काठमाडौं: आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज ९शनिबार० उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो । सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा हुनुहुन्छ । उक्त निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो । आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार हुनुहुन्छ । कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा छरछ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार हुनुहुन्छ ।
ढोरपाटन: बागलुङमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज ९शनिबार० बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो । दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौंकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । जिपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।
दाङ: नेपालगन्जबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस दाङको भालुबाङमा शुक्रबार राती दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । १३ जना घाइतेलाई कोहलपुर ल्याइएकोमा बाँके डुडुवा निवासी मोहम्मद जावेद उपचार गराएर घर फर्किएका छन्े । उनी डिस्चार्ज भएसँगै अस्पतालमा १२ जना उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । कालिकोटका ४५ वर्षीय तिलकप्रसाद उपाध्याय र २० वर्षका अरवाज नाउको अवस्था गम्भीर रहेको डिएसपी तिवारीले जानकारी दिए । शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेकाहरूमा नेपालगन्जका २४ वर्षीय आशुतोष गौतम, २० वर्षीय निरञ्जन कोरी, बर्दियाका २२ वर्षीय राजीव थारु, बाँकेका १९ वर्षीय नफिच खान, भारतका २० वर्षका छोटी सिलौरा, बाँकेकै दशरथ बिक, बाँके राप्ती सोनारीका ३१ वर्षका कुलबहादुर गोसाईं, नेपालगन्जकी ३५ वर्षीया लीला वली, बाँकेकै २१ वर्षीय शङ्कर थारु र रावलकुमार यादव छन् । उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । बाग्मती प्रदेश ३००१ ख ३९१२ नम्बरको यात्रु बाहक बस अनियन्त्रित भई शुक्रबार राति १०ः३० बजे पुलबाट अन्दाजी २५ मिटर तल राप्ती नदीमा खसेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ । बसमा सवार ३५ जनामध्ये सात जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
उदयपुर: कटारी नगरपालिका–७ देउलीकुनाबाट ६० किलो अवैध लागूऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–२ का ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोक बहादुर राई रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी कटारीबाट खटिएको प्रहरीले ३ वटा बोरामा रहेको ६० किलो गाँजा बोकी लैजादै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
पोखरा: ‘स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित माछापुच्छ्रे गाउँपालिकामा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना अध्यक्ष कप भलिबल प्रतियोगिता जारी छ । आज (शनिबार) तेस्रो दिन पहिलो सेमिफाइनल खेल बौदीकाली गाउँपालिका र चापाकोट नगरपालिकाबीच हुनेछ । यस्तै दोस्रो सेमिफाइनल खेल अन्नपूर्ण गाउँपालिकासँग कालीगण्डकी गाउँपालिका र गलकोट नगरपालिकाबीचको विजेता टिमबीच हुने खेल सहसंयोजक जापान गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३ लाख प्राप्त गर्ने छ । यस्तै दोस्रो हुने टिमले नगद रु २ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ भने सेमिफाइनलिस्ट २ टिमलाई जनही रु ५०÷५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै विधागततर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखरा: बिहीबारदेखि पोखराको अमरसिंह मैदानमा जारी बाह्रौं महोत्सवमा रौनक बढ्दै गएको छ । महोत्सवको दोश्रो दिन जारी रहदा महोत्सव स्थलमा हिमाली याकको प्रदर्शनी र घोडसवारले रौनक थपेको हो । हिमाली भेगमा मात्र पाइने याकलाई पोखरा महोत्सवमा पहिलो पटक प्रदर्शनीमा राखिएको हो । याक प्रदर्शनी संगै यसका बारेमा जानकारी दिइने भएकाले महोत्सवमा आउनेहरुले महोत्सवको रमाइलो संगै याकको बारेमा जान्न सक्नेछन् । त्यसैगरी महोत्सवमा घोडसवारबाट समेत दर्शकहरुले मनोरन्जन लिन सक्ने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । त्यसैगरी महोत्सव प्रवेशमा काटिने हरेक टिकटमा नेपाल टेलिकमको सिमकार्ड निशुल्क गरिएको छ । महोत्सवको टिकट काटेर भित्र छिर्ने दर्शकले महोत्सव परिसरमा राखिएको नेपाल टेलिकमको स्टलबाट सिमकार्ड लिन सक्नेछन् । त्यसैगरी पोखरा महोत्सवमा घरमै बसेर पनि अनलाइनमार्फत टिकट काट्न सक्ने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए । महोत्सवमा वढी भिडभाड हुने भएकाले आयोजकले रेभल संग सहकार्य गरेर अनलाइन मार्फत टिकट काट्ने ब्यवस्था मिलाएको हो । महोत्सवमा आउन चाहने दर्शकहरुले घरमै बसेर रेभल एप मार्फत पोखरा महोत्सवको टिकट काट्न सक्नेछन् । