पोखरा:  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ ।   महासंघ प्रेस तथा अभिव्यक्ति स्...

पोखरा:    कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समिति मार्फत समाधान हुदाँ अदालतमा मुुद्धाको भार घटेको बताउनु भएको छ ।  पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित तीन दिने मेलमिलापकर्ताका लागि सञ्चालित पुुनर्ताजगी तालिमको समापन गर्दै उहाँले महानगरको न्यायिक समितिको सक्रियताले विवाद समाधानमा सहजता भएको र अदालतमा मुुद्धाको चाप घटेको बताउनुभयो । विवादको समाधानका लागि महानगर न्यायिक समितिले गरिहेको काम राम्रो रहेको बताउदै देशभरमै उत्कृष्ट बनेकाले यसलाई निरन्तरता दिन न्यायाधीस दाहालले सुुझाव दिनुभयो । उहाँले विवाद समाधानमा मेलमिलापकर्ताको भुमिका महत्वपूर्ण रहने भएकाले पुनर्ताजगी तालिमले सहजता प्रदान गर्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले विवाद समाधानको उपयुुक्त माध्यम मेलमिलाप रहेको बताउदै मेलमिलाप मार्फत दुवै पक्षले जित्ने र समाजमा आपसी सद्भाव कायम हुने बताउनुुभयो । उहाँले मेलमिलापकर्ता अदालतकै सहयोगीका रुपमा रहेको समेत बताउनुभयो । कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले टुुटन लागेको सम्बन्धलाई मेलमिलापको धागोले सिलाउने काम मेलमिलापकर्ताले गर्नुभएको बताउदै तालिमले विवाद समाधानमा थप उत्कृष्टता प्रदान गर्ने विश्वास गरेको बताउनुभयो ।   मेलमिलापकर्ताद्धय सविता भण्डारी, सुदिप प्रधानाङ्गले तालिमले मेलमिलापमा सहजता प्रदान गरेको र सिकेको विषयलाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पोखरा महानगरका १ देखि १८ नम्वर वडाका मेलमिलापकर्ताको सहभागीता रहेको थियो ।तालिममा सहभागीहरुलाई प्रमुख अतिथि न्यायाधीस नवराज दाहाल, पोखरा महानगरपालिका कार्यबाहक मेयर मञ्जुदेवी गुरुङ, न्यायिक समिति सदस्यद्धय कालिदास पोखरेल र रजनी परियारले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

पोखरा:    पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार तेस्रो पोखरा राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ ।  पोखरा महानगरपालिका १७ को कार्यालय र कास्की जिल्ला साइक्लिङ संघको सहआयोजना तथा व्यवस्थापनमा साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता हुन लागेको हो ।  महिला, पुरूष र रन फर फन गरेर तीन विधामा प्रतियोगिता सञ्चालन हुने समितिका अध्यक्ष दीपकबहादुर गोदारले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको सबै तयारी सकिएको उनले बताए ।  प्रतियोगिताको रूट पोखरा–१७ र पोखरा–२१ मा पर्ने गरेर तय गरिएको सहआयोजक कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए । उनकाअनुसार पुरूषतर्फ २८ किलोमिटर र महिलातर्फ २० किलोमिटरमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।  पोखरा–१७ पावरहाउसबाट शनिबार बिहान प्रतियोगिता सुरू हुनेछ । पावरहाउसबाट सुरू हुने दौड महतगौँडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खस्र्याङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावरहाउस आएर टुंगिने छ ।  प्रतियोगितामा एक सय जना खेलाडी सहभागी हुने आयोजकको अनुमान छ । प्रतियोगितामा सहभागी खेलाडीको ५ लाख रूपैयाँ बराबरको बीमा आयोजकले गरेको छ ।  