पाेखरा: गण्डकी प्रदेशको राजधानी पोखरामा पनि गणतन्त्र दिवस मनाइएको छ । गण्डकी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको विशेष समारोहका प्रमुख अतिथि उहाँले संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने उल्लेख गर्नुभयो । लोकतान्तिक गणतन्त्र स्थापना भएको १७ औं वर्ष प्रवेशको अवसरमा प्रदेशबासीमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल रहेको बताउनुुभयो । सुदृढ राष्ट्रिय एकताले मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुने भन्दै उहाँले गणतन्त्र दिवसले मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै न्यायमा आधारित आर्थिक समृद्धि हासिल गरी सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माणको बाटोमा अघि बढ्न हामी सबैमा उत्साह प्रदान गर्ने अपेक्षा गर्नुभयो । समारोहअघि प्रदेश प्रमुख भट्टले नेपाल प्रहरीबाट अर्पण सलामी ग्रहण गर्नुभयो । उहाँले गणतन्त्र दिवस समारोहमा गण्डकी प्रदेश सरकारबाट पुरस्कृत तथा सम्मानित नमुना कार्यालयहरु, राष्ट्रसेवक कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कदर पत्र प्रदान गर्नुभयो । तस्बिरहरु:-
पोखरा: बङ्गुरपालनको पकेट क्षेत्र पोखरा–२७ जलजलेमा अफ्रिकन स्वाइन फ्लुका कारण बङ्गुर नष्ट भएपनि पकेट क्षेत्रलाई पुरानै लयमा फर्काउनका लागि पोखरा महानगर कृषि तथा पशु बिकास महाशाखाले पहलकदमी थालेको छ । महाशाखाले बङ्गुरपालन कृषकहरुलाई लक्षित गरी जलजले बङ्गुर ब्रिडर कृषक समुहलाई ८० वटा बंगुरका पाठा वितरण गरेको छ । गत वर्ष अफ्रिकन स्वाइन फ्लुबाट ४ हजार बढी बङ्गुर मरेर क्षती पुगेको जलजले बंगुर ब्रिडर कृषक समुहलाई बङ्गुरको पाठा वितरण गरेको हो । बङ्गुर पाठा वितरण कार्यक्रममा बोल्दै पोखरा २७ का कार्यबाहक अध्यक्ष जितेन्द्र क्षेत्रीले अघिल्लो वर्ष महामारीको रुपमा फैलिएको अफ्रिकन स्वाइन फ्लुका कारण ब्यवसायीहरुको खोर रित्तिएको अवस्थामा पोखरा महानगर कृषि तथा पशु बिकास महाशाखाबाट बंगुरको पाठा वितरण गरी कृषकलाई राहत प्रदान गरेको बताउदै वडाले पनि जलजलेका कृषकलाई राहत प्रदान गर्ने गरी काम गर्न प्रतिवद्ध रहेको समेत बताए पोखरा महानगरपालिका कृषि तथा पशु बिकास महाशाखाका प्रमुख मनहर कडरियाले बङ्गुरको पकेट क्षेत्रको रुपमा रहेको जलजले बंगुर ब्रिडर कृषक समुहमा आवद्ध ब्यवशायीहरुलाई राहत पुगोस भन्ने उद्देश्यले बंगुरको पाठा वितरण गरिएको बताए । कडरियाका अनुसार गत वर्ष फैलिएको अफ्रिकन स्वाइन फ्लुका कारण जलजले बङ्गुर ब्रिडर कृषक समुहमा आवद्ध १९ वटा फर्मका बंगुरहरु मरेर नष्ट भएको र अघिल्लो वर्षनै महानगरले बंगुरको पाठाहरु बितरण गरेको र अहिलेपनि त्यसको फ्लो अप स्वरुप पचास प्रतिशत सझेदारीमा पुनः बङ्गुरको पाठा बितरण गरिएको हो । बायो सेक्रेटरीलाई ध्यान दिन नसक्दा विभिन्न रोगहरु लाग्ने बताउदै त्यसतर्फ महानगरले सहयोग गर्ने र कृषकहरुपनि त्यस तर्फ सचेत हुनुपर्ने उनको भनाइ रहेको थियो । जलजले बंगुर ब्रिडर कृषक समुहका अध्यक्ष पदम बहादुर थापाले कोरोनाको मार खेपेको कृषकले अफ्रिकन स्वाइन फ्लुका कारण खोर नै रित्तिदा कतिपयले ब्यवसायनै छाडेको बताउदै आफुहरुलाई