छ। एमालेका सांसदहरूले विवादित मन्त्रीहरूले पदबाट राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए। सांसद गोकुल बाँस्कोटाले विवादित मन्त्रीहरूले राजीनामा दिनुपर्ने नभए प्रधानमन्‍त्रीले बर्खास्त गर्नुपर्ने बताएका थिए। भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किरातीले पदबाट राजीनामा दिनुपर्ने प्रमुख प्रतिपक्षी एमालेको माग छ। एमालेका सांसदहरूले बसेको ठाउँबाट उठेर नाराबाजी गरेका थिए। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका लागि सहयोग गरिदिन उनीहरूलाई आग्रह गरेका थिए। तर एमाले सांसदहरूले अवरोध गरिरहेका थिए। सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको बताएका छन्। 

काठमाडौं:      निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–२ र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ ९क० मा वैशाख १५ गते  निर्वाचन गराउने निर्णय भएको आयोगका उपसचिव एवम् सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए ।  ‘‘निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नं २ का रिक्त प्रतिनिधि सभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ (क) मा रिक्त प्रदेश सभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिबार गर्ने गरी निर्वाचनको मिति तोकेको छ ।’’ निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । इलाम निर्वाचन क्षेत्र २ बाट निर्वाचित तत्कालीन प्रतिनिधि सभा सदस्य नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो । त्यस्तै, बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित नेपाली कांग्रेसका पृथ्वी बहादुर सिंहको गत असार २५ गते गाडी दुर्घटनामा निधन भएको थियो । इलाम–२ मा २०७९ मा भएको निर्वाचनमा एमालेका नेम्वाङ निर्वाचित भएका थिए भने बझाङ–१ को प्रदेश सभामा कांग्रेसका सिंह निर्वाचित भएका थिए ।   

काठमाडौं:    नेकपा माओवादी केन्द्रको बिहीबारदेखि सुरु स्थायी समिति बैठक स्थगित भएको छ । बिहीबार बसेर शुक्रबार पुनः बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको हो । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण बैठक स्थगित भएको जानकारी दिए । रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, सांगठनिक कार्यविभाजन लगायत एजेन्डामा छलफल गर्न माओवादीले बैठक बोलाएको थियो । सापकोटाले स्थगित बैठक आइतबार बिहान ११ बजे बस्ने जानकारी दिए । आजको बैठकमा काम गर्ने–नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको थियो । हिजो बसेको बैठकले तीन महिने रुपान्तरण अभियानका क्रममा उत्कृष्ट काम गर्ने र नगर्ने तीन तीन जनाको नाम पठाउनका दशवटै प्रदेशका इन्चार्जलाई निर्देशन दिएको थियो । आज उक्त सूची पेस गर्ने कार्यसूची थियो ।

मोरङ:     मोरङको बुढीगंगा गाउँपालिकास्थित निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक लहरी (ट्रक) पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ । आज (शुक्रबार) बिहान भएको दुर्घटनामा चार वर्षे जुम्ल्याहा बालबालिकासहित तीन जनाको मृत्यु भएको हो । औद्योगिक कच्चा पदार्थ लोड भएको भारतीय नम्बरको लहरी कोशी राजमार्गबाट करिब एक सय मिटर पूर्वतर्फ पल्टिएको थियो । ट्रक पल्टिँदा बुढीग३ंगा–४ प्रगतिटोलका ज्योति अधिकारीका छोरी इसिता र छोरा निशान्तको मृत्यु भएको छ भने सोही दुर्घटनामा सन्जु खवासको ८ वर्षे छोरी रिहा खवासको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा सुतिरहेका जुम्ल्याहा दुई जना र बाटोमा हि‌‌‌डिरहेका रिहाको दुर्घटनामा मृत्यु भएको र ज्योति अधिकारी र रिहाकी आमा सन्जु खवास दुर्घटनामा घाइते भएको स्थानीय प्रत्यक्षदर्शी मायालु न्यौपानेले बताए । घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घरमा लहरी पल्टिएपछि लहरीमा लोड भएको ठूलो ढुङ्गाले बालबालिकाहरुलाई किचेको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लहरी दुर्घटना भएको र प्रहरीले क्रेनको सहायतामा ढुङ्गा पन्छाएर शव निकालेको थियो ।

काठमाडौं:    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् ।  सभामुख देवराज घिमिरेले आफ्नो उठेका विषयमा ध्यानाकर्षण भएको र बैठक सहज रूपमा अघि बढाउन पटक पटक आग्रह गरे पनि अवरोध नहटेपछि बैठक स्थगित गरेका हुन् ।

काठमाडौं:    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुईजना युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको छानबिनको प्रतिवेदन संसद्‌मा पेस गर्न माग गरेको छ ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका सांसद योगेश भट्टराईले बालकुमारी घटनाबारे छानबिन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसद्‌मा पेस गर्न माग गरेका हुन् ।   साथै सो घटनामा छानबिन आयोगको प्रतिवेदनमा दोषी देखाइएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र घटनामा दुई युवाको हत्या भएको प्रधानमन्त्रीको अभिव्यक्तिका कारण गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने एमालेले माग गर्दै आएको छ ।  शुक्रबार बसेको संसद बैठकमा पनि सांसद भट्टराईले उक्त माग गरेका छन् । 

काठमाडौं:    सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको बारेमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले सरकारले बालकुमारी घटना प्रकरणमा बेवास्ता गरेको आरोप लगाउँदै प्रतिवेदन सार्वजनिक गर्न माग गरेर संसद अवरोध गरेसँगै सभामुख घिमिरेले सरकारलाई घटनाको बारेमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको हो । पुस १३ गते दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएको भन्दै सांसदहरुले मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग राखेका थिए । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध गरेका थिए । संसद अवरोधपछि सभामुख घिमिरेले भन्नुभयो, ‘‘यि विषय यसअघिको बैठकमा पनि उठेको छ, पर्याप्त रुलिङ पनि भएको छ । मान्य सदस्यहरु कुरा राखिसकेको छु, मैले ६ गतेको बैठकमा यहाँ उठेका विषयलाई लिएर रुलिङ गरेको छु । आज पनि त्यही विषयमा मान्यज्यूहरुले मुलतः विषय उठाउनुभएको छ । प्रतिनिधि सभाको नियमावली, २०७९ को नियम १५ मा रहेको व्यवस्थातर्फ सरकारको ध्यान आकर्षण गराउँछु । शुन्य, आकस्मिक र विशेष समयमा उठेका सवालहरुमा राज्यले उपयुक्त ढंगबाट जवाफ दिनुपर्छ ।’’