प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला–पुरूष खेलाडीले क्रमशः ५०÷५०, ३०÷३० र २०÷२० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । चौँथो र पाँचौ हुनेले क्रमश: १० हजार र ५ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाउने छन् ।  प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाभित्रका खेलाडी जसले दूरी सुरूमा पार गर्छ उसले पोखरा च्याम्पियनको उपाधि प्राप्त गर्नेछ ।  उपाधिसहित खेलाडीलाई १० हजार रूपैयाँ, मेडल र प्रमाणपत्र दिइने सदस्य सचिव खड्काले बताए ।  प्रतियोगिताको सहआयोजक पोखरा महानगरपालिका–१७ कि वडाध्यक्ष राधिका शाही योगीले पर्यटकीय राजधानी पोखरा भन्ने नारालाई सफल पार्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका हुने बताइन् ।  स्वस्थ हुन खेलकुद आवश्यक रहेकाले वडाले विभिन्न खेल प्रतियोगिता गरेर स्वस्थ नागरिक र खेलाडी उत्पादनमा ध्यान दिएको उनको भनाइ थियो ।     समितिका अध्यक्ष दीपकबहादुर गोदारले आफूहरूले यो दोस्रो राष्ट्रिय प्रतियोगिता गर्न लागेको तर ग्रास रूटबाटै खेलाडी उत्पादनमा जोड दिएको सुनाए ।  ‘हामीले १० वटा ग्रासरूट प्रतियोगिता ग¥यौँ । यो भनेको विद्यालयसँग जोडिन्छ जहाँबाट खेलाडी उत्पादन हुन्छ,’ उनले भने, ‘साइकल दौड दोस्रो राष्ट्रिय प्रतियोगिता हो । यसअघि मुआथाइको राष्ट्रिय प्रतियोगिता गरेका थियौँ ।’ जेठ १५ भित्र खेलकुद विकास समितिले चालु आर्थिक वर्षको सबै खेल गतिविधि सक्ने गरेर बाँकी रहेका खेललाई समय तालिका बनाएर खेल महोत्सव गरिरहेको उनले बताए ।

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूले गरेको लापरवाहीको शिकार सहकारी अभियान भएको बताउनुभएको छ ।  नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)को आयोजना तथा सहकारी विभागको साझेदारीमा पोखरामा शुक्रबार आयोजना गरिएको ‘साकोस जोखिम विश्लेषण कार्यशाला’लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  नियामक निकायले चेतावनी दिने, प्रोत्साहन गर्ने काम नगरी सहकारी अभियान्तामाथि दोष थुपारेर मात्र समस्याको समाधान नहुने उहाँको भनाई छ । आर्थिक नियमको उल्लघन गर्ने सञ्चालकले नै सहकारी क्षेत्रमा समस्या ल्याइदिएको उहाँको दावी छ । ‘कहिले व्यवस्थापकले सञ्चालकको काम गरिदिएको हुन्छ, कहिले सञ्चालकले व्यवस्थापकको काम गरिदिएको हुन्छ, कहिलेकाही लेखा सुपरिवेक्षण नै नाम मात्रको हुन्छ’ उहाँले भन्नुभयो । सहकारी अभियान समाप्त भयो भने संविधान नै अपूरो हुने भन्दै सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै ठीक अवस्थामा राख्नको लागि सबैले ध्यान पु¥याउनुपर्नेे बताउनुभयो । ‘सहकारी अभियान समाप्त भयो भने संविधान नै अपुरो हुन्छ, त्यसतर्फ सेयरसदस्य, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म र हामीसम्म सबैले ध्यान पु¥याउनै पर्ने विषय छ’ मुख्यमन्त्री अधिकारीले थप्नुभयो । सहकारी क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा भएको कारण लगानी सही ठाउँमा हुन नसकेको र दोहोरोपना देखिएको खुलाउनुभयो । ‘सेयर सदस्यलाई थाहा छैन, आउनुहोस् ऋण दिइहाल्छु भन्यो, अस्वस्थ प्रतिष्पर्धा देख्छु म’ उहाँले भन्नुभयो । सेयर सदस्यले समेत सहकारीको विषयमा चासो राख्नुपर्नेमा उहाँको जोड छ । नयाँ प्रवर्तनका कामहरु रोजगारी सिर्जनाका कामहरु संस्थाले गरेको छ छैन