महानगरले गरेको सहयोगका कारण ब्यवसायलाई निरन्तरता दिन सहज भएको बताए । स्वाइन फ्लुका कारण समुहमा ४ हजार बङ्गुर नष्ट भएको बेला महानगरले पाठा वितरण गरेर ब्यवशायलाई निरन्तरता दिन सहयोग गरेर अगाडी वढिरहदा फेरिपनि पाठा वितरण गरेर जलजलेका कृषकलाई गुन लगाएकोमा महानगरप्रति थापाले आभार प्रकट गरे । उक्त कार्यक्रममा पोखरा महानगरपालिका कृषि तथा पशु बिकास महाशाखाका नवराज अधिकारी, राजेन्द्र लामिछाने लगायतको सहभागीता रहेको थियो । ३५ को हाराहारीमा फर्म रहेको जलजलेमा हाल १९ वटा फर्म हरु संस्थामा आवद्ध रहेका छन ।
पोखरा; अन्नपूर्ण संरक्षण क्षेत्र भित्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको आरोपमा प्रहरीले तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ । अवैध रुपमा संरक्षण क्षेत्रबाट ढुङ्गा, गिट्टी र बालुवा लोड गरी पोखरा महानगर–१९ तितेपानी, भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै गरेको तीन वटा टिप्पर प्रहरीले आज नियन्त्रणमा लिएको हो । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ लोड गरी पोखरा आउँदै गरेको ग १ क ५०४०, ग १ क ५५१२ र ग १ क ५५९८ नम्बरको टिप्पर नियन्त्रणमा लिएर अनुसन्धानका लागि अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)को कार्यालय हरियाखर्कमा बुझाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: मर्दी खोलामा पौडी खेल्न गएका शिव थापा मगरको डुबेर मृत्यु भएको छ। आइतबार दिउँसो मर्दी खोलामा पौडी खेल्ने क्रममा थापामगरको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्कीको माछापूच्छ«े गाउँपालिका–५ रिभानस्थित आनन्द ठाँटी बस्ने ४९ वर्षीय थापामगरको शान्तिघाट नजिक मर्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएका थापामगरको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा ल्याइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: कास्कीको विरौटाबाट नगदसहित सुनका गरगहना चोरी भएको छ । कास्की प्रहरीका अनुसार गत शनिबार पोखरा महानगरपालिका १७ विरौटास्थित लक्ष्मीकान्त शर्माको घरबाट सुनका गरगहना ३४ तोला ५५ लाल चोरी भएको हो । सुनका गहनासँग नगद रु ३ लाख ७५ हजार, आइफोन, क्यानन क्यामेरा, म्याकबुक (ल्यापटप), आइप्याड, घडी, लगायतका जिन्सी समाग्रीहरु चोरी भएको वडा प्रहरी बैदाममा निवेदन परेको एक प्रहरी अधिकृतले जानकारी दिए । शर्माको घरमा डेरागरी बस्ने सूर्यदेवी पौडेलको सुनका गरगहना २ तोला ७० लाल तथा नगद ५ हजार रुपैयाँ र अन्जु क्षेत्रीको नगद १५ हजार तथा विभिन्न जिन्सी सामानहरूसमेत चोरी भएको बताइएको छ । प्रारम्भिक अनुसन्धानबाट करिब ७० लाख बढीको चोरी भएको बताइएको छ । अहिले घटनाबारे थप अनुसन्धान तथा संलग्न व्यक्तिहरुको खोजी तिब्र पारेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दुःखको बेलामा मानव अधिकार खोज्ने सुखको बेलामा त्यसको उल्लङ्घन गर्ने चरित्र मानवीय चरित्र नभएको बताउनुभएको छ । रााष्ट्रिय मानवअधिकार आयोगको २४ औं वार्षिकोत्सवको अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालय पोखराले आइतबार गरेको कार्यक्रममा बोल्दै उहाँले