पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

पोखरा:   पाइलट बन्नका लागि एक रुपैया अभियानका दिपेन्द्र घिसिङ तामाङलाई पोखरामा जारी पोखरा महोत्सवमा नगद सहयोग गरिएको छ । सरकारी निकाय र घरपरिवारबाट समेत सहयोग नपाएका दिपेन्द्र घिसिङ तामाङलाई पोखरामा जारी बाह्रौं पोखरा महोत्सवमा सहयोग गरिएको हो । घिसिङलाई महोत्सव आयोजक यूनाइटेड क्लबले नगद ५० हजार रुपैया प्रदान गरेको हो ।  दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर १२ निवासी दिपेन्द्र घिसिङ तामाङले सानैदेखि पाइलट बन्ने सपना बोकेको भएतापनि परिवारबाट सहयोग नपाएपछि सरकारी निकायहरु हुदै २२ सय वढी नेताहरु समेत हार गुहार गर्दा सम्पूर्णबाट आश्वनमात्रै पाएको र आफ्नो सपना पुरा गर्नका लागि एक रुपैया अभियान सञ्चालन गर्दै आएका छन ।   पोखराको अमरसिंह मैदानमा जारि बाह्रौं संस्करणको पोखरा महोत्सवमा शनिवार घिसिङलाई महोत्सव आयोजक यूनाइटेड क्लबका पदाधिकारीहरुले महोत्सवकै  बीच घिसिङलाई नगद ५० हजार रुपैया प्रदान गरेको हो । दिपेन्द्र संगै विभिन्न पाँचवटा क्यान्सरबाट पिडित पोखरा १७ बिरौटाकी लक्ष्मी शर्मा पोखरेललाई समेत नगद २५ हजार प्रदान गरेको छ । सो अवसरमा वोल्दै पाइलट बन्नका लागि एक रुपैया अभियानका अभियनता दिपेन्द्र घिसिङले आफु सानै देखि पाइलट बन्ने सपना देखेर अगाडि बढेको भएतापनि घरपरिवारमा समस्या उत्पन्न भइ सहयोग नपाएको, विभिन्न सरकारी निकाय संग सहयोग माग्दापनि पाइलट बन्ने विषयमा कहीकतैबाट सहयोग गर्न नसकिने भन्दै फर्काएको र विभिन्न २२ सय बढी नेताहरुलाई भेटेर आफ्नो कुरा राख्दा पनि आश्वसन मात्रै पाएपछि एक रुपैया संकलन अभियानमा हिडेको बताए । नेपालमा रहेका डेढ करोड जनता संग एक रुपैया उठाएरै आफु पाइलट बन्ने अठोटका साथ अगाडि बढिरहदा पोखरा महोत्सवमा आयोजकले नगद ५० हजार रुपैया सहयोग पाउदा आफ्नो अभियानमा थप इट्टा थपिएको समेत बताए । घिसिङले हाल सम्म ६० लाख रुपैयाँ संकलन गरिसकेको समेत बताए । त्यस्तै विभिन्न पाँच वटा क्यान्सरबाट प्रभावित लक्ष्मी शर्मा पोखरेलले पोखरा महोत्सव आयोजक यूनाइटेड क्लबले आफुलाई नगद सहयोग गरी हौसला प्रदान गरेको बताइन । शर्माले कुनैपनि रोग संग लड्नका लागि आत्मबल बलियो हुनुपर्ने बताउदै आफुहरुलाई धेरै पहिलेनै भारतको मेदान्त अस्पतालले मृत्युको डेट दिएको भएतानि सम्पूर्णको हौसला र साथले आफ्नो आत्मबल वढेकाले रोग संग लडेर अगाडी वढिरहेको बताइन । महोत्सवमा शनिवार पछिल्लो समय चिर्चित लोकदोहोरी गायक प्रकाश दुतराजको प्रस्तुतीमा दर्शकहरुले मनोरन्जन लिए । दुतराज संगै महोत्सवमा सम्झना लामिछाने मगर, जीवन दाहाल, दिनेश काफ्ले, सुरेन्द्र गुरुङ, कल्पना आले, प्रेमराज अधिकारी, प्रिन्स लम्साल, अंकिता गुरुङ लगायतको प्रस्तुती रहेको थियो भने सांझको लाइभ ब्याण्डमा भिटेनको प्रस्तुतीमा युवाहरुले मनोरन्जन लिए ।   महोत्सवको एघारौँ दिन आइतबार लोकदोहोरी तर्फ ज्योति मगर, जिवन दाहाल, कृष्ण अखेली, शिवहरी ढुंगाना, रामजी पौडेल, सानु बिकास, गंगा पौडेल, पारु गुरुङ, बत्ती थापा लगायतको प्रस्तुती रहनेछ भने सांझको लाइभ ब्याण्डमा सुगम पोखरेलको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा बाल उद्यान, घरायसी सामाग्री, लत्ताकपडा, श्रृङगारका सामाग्री, भेषभूषामा तस्विर खिचाउने, घोड सवार, भिआर, याक हेर्नेको भीड लागेको छ । महोत्सवको टिकट घरमै बसेर रेभल एप मार्फत समेत दर्शकहरुले टिकट काट्न सकिने र टिकटमा समेत विशेष उपहार प्रदान गरिरहेको समेत सुनारले जानकारी दिए ।  