भन्नेमा सेयर सदस्यको चासो हुनुपर्नेमा उहाँको जोड थियो । ‘बोनस बाँड्ने काम हुन्छ, पोहोर घट्यो अहिले बढ्यो भन्ने बाहेक सेयर सदस्यलाई धेरैँ चासो हुँदैन, कहिलेकाही व्यानर टाँसेर घुमाइन्छ, के–के भइरहेको छ भन्ने चासो पनि छैन’ उहाँले भन्नुभयो । सञ्चालकहरूको लापरवाहीको शिकार पोखराको सहकारी अभियान भइरहेको भन्दै सहकारीबाट अर्बौँको रकम अपचलन भएको कारण राजनीतिक वृत्तमा पनि ठुलो चुनौती खडा गरेको सुनाउनुभयोे । राजनीतिक तहमा सहकारीको बारेमा नबुझ्नेहरु हुँदा समेत समस्या भएको नेकपा (एमाले) को स्थायी कमिटी सदस्य समेत रहनुभएका उहाँले बताउनुभयो । सहकारी क्षेत्रमा देखिएका जोखिम पत्ता लगाउन नेफ्स्कुनले तयार पारेको इन्डीकेटरले कतिको काम गर्छ आफूले हेरिरहेको उहाँले खुलाउनुभयो । यथार्थ विवरण सहित सहकारीमा देखिएका समस्याको समाधान गर्न कार्यशालाले सघाउने विश्वास उहाँको छ । सहकारीको जोखिम स्तर विश्लेषण गर्न सक्ने बनाउने लक्ष्यका साथ आयोजना भएको कार्यशालमा नियमित अनुगमन नभएका ३२ वटा संस्थाको प्रतिनिधित्व रहेको नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । २०४५ सालमा स्थापना भएको नेफ्स्कुन ७६ जिल्लामा फैलिएको छ । यसका ४ हजार ६ सय ५० जना प्रत्यक्ष सदस्य रहेका छन् ।  

काठमाडौं:     नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अन्तराष्ट्रिय क्षेत्रबाट आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा सहयोग गर्ने संघसंस्था तथा व्यक्तिहरुलाई धन्यवाद सहित आभार व्यक्त गरेको छ ।   मञ्चले सहारा क्ल्वका मानार्थ सदस्यद्वय महेश गुरुङ र लोकबहादुर गुरुङ कर्मथलो यू.के. प्रस्थान गर्न लागेको अवसर पारेर बिहीबार आयोजित कार्यक्रमा धन्यवादसहित आभार व्यक्त गरेको हो ।   यही वैशाख २८ गते पोखरामा सम्पन्न आठौं पोखरा स्पोर्टस् अवार्ड–२०८० मा विदेशस्थित विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट महत्वपूर्ण सहयोग प्राप्त भएको थियो ।   कार्यक्रममा बोल्दै सहारा क्लब पोखराका मानार्थ सदस्य महेश गुरुङले मञ्चले खेलकुदको क्षेत्रमा खेलेको महत्वपूर्ण योगदान रहेको बताए । उनले मञ्चसंगको सहकार्यमा आदानप्रदान भइरहेको भन्दै यसलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे । उनले पोखरामा एउटा ब्राण्डको रुपमा स्थापित भइसकेको अवार्डलाई आगामी दिनमा सबैको अपनत्व हुने गरि सञ्चालन गर्न सुझाव दिए ।   सहारा क्लव पोखराका मानार्थ सदस्य लोकबहादुर गुरुङले अवार्ड एउटा स्तरिय बन्न सकेको भन्दै यसलाई निरन्तर सञ्चालन हुनेगरि स्रोत सुनिश्चित हुने किसिमले अगाडी बढ्न आग्रह गरे । सहारा क्लव यू.के.का सल्लाहकार भोजबहादुर गुरुङले मञ्चले छोटो समयको तयारीका विचमा स्तरीय कार्यक्रम सञ्चालन गर्न सफल भएको बताए । उनले आगामी दिनमा सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।   कार्यक्रममा पूर्व राष्ट्रिय फुटबल खेलाडी रुपक गुरुङले अवार्ड कार्यक्रमले खेलाडी र खेल क्षेत्रमा लाग्नेहरुका लागि हौषला थप्न सफल भएको बताए । उनले यो अवार्ड प्रदेशले गौरव गर्न लायक कार्यक्रम भएको भन्दै सबैलाई सहयोगको लागि आह्वान गरे ।   मञ्चलाई सहारा क्लव यू.