मानवअधिकार र मौलिक हकबीचमा अन्योन्याश्रित सम्बन्ध रहेको खुलाउनुभयो । ‘मानवअधिकार र मौलिक हक अन्योन्याश्रित रुपमा अन्तरसम्बन्धीत छन् तीनको कार्यान्वयन गर्ने कुरामा हामी उदासिन हुन पाउदैनौ । तीनलाई कसरी व्यस्थित गर्ने गम्भिरता पूृर्वक लागौं’ उहाँको जोड थियो । अधिकार खोजेर मात्र नहुने भन्दै नागरिकका कर्तव्यको बारेमा संविधानमा भएका व्यवस्थामा समेत सबैले ध्यान दिनुपर्नेमा उहाँको जोड थियो । ‘हामीलाई सधैंभरी आलोचना सुझाब र टिप्पणी जरुरी छ । लोकतन्त्रमा त्यो स्वागतयोग्य कुरा हो । तर आलोचना गर्दा नागरिकको कर्तव्यलाई ध्यान दिनुपर्छ’ उहाँले भन्नुभयो । नागरिकका अधिकारलाई ध्यान दिँदै संविधान निर्माण गरी विभिन्न कानून बनाएपनि प्रभावकारी कार्यान्वयनमा समस्या देखिएको खुलाउनुभयो । ‘हामीले मौलिक हकको व्यवस्था संविधानमा सुन्दर रुपमा गरेका छौं, कानून बनाएका छौ तर कार्यान्वयनमा हामी पछि परेका छौं’ उहाँले भन्नुभयो । नेपालमा महिला र उत्पीडित समुदायलाई पूर्ण रुपमा मुल धारमा ल्याउन नसकिएकोमा उहाँको चिन्ता थियो । ‘यी समुदायलाई हामीले मुलधारमा ल्याउन सकेनौ भने अझैपनि धेरैं थिचोमिचो अन्यायका घटनाहरु बेहोर्छौ’ उहाँले भन्नुभयो । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण प्रसाद अधिकारीले मौलिक हकमा भएका व्यवस्था कार्यान्वयन गर्ने काम राज्यको भएको भन्दै प्रभावकारी कार्यान्वयन गर्न नयाँ ढंगले सोच्नुपर्ने बताउनुभयो । गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले मानवअधिकार आयोगले गरेको फैसला १७ प्रतिशत मात्र कार्यान्वयन हुनु दुःखद भएको बताउनुभयो । शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विना सिलवालले छोराछोरीलाई अंशमा समान हक प्रदान गर्नुपर्ने बताउनुभयो । रााष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश पोखराको कार्यालय प्रमुख मायादेवी शर्माले हालसम्म आयोगमा १ हजार १ सय ९ वटा मानवअधिकार उल्लङ्घनका घटनामा अनुसन्धान भएकोमा ९ सय ७२ वटा निर्णयको लागि केन्द्रमा पठाइएको र १ सय ३७ वटा कार्यान्वयनमा रहेको खुलाउनुभयो । चालु आर्थिक वर्षमा मात्र २४ वटा उजुरीमा अनुसन्धान भएकोमा १३ वटा निर्णयको लागि केन्द्रमा पठाइएको उहाँको भनाई छ । २०५७ साल जेठ १३ गते रााष्ट्रिय मानवअधिकार आयोगको स्थापना भएकोमा पोखरामा २०६२ बैशाख २१ गतेबाट क्षेत्रीय कार्यालय सञ्चालनमा आएको थियो ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले महासंघका पूर्व केन्द्रीय अध्यक्ष हरिहर विरहीलाई १ लाख ११ हजार राशिको ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान’ प्रदान गरेको छ । महासंघ कास्कीको शनिबार १७ औं साधारणसभा तथा १२ औं अधिवेशनमा उनलाई प्रथम राष्ट्रपति डा. रामवरण यादवले सम्मान गरेका हुन् । विरही ४४ वर्षदेखि पत्रकारितामा छन् । पूर्व सांसदसमेत रहेका पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसी परिवारबाट सूर्यप्रेम ट्रस्ट स्थापना गरी कृति स्मृति पत्रकारिता वृत्तिका लागि अक्षयकोष स्थापना गरिएमा महासंघ कास्कीले पुरस्कार सञ्चालन गर्दै आएको छ । सो अवसरमा पत्रकार श्रीराम सिग्देललाई ‘आर्थिक पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भए । पुरस्कार राशि २० हजार र सम्मानपत्र उनलाई प्रदान गरियो । चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष सिग्देल महासंघका सहसचिवसमेत हुन् । सो अवसरमा शिरोमणि बराल, सुरेन्द्र थापामगर, ज्यो.