महोत्सवमा जारी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा बेसलाइन एकेडेमी, सरस्वती आवासिय मावि, मेरिगोल्ड र ज्ञानज्योती विद्या सदन फाइनल राउण्डमा प्रवेश गरेको छ । विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको फाइनल आइतबार दिनको एक बजे हुने विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताका संयोजक विष्णु गुरुङले जानकारी दिए । 

म्याग्दी:     भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन निर्देशन दिनुभएको छ ।  बेनी(जोमसोम(कोरला सडक म्याग्दी खण्डको आज निरीक्षणका क्रममा उहाँले मन्त्री ज्वालाले निर्माणमा ढिलाइ भएको भन्दै सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । “राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक आयोजनामा भएको ढिलासुस्तीले सबैको ध्यान तानेको छ”, उहाँले भन्नुभयो, “कतिपय स्थानमा काम भएको पनि देखिएको छ । कतिपय स्थानमा अझै ठेकेदारले ढिलासुस्ती गरेको देखियो । स्थानीयस्तरमा कतै निर्माण सामग्रीको अभाव पनि देखिएको छ । किन ढिलासुस्ती भयो भन्नेबारे हाम्रो अनुगमन केन्द्रित भएकाले यसबारेमा सम्बन्धित निकायसँग चाँडै छलफल गर्दछौँ ।” मन्त्री ज्वालाले यहाँबाट फर्किएपछि तुरुन्तै सबै पक्षसँग बसेर एउटा निष्कर्ष निकाली सडक निर्माणलाई गति दिने वातावरण बनाउने बताउनुभयो ।    “कोरिडोर आयोजना निर्माणमा देखिएका समस्यालाई स्थलगतरूपमा नै अध्ययन र अनुगमन गर्न सडक विभागको टोलीसहित आएको छु”, उहाँले भन्नुभयो, “सडक निर्माणमा देखिएको समस्याबारे तुरुन्त समाधान गरेर निर्माणलाई गति दिन्छौँ ।” त्यस अवसरमा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी(जोमसोम(कोरला सडक आयोजना प्रमुख ध्रुव झा, प्रहरी नायब उपरीक्षक मदन कुँवरलगायतले सडक निर्माणको अवस्थाबारे जानकारी लिनुभएको थियो । सो टोली म्याग्दीको रघुगङ्गा गाउँपालिका(२ बैसरी र सिरुवारीस्थित पहिरोग्रस्त क्षेत्रको पनि अनुगमन गरेको हो ।  म्याग्दी, मुस्ताङ र पर्वतमा निर्माणाधीन सात अर्ब ५५ करोडलागत अनुमान गरिएको योजनाका लागि गत आर्थिक वर्ष २०७९र८० सम्म छ अर्बभन्दा बढी खर्च भइसकेको छ । हालसम्म छ वटा खण्डमा ८५ किलोमिटर ग्राभेल र दुई वटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । अठार वटा पक्की पुल र तीन वटा बेलीब्रिज निर्माण सकिएको आयोजना प्रमुख ध्रुव झाले बताउनुभयो । बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिसहित दुई लेनको कालोपत्र र ग्राभेल गर्न आव २०७३र७४ देखि सुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । तेह्र वटा खण्डमध्ये आठ खण्डको निर्माण सकिएको छ । कमजोर भूगोल, प्राकृतिक प्रकोप र निर्माण व्यवसायीको ढिलासुस्तीका कारण म्याग्दी खण्ड र पर्वतको मालढुङ्गादेखि बेनीको खण्डमा अपेक्षा गरेअनुसार निर्माणले गति लिन नसकेको विषयमा गण्डकीका भौतिकमन्त्री जुग्जालीले सङ्घीयमन्त्री ज्वालाको ध्यानाकर्षण गराउनुभएको थियो । सर्वोच्च अदालतको वि।सं।२०७८ असार २९ गतेको आदेशका कारण कालीगण्डकी कोरिडोरअन्तर्गत गण्डकी प्रदेशमा सञ्चालित पूर्वाधार आयोजनामा नदीजन्य निर्माण सामग्रीको अभाव र ढिलासुस्ती भएको उहाँले बताउनुभएको थियो । सर्वोच्च अदालतले कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन तथा निकासीमा रोक लगाएपछि विकास आयोजना निर्माण प्रभावित भएको छ ।