के.,को तर्फबाट अध्यक्ष, कृष्णबहादुर गुरुङ, संस्थापक अध्यक्ष नविन गुरुङ, पूर्व अध्यक्ष दीलिप गुरुङ, मीनबहादुर गुरुङ, कुमार गुरुङ, निवर्तमान अध्यक्ष ले. कुशाङ गुरुङ, उपाध्यक्ष शारदा गुरुङ, सचिव मञ्जु गुरुङ, सल्लाहकार हरि श्रेष्ठ, शेरा गुरुङ , नरजंग गुरुङ, भोज गुरुङ, डा. चन्द्र गुरुङ लगायतले सहयोग गरेका थिए ।   यस्तै मञ्चलाई सहारा क्लब पोखराका मानार्थ सदस्यद्वय महेश गुरुङ, लोकबहादुर गुरुङ, पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा रामबजार सोसाइटी यू.के.का संस्थापक रुपक गुरुङ, एनआरएनए यू.के.का पूर्व अध्यक्ष सूर्य गुरुङ, गोरखा मिडिया प्रमुख मिलन तमु, बगर भाइखलक यू.के.का अध्यक्ष दिलरास गुरुङ, उपाध्यक्ष कमल गुरुङ, सहारा क्लव हङकङ, तमुधि. यू.के. प्रतिनीधि मेजर लक्ष्मी गुरुङ, पूर्व नेपाली राष्ट्रिय महिला भलिबल उपकप्तान मञ्जु गुरुङ, एशियन पदक विजेता तेक्वान्दो खेलाडी सपना मल्ला (अमेरिका)बाट सहयोग प्राप्त भएको अन्तराष्ट्रिय समन्वय उपसमिति संयोजक केशव पाठकले जानकारी दिए ।   अन्तराष्ट्रिय समन्वय उपसमिति संयोजक केशव पाठक र सुर्दशन रञ्जितको सहजीकरण र यू.के.सहित हङकङ, अमेरिका लगायत विभिन्न संघसंस्था तथा व्यक्तिहरुको सहयोगप्रति मञ्चका अध्यक्ष दीननाथ बरालले आभार व्यक्त गरे ।   कार्यक्रममा सहयोगीहरुलाई प्रशंसा पत्र मञ्चका अध्यक्ष दीननाथ बराल, उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, उपसमिति सह–संयोजक सुर्दशन श्रेष्ठ लगायतले हस्तान्त्रण गरेका थिए ।  

पोखरा:     पोखरामा नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भइरहेको प्रथम क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन लिगचरणको ७ खेल सम्पन्न भएको छ ।  नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको स्थापना दिवसको अवसरमा आयोजित क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।  पोखरा महानगरपालिका ३ स्थित नदीपुरस्थित नेपाल छन्त्याल समाजको भलिबल कोर्टमा भएको लिगचरणको खेलमा समूह ‘ए’बाट जनकल्याण र समूह‘बी’बाट जिभिपि युके लण्डनले लगातार दोस्रो जित दर्ता गरेका छन् ।  बिहीबार भएको समूह ‘बी’तर्फको पहिलो खेलमा जिभिपि युके लण्डनले अन्नपूर्ण गाउँपालिका भलिबल संघलाई २–१ को सेटमा पराजित ग¥यो । जिभिपि युकेले अन्नपूर्णलाई २५–२०, २३–२५ र २५–१८ ले पराजित गर्दै २ अङ्क जोड्दा पराजित भएको अन्नपूर्णले १ अङ्क जोड्यो ।   यस्तै दोस्रो खेलमा समुह ‘ए’मा रहेको फ्रेन्डस् युथ क्लबले मादी–११ लाई २–१ को सेटमा पराजित ग¥यो । फ्रेन्डस्ले मादीलाई २३–२५, २५–१५ र २५–२२ ले पराजित गर्दै २ अङ्क जोड्दा पराजित भएको मादीले १ अङ्क जोड्न सफल भयो ।  तेस्रो खेलमा समूह ‘बी’मा रहेको माछापुच्छ«े गुराँशसे भुमि घाचोकले शान्तिदेवि युथ क्लब शिशाघाटलाई २–० को सेटमा पराजित गर्दै ३ अङ्क जोड्न सफल भयो । घाचोकले शिशाघाटलाई २५–२३ र २५–२१ ले पराजित ग¥यो ।  चौथो खेलमा समुह ‘बी’मा रहेको जिभिपि युके लण्डनले माछापुच्छ«े गाउँपालिका–२ लाई २–० को सेटमा पराजित गर्दै ३ अङ्क जोड्यो । जिभिपिले माछापुच्छ«े–२ लाई २५–१४ र २५–१९ ले पराजित ग¥यो । लगातार २ खेल जितेको जिभिपि समूह‘बी’को ५ अङ्कसहित शिर्ष स्थानमा रहेको छ ।  यस्तै पाँचौ खेलमा समूह ‘ए’मा रहेको माछापुच्छ«े गाउँपालिका भलिबल संघले मादी–११ लाई २–० को सेटमा पराजित गर्दै ३ अङ्क जोड्न सफल भयो । माछापुच्छ«े गाउँपालिकाले मादीलाई २५–१८ र २५–२० ले पराजित ग¥यो । पहिलो खेलमा १ अङ्क जोडेको माछापुच्छ«ेले दोस्रो खेलमा ३ जोड्न सफल भयो । माछापुच्छ«्े गाउँपालिका भलिबल संघ ४ अङ्कसहित समूह ‘ए’को दोस्रो स्थानमा रहेको छ ।  