जेनजी आन्दोलनमा कास्की कारागारबाट फरार सहकारी ठगीका प्रतिवादी उत्तम पक्राउ
पाेखरा | असोज १९, २०८३
पोखरा — जेनजी प्रदर्शनका क्रममा कास्की जिल्ला कारागारबाट फरार भएका सहकारी ठगीसम्बन्धी कसुरका एक प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–२९ पटनेरीका ४५ वर्षीय उत्तम मगरलाई प्रहरीले पक्राउ गरेको हो।
मगर सहकारी ठगीसम्बन्धी कसुरमा पुर्पक्षका लागि कास्की जिल्ला कारागारमा थुनामा रहेका थिए।
गत सालकाे भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा उनी कास्की कारागारबाट फरार भएका थिए।
फरार मगरको खोजीका क्रममा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले २०८३ असोज १८ गते ललितपुर जिल्ला प्रहरी परिसरको सहयोगमा ललितपुरको महालक्ष्मी नगरपालिका–४ सानोगाउँबाट पक्राउ गरेको हो।
पक्राउ परेका मगरलाई आवश्यक कारबाहीका लागि कास्की जिल्ला कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...
काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालको निधन भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सो...