पोखरा:    पोखरामा सम्पन्न भएको चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ निरुता ठगुन्ना  र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबका पाकिस्तानी फरकउद्दिन सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सर्वोत्कृष्ट भएका दुवै खेलाडीले समान २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी प्राप्त गरे ।  टाइगर ग्रुप अफ पोखरा नेपालले सञ्चालन गरेको चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ निरुता ठगुन्ना  र पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लबका पाकिस्तानी फरकउद्दिन सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।  यस्तै विधागत महिलातर्फ विगागीय क्लबको दवदवा रह्यो । एएिफकी निरुता ठगुन्ना सर्वोत्कृष्ट,एपिएफकी सरस्वती चौधरी स्पाइकर, न्यु डायमण्डकी बाल्मिका आचार्य सर्भर, एपिएफकी जस्ना महतो सेटर, त्रिभुवन आर्मी क्लबकी सुनिता खड्का ब्लकर, न्यु डायमण्डकी सलिना श्रेष्ठ लिब्रो र एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले करिव १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।  यस्तै पुरुषतर्फ हेल्प नेपालका फरकउद्दिन सर्वोत्कृष्ट, हेल्प नेपालका मजहर अली स्पाइकर, गण्डकीका हिमाल सुनारी सर्भर, हेल्प नेपालका मोहम्मद सेटर, गण्डकीका रामश्वामी अगामुटो ब्लकर, हेल्प नेपालका दीपक थापा लिब्रो र हेल्प नेपालका उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले करिव १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १ देखि ६ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा महिला÷पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको थियो ।  पुरुषपतर्फ हेल्प नेपाल काठमाडौं र महिलातर्फ नेपाल एपिएफ क्लबले उपाधि जितेका छन् । 

पोखरा:  पोखरामा सम्पन्न भएको चौथो टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौंले जितेको छ ।  पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको फाइनल खेलमा हेल्प नेपालले घरेलु टोली गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।  हेल्प नेपालले गण्डकी प्रदेशलाई २५–१३, २५–१८, २४–२६ र २५–१७ ले पराजित गरेको हो । हेल्प नेपाललाई लिगचरणको खेलमा गण्डकी प्रदेशले ३–२ को सेटमा पराजित गरेको थियो ।  यस्तै महिलातर्फ नेपाल एपिएफ क्लबले उपाधिमा हयाट्रिक गरेको छ । एपिएफ क्लबले न्यू डायमण्ड स्पोर्टस् क्लबलाई ३–१ सेटमा पराजित गर्दै उपाधिमा ह्याट्रिक गरेको हो । एपिएफ क्लब प्रतियोगिताभर अपराजित हुँदै उपाधि जितेको हो ।  नेपाल एपिएफ क्लब पहिलो संस्करणको उपविजेता, दोस्रो र तेस्रो संस्करणको उपाधि विजेता टिम हो ।   टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो ।  प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