यस्तै छैठौ खेलमा समूह ‘ए’ नै रहेको जनकल्याण पोखरा–११ ले मादी–११ लाई २–० को सेटमा पराजित गर्दै ३ अङ्क जोड्न सफल भएको छ । जनकल्याणले मादीलाई २५–१६ र २५–१५ ले पराजित ग¥यो । समूह ‘ए’ मा रहेको जनकल्याण ५ अङ्कसहित शिर्षस्थानमा रहेको छ ।  यस्तै आज नै भएको सातौं खेलमा शान्तिदेवि युथ क्लब शिशाघाटले माछापुच्छ«े गाउँपालिका–२ लाई २–१ को सेटमा पराजित ग¥यो । शिशाघाटले माछापुच्छ«े गाउँपालिका–२ लाई २०–२५, २५–२१ र २५–२१ ले पराजित गर्दै २ अङ्क जोड्दा पराजित भएको माछापुच्छ«े गाउँपालिका–२ ले १ अङ्क जोड्यो ।  यस्तै आज नै भएको आठौं खेल  अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गुराँशसे भुमि घाचोकबीचको खेल भने लाइट प्रोस्टेटको कारण स्थगित भएको छ ।  ९ टिमको सहभागिता रहेको क्लबस्तरीय भलिबल प्रतियोगिता लिगकप नकआउटको आधारमा सञ्चालन भइरहेको प्रतियोगिता संयोजक लामा अमृत गुरुङले बताए ।  उनका अनुसार ९ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । दुई समूहबाट समूह विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् ।  नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतान्त्रीक खेलकुद संघ कास्कीको आयोजनामा भएको  क्लबस्तरीय पुरुष भलिबलको प्रतियोगिताको विजेताले १ लाख २० हजार, उपविजेताले ८० हजार, तेस्रो हुने समूहले ४० हजार र सान्त्वना हुने समूहले २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष नविन पुनले बताए ।   

पोखरा:     तमु धिं नेपाल जेठ ५ गते स्थापनाको ४० औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ। पोखरा ९ नयाँबजारमा केन्द्रिय कार्यालयको तमु धिं नेपालले सरसफाई, रक्तदान कार्यक्रम, शुभकामना आदानप्रदान, शैक्षिक सम्मान अर्पण, बधाई ज्ञापनसहित विविध साँस्कृतिक कार्यक्रम गरी स्थापना दिवस मनाउने भएको हो। देश,प्रवास,जिल्ला र क्षेत्रिय शाखा, संघ संस्था, समाजहरुको छाता संस्थाको रुपमा निरन्तर क्रियाशिल तमु धिं नेपालले जेठ ८ गते बिहान शान्तिबनबाटिका सरसफाई गर्नेभएको छ। त त्कालिन पञ्चायती व्यवस्थामा संघ संस्था खोल्न बन्देज भएको अवस्थामा समुदायका लागि आवाश्यकताका कारण लुकीछिपी शान्तिबनबाटिमा २०४२ साल जेठ ५ गते सम्पन्न भेलाबाट कर्म तमुको अध्यक्षतामा तमु धिं नेपाल स्थापना भएकाले संस्था स्थापित थलोको सरसफाई गर्ने कार्यक्रम आयोजना गरिएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए ।  यसरी नै जेठ ५ गते तमु धिं नेपाल केन्द्रिय युवा समितिले तमु धिं नेपालको प्राङ्गणमा रक्तदान–जीवनदान नाराका साथ खुल्ला रक्रदान कार्यक्रम आयोजना गरिएको युवा समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुदर्शन गुरुङले जानकारी दिए ।  यसरी नै जेठ ५ गते दिउँसो गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान, शिक्षाविद समाजसेवी गणेशबहादुर गुरुङ स्मृतिकोषबाट गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा।गणेशमान गुरुङलाई १ लाख ११ हजार ११ रुपैयासहित शैक्षिक सम्मान अर्पण, गण्डकी प्रदेशका पुनः नियुक्त भएका मुख्यमन्त्री, मन्त्रीहरुलाई तमु धिं नेपाल एवम तमु समाजहरुबाट बधाई साथै विविध साँस्कृतिक कार्यक्रम गरिने तमु धिं नेपालले जनाएको छ।   