डा. बलराम उपाध्याय रेग्मी र विश्वप्रकाश लामिछानेलाई दीर्घ पत्रकारिता सम्मान प्रदान गरे । विमला भण्डारी नेतृत्वको ३ वर्षे कार्यकालमा उत्कृष्ट कार्यसमिति सदस्यबाट सन्तोष बस्याल नगद १० हजारसहित सम्मानित भए । पूर्व राष्ट्रपति डा. यादवले संविधान र लोकतन्त्र बचाउने जिम्मा मिडियाको भएको उल्लेख गरे । उनले मिडिया राजनीति माथी उठेर काम गर्नुपर्ने बताएका थिए ।
पोखरा: कास्की प्रहरीले अन्नपूर्ण संरक्षण क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने टिप्परलाई नियन्त्रणमा लिएको छ । माछापुच्छ्रे गाँउपालिका अन्तर्गत पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र भित्रबाट नदीजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी गरेको भन्दै पोखरा महानगपालिका वडा १९ अकला मन्दिर क्षेत्रबाट पोखरातर्फ आउँदै गरेको ग १ क १५१४ नम्बरको टिप्परलाई नियन्त्रणमा लिएको हो । वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त टिप्परमा अवैध रुपमा बालुवा लोड गरेको पाइएकाले थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाइएको कास्की प्रहरीले जनाएको छ । यसअघि पनि कास्की प्रहरीले पोखरा १८ स्थित बाच्छेडडुवाबाट आधा दर्जन बढि ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो ।
पोखरा: पोखरा नदीपुरस्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसीएम)मा पिसीएम फेस्टिवल सम्पन्न भएको छ । पढाई सँगसँगै विभिन्न किसिमका उत्प्रेरणात्मक कार्यक्रमबाट विद्यार्थीहरूको मनोबल बढाउने उद्देश्यले कलेजले यो कार्यक्रम आयोजना गरेको आयोजक पिसीएम स्टुडेन्ट क्लबले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि कलेजकी प्राचार्य लिना नेगी श्रेष्ठले कलेका सबै विद्यार्थीहरुको मिलनसँगसँगै उनीहरुको प्रतिभा पहिचान र प्रदर्शनीका लागि यो कार्यक्रम फलदायी रहेको बताइन् । ‘कार्यक्रमको मुख्य उद्देश्य भनेको विद्यार्थीहरुमा भएको प्रतिभा प्रस्फूटन र सबै सेमेस्टरमा भएका विद्यार्थीको मिलन पनि हो ।’ – प्राचार्य श्रेष्ठले भनिन्– ‘स्पोर्टस् मीट बाहेक अरु कार्यक्रमले विद्यार्थीहरुलाई मिलन गराउन नसकिरहँदा यो अर्को मीठो अवसर बनेको छ ।’ हरेक बर्ष तालिका नै बनाएर ५ वटा विशेष कार्यक्रम गर्दै आएको पिसीएममा यो वर्षदेखि ुपिसीएम फेस्टिवलु पनि थपिएको छ । यस कार्यक्रममा विद्यार्थीले आर्ट्स, स्टल म्यानेजमेन्ट लगायत गायन तथा नृत्य प्रस्तुति गरेको क्लबका अध्यक्ष मिलन कँडेलले जानकारी दिए । औपचारिक कार्यक्रम पछि व्यान्ड र डिजेले आफ्नो प्रस्तुति राखेका थिए । आर्ट प्रतियोगितामा सविना सुनार सर्वोत्कृष्ट भइन् । शौरभ लामिछाने द्वितीय, ऋसुता हमाल तृतीय तथा स्वर्णिम शाक्य र एसिका गुरूङ तृतीय भए । विजेतालाई नगदसहित पुरस्कृत गरिएको थियो । कार्यक्रमको सञ्चालन एञ्जिला सुवेदी र सम्राट गुरूङले गरेका थिए ।