पोखरा:   पोखरामा जारी चौंथो टाइगर कप भलिबल प्रतियोगिताको महिला तर्फ विभागीय टीम सशस्त्र प्रहरीको एपिएफ क्लबले ह्याट्रिक गरेको छ ।   अघिल्ला दुुई संस्करण जितेको एपिएफले शनिबार भएको फाइनलमा न्यू डायमण्ड क्लबलाई ३–० को सोझो सेटमा हराएर एपिएफले उपाधि रक्षा गरेको हो । एपिएफ प्रतियोगिताभर अपराजित रह्यो ।  एपिएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२१ ले हराएको हो । उपाधीसँगै एपिएफले ५ लाख ५५ हजार ५ सय ५५ पुरस्कार जितेको छ भने दोस्रो भएको न्यू डायमण्डले २ लाख ५५ हजार ५ सय ५५ प्राप्त गरेको छ ।   महिला तर्फ पुलिसलाई हराएर आर्मी तेस्रो भएको आर्मीले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।  उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।  

पोखरा:    पोखरामा जारी चौथो टाइगरकप भलिबल प्रतियोगितामा पुरुषतर्फ नेपाल एपिएफ क्लब तेस्रो भएको छ ।  पोखरा रंगशालाको भलिबल कोर्टमा तेस्रो स्थानको लागि भएको खेलमा नेपाल एपिएफ क्लबले आमन्त्रित श्रीलंङ्कन आर्मी टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो ।  एपिएफ क्लबले श्रीलंङ्कन आर्मी क्लबलाई २५–२३, २५–२१ र २७–२५ ले पराजित गरेको हो ।  यस्तै महिलातर्फ अहिले नेपाल एपिएफ क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लबबीच फाइनल खेल सञ्चालन हुन लागेको छ ।  उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यसहित एपिएफले उपाधि रक्षा गर्ने लक्ष्य लिएको छ । एपिएफले पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । नेपाल एपिएफ क्लब पहिलो संस्करणको उपविजेता, दोस्रो र तेस्रो संस्करणको उपाधि विजेता टिम हो ।   डायमण्डले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । जारी प्रतियोगितामा एपिएफ र डायमण्ड अपराजित रहँदै फाइनल प्रवेश गरेका हुन् ।  यस्तै पुरुषतर्फ गत संस्करणको उपाधि विजेता घरेलु टोली गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीमा तीन÷तीन जना विदेशी खेलाडी रहेका छन् ।    शुक्रबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा उपाधि दावेदार हेल्प नेपालले आमन्त्रित श्रीलंकाको आर्मी टिमलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । हेल्प दोस्रो संस्करणको टाइगर कपमा फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित हुँदै उपविजेता भएको थियो ।  यस्तै शुक्रबार नै सम्पन्न भएको दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकी पहिलो र तेस्रो संस्करणको उपाधि विजेता टोली समेत हो ।  पुरुषतर्फ समूह ‘ए’ मा रहेका हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश समूह विजेता र समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । भने लिगचरणको खेलमा गण्डकीले हेल्प नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो । पुरुषतर्फको फाइनल खेल दिउँसो २ बजे सञ्चालन हुनेछ । यस्तै फाइनल खेल हेर्न टिकट काटेर आउने भाग्यशाली दर्शकले सामसुङको फोन प्राप्त गर्नेछन् ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो ।  प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