तमु धिंका अध्यक्ष गुरुङका अनुसार शिक्षाविद समाजसेवी गणेशबहादुर गुरुङ स्मृतिकोषबाट शैक्षिक व्यक्तित्व जोर्ज जोन, सामाजिक व्यक्तित्व भद्रकुमारी यस अघि सम्मानित भई सकेका छन् ।  वार्षिक रुपमा शैक्षिक तथा सामाजिक व्यक्तित्व सम्मानित गरिने क्रममा यसवर्ष स्याङजा जिल्ला, आँधिखोला गाँउपालिका वडा नं.१ सिरुवारी गाउँ भई त्रिभुवन विश्वविद्यालय समाजशास्त्र मानवशास्त्र केन्द्रिय विभागका पुर्व प्रमुख, राष्ट्रिय शिक्षा आयोगका पुर्व सदस्य, विश्वविद्यालय अनुदान आयोगका पुर्व अध्यक्ष,संविधानसभाका सदस्य, गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङलाई शैक्षिक एवम सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानका कारण शैक्षिक सम्मान गर्ने निर्णय गरिएको तमु धिं अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए । 

पोखरा:   पोखरा महानगरपालिका–६ लेकसाइडमा सञ्चालनमा रहेका ५ वटा स्पा (मसाज) सेन्टरबाट ६जना बालिकाको उद्धार गरिएको छ ।  स्पा (मसाज) सेन्टरमा बालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह नेपालको संस्थाबाट खटिएको टोलिले आज ६ जना बालिकाहरुको उद्धार गरेको हो ।  जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् प्रहरी नायव उपरिक्षक बसन्तकुमार शर्माले लेकसाइडस्थित स्पा(मसाज) सेन्टरमा बालिकाहरुलाई यौनजन्य कार्यमा लगाउने गरेको गोप्य सूचनाको आधारमा अनुगमन गर्ने क्रममा ५ वटा स्पा (मसाज) सेन्टरबाट ६ जना बालिकाहरुको उद्धार गरेको जानकारी दिए ।  उनका अनुसार ५ वटा स्पा (मसाज) सेन्टरमा अनुगमन गर्ने क्रममा १८ वर्ष भन्दा मुनिका ६ जना बालिकाहरुलाई काममा लगाएका पाइएपछि पीडित बालिकहरुको उद्धार गरिएको बताए ।  कास्की प्रहरी, पोखरा महानगरको सामाजिक महाशाखा र शक्ति नेपालको सयुुक्त टोलिले सेन्टर पोइन्ट स्पाबाट २ जना, हिमालय स्पाबाट १ जना, पारामाउट स्पाबाट १ जना र न्यू भिजन स्पाबाट २ जना बालिकाको उद्धार गरेको हो ।   

पोखरा:   वीपी स्मृति भवन गण्डकी प्रदेश निर्माण समितिद्वारा वी पी स्मृति भवन गण्डकी प्रदेशको निर्माण कार्य सुरु भएको छ । पोखरा १९ लामाचौरमा रहेको आफ्नै जमिनमा अक्षय तृतीयाको पावन अवसरमा संकल्पित भवन आज एक कार्यक्रम गरि निर्माण कार्य सुरु गरिएको समितिका अध्यक्ष माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराए । अध्यक्ष बास्तोलाका अनुसार नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति एवम् संरक्षण शुक्रराज शर्माले इट्टामा बालुवा र सिमेन्टको मसला राखी निर्माण कार्यको शुभारम्भ गरिएको बताए । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले उक्त शुभारम्भ कार्यक्रममा बोल्दै “एतिहासिक काम नेपाली कांग्रेस गण्डकी प्रदेशले आजबाट सुरु भएको छ । नेपाली कांग्रेसलाई माया गर्ने सम्पूर्ण व्यक्तिहरु एकवद्दता भई इमान्दारितापूर्वक हातेमालो गरौं, हनुमानजीको आशिर्वादले समयमा नै भवनले पूर्ण सार्थकता पाउछ” भने । भवन निर्माणको पहिलो चरणमा करिब १ करोड लागत लाग्न सक्ने प्राविधिक अनुमान गरिएको र बाँकी कामको लागि थप ४ करोडको आवश्यक पर्ने निर्माण समितिले जानकारी गराएको छ । यही असोज मसान्त अगाडि नै कार्यालयबाट प्रवाह हुने सेवा कार्य सुरु हुनेगरी निर्माण कार्य सक्ने समेत निर्माण समितिको उद्घोष रहेको छ ।