पोखरा:  पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको आज (शनिबार) महिला र पुरुषतर्फको  फाइनल खेल हुँदै छ । शुक्रबार पुरुषतर्फको दुई सेमिफाइनल सम्पन्न भएपछि चौथो टाइगर कप भलिबलको उपाधिका लागि महिला/पुरुषतर्फका दुई दावेदार टोलीको अन्तिम टुङ्गो लागेको हो ।  महिलातर्फ उपाधिमा ह्याट्रिक गर्ने लक्ष्यसहित एपिएफले उपाधि रक्षा गर्ने लक्ष्य लिएको छ । एपिएफले पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । नेपाल एपिएफ क्लब पहिलो संस्करणको उपविजेता, दोस्रो र तेस्रो संस्करणको उपाधि विजेता टिम हो ।   डायमण्डले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । जारी प्रतियोगितामा एपिएफ र डायमण्ड अपराजित रहँदै फाइनल प्रवेश गरेका हुन् । महिलातर्फको फाइनल खेल बिहान ११ बजे पोखरा रंगशालाको भलिबल कोर्टमा हुनेछ ।  यस्तै पुरुषतर्फ गत संस्करणको उपाधि विजेता घरेलु टोली गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीमा तीन/तीन जना विदेशी खेलाडी रहेका छन् ।  शुक्रबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा उपाधि दावेदार हेल्प नेपालले आमन्त्रित श्रीलंकाको आर्मी टिमलाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । हेल्प दोस्रो संस्करणको टाइगर कपमा फाइनलमा त्रिभुवन आर्मी क्लबसँग पराजित हुँदै उपविजेता भएको थियो ।  यस्तै शुक्रबार नै सम्पन्न भएको दोस्रो सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि नजिक पुगेको हो । गण्डकी पहिलो र तेस्रो संस्करणको उपाधि विजेता टोली समेत हो ।  पुरुषतर्फ समूह ‘ए’ मा रहेका हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश समूह विजेता र समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका थिए । भने लिगचरणको खेलमा गण्डकीले हेल्प नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो । पुरुषतर्फको फाइनल खेल दिउँसो २ बजे सञ्चालन हुनेछ । यस्तै महिला÷पुरुषतर्फको फाइनल अगाडि पुरुषतर्फको तेस्रो स्थानका लागि नेपाल एपिएफ क्लब र आमन्त्रित श्रीलंकाको आर्मी टिमबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान ९ बजे सञ्चालन हुनेछ ।  यस्तै फाइनल खेल हेर्न टिकट काटेर आउने भाग्यशाली दर्शकले सामसुङको फोन प्राप्त गर्नेछन् ।   टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो ।  प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

पोखरा:  पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको आज (शनिबार) तीन खेल हुँदै छ ।  पोखरा रंगशालाको भलिबल कोर्टमा हुने प्रतियोगितामा महिला/पुरुषतर्फको फाइनल खेल र पुरुषतर्फको तेस्रो स्थानका लागि खेल हुने टाइगर ग्रुप अफ पोखरा नेपालका सचिव डिवि नेपालीले जानकारी दिए ।  उनका अनुसार आज पुरुषतर्फको तेस्रो स्थानका लागि नेपाल एपिएफ क्लब र आमन्त्रित श्रीलंकाको आर्मी टिमबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा एपिएफ क्लब गण्डकी प्रदेश र श्रीलंकाको आर्मी टिम हेल्प नेपालसँग पराजित भएका थिए । पुरुषतर्फको तेस्रो स्थानका लागि बिहान ९ बजे खेल सञ्चालन हुनेछ ।  यस्तै महिलातर्फको फाइनल खेल एपिएफ क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लबबीच बिहान ११ बजे खेल हुनेछ । महिलातर्फ शुक्रबार तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको छ ।  यस्तै पुरुषतर्फको फाइनल खेल दिउँसो २ बजे गण्डकी प्रदेश र हेल्प नेपाल बीच प्रतिस्पर्धा हुनेछ । ३/३ जना विदेशी खेलाडीसहित दुवै टिम उपाधि जित्ने लक्ष्यसहित कोर्ट प्रवेश गर्नेछन् ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको थियो । खेल लिककम नकआउटको आधारमा सञ्चालन भएको थियो ।    प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।