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुद्धारा लोकदोहोरी र विभिन्न ख्याति प्राप्त ब्याण्डहरुको लाइभ कन्सर्टबाट समेत दर्शकहरुले मनोरन्जन लिन सक्नेछन । महोत्सवमा शुक्रबार लोकदोहोरी तर्फ पशुपति शर्मा, जीवन दाहाल, शिवहरी ढुंगाना, केशव सापकोटा, सुरेशरमन अधिकारी, सन्तोष सुवेदी, ज्योती लोहोनी, पुजा तामाङ, शान्ता बर्देवा लगायतको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिएभने सांझको लाइभ ब्याण्ड तर्फ स्थानिय ब्याण्डहरु ब्ल्याक फेदर, प्रोभर्वस र ब्ल्याक ओको प्रस्तुतीमा युवाहरु झुमेका थिए । महोत्सवमा शनिवार लोकदोहोरी तर्फ प्रिती आले, प्रजापति पराजुली, जिवन दाहाल, शिवहरी ढुंगाना, अमर धिताल, निश्चल थापा, किसन नेपाली, सुरज आचार्य, सरस्वती लामिछाने, इन्द्रा गुरुङ, सगीता गुरुङ लगायतको प्रस्तुती रहनेछने हांस्यब्यङग्य तर्फ दिपक थापा मगर र सांझको लाइभब्याण्ड तर्फ माइलाको प्रस्तुती रहने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसियसन नेपाल कास्की (एन प्याव्सन) ले २५ औ स्थापना दिवस (रजत जयन्ती) विविध कार्यक्रम गरि मनाएको छ । रजत जयन्तीको अवसरमा यो वर्ष देखि शिक्षा सेवा सम्मान—२०८० वाट शिक्षा र साहित्यको क्षेत्रमा योगदान पु¥याएका दुई व्यक्तिलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा शिक्षा क्षेत्रबाट जर्ज जोन र साहित्यको क्षेत्रबाट सरुभक्त रहेका छन् । उनीहरुलाई नगद २५ हजार सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको थियो । रजत जयन्तीकै अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष महत्वपूर्ण स्थानमा सहयोग गर्दै आएको एन प्याव्सन कास्कीले यस वर्ष पोखरा –१ वगरमा रहेको संस्कृति माविमा १ लाखको अक्षयकोष स्थापना गरेको छ । उक्त अक्षयकोषको रकम एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले संस्कृत मावि व्यवस्वस्थापन समितिका अध्यक्ष विष्णु अधिकारीलाई हस्तान्तरण गरे । उक्त अक्षयकोषको प्राप्त व्याजबाट त्यसै विद्यालयको विद्यार्थीलार्य छात्रवृत्ति प्रदान गरिने छ । एन प्याव्सनको उन्नयनमा महत्पूर्ण योगदान पु¥याएको भन्दै पूर्व अध्यक्षहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । यसरी सम्मानितहुनेहरुमा संस्थापक अध्यक्ष महेश्वरप्रसाद वाटाजु, पूर्व अध्यक्षहरु वालगोपाल अमात्य, रामप्रसाद शर्मा र रामबहादुर मोची रहेका छन् । स्थापना वर्षका आधार यस वर्ष कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, लेखनाथ ममोरियल स्कुल, सङ्गम बोर्डिङ स्कुल, लिटिल बेल्स स्कुललाई सम्मान गरिएको थियो । पूर्व परीक्षा संयोजक सम्मान तर्फ हिमाल गुरुङ, रामचन्द्र भण्डारी, शिवदत्त तिवारी, प्रेमराज अधिकारी र विष्णुप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । पूर्व सहक्रियाकलाप प्रमुख तर्फ दिपक थापा, शिवदत्त तिवारी र राजु केसीलाई सम्मान गरिएको थियो । यसैगरी एन प्याव्सनमा आवद्ध विद्यालय अन्तर्गत एसईई परीक्षा २०७९ मा उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थी अल्फा एकेडेमीका आदेश भण्डारी, त्रिवेणी पब्लिक माविका कमल भुजेल र डायमन्ड मोडल स्कुलकी कृपा अधिकारीलाई नगद १० हजार र सम्मान पत्रले सम्मान गरिएको थियो । यो वर्ष देखि सम्मान शुरु गरेको एन प्याव्सन आवद्ध विद्यालय अन्तर्गत एस एल सी २०८० मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी कास्की मोर्डनाइज्ड एकेडेमीका शारोन गुरुङ, आस्था गुरुङ र आयुष श्रेष्ठलाई नगद १० हजार सहित सम्मान गरिएको थियो । त्यस्तै सदस्य विद्यालय सागर मेमोरियल बोर्डिङलाई सदस्यता प्रमाण पत्र प्रदान गरिएको थियो । एन प्याव्सन कास्कीको मंगलबार वसेको बैठकले साहित्यिक क्षेत्रमा योगदान पु¥याएका सरुभक्त र शिक्षा क्षेत्रमा योगदान पु¥याएका जर्ज जोन लाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी विश्वविद्यालय कास्कीका कुलपति प्रा.डा. गणेशमान गुरुङले शिक्षा क्षेत्रमा लगानी गरेर निजि विद्यालयले विद्यार्थीलाई जिम्मेवार नागरिक बनाउने काम गरेको बताए । शिक्षाविद् जर्ज जोनले शिक्षको क्षेत्रमा निजि विद्यालयले गरेको योगदान अतुलनिय रहेको बताए । साहित्यकार सरुभक्तले साहित्यको विकास गर्न विद्यालय र शिक्षकको महत्वपूर्ण भूमिका रहेको बताए । एन प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्काले नेपाल सरकारलले निजि क्षेत्रका विद्यालय सञ्चालकलाई सधै हतोत्साहित गर्ने काम गरेको बताए । एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, एन प्याव्सनका पूर्व वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, एन प्याव्सन गण्डकीका अध्यक्ष रामबहादुर मोची, कास्कीका उपाध्यक्ष मनकाजी गुरुङ सचिव प्रेमराज अधिकारी विद्यार्थी कृपा अधिकारीले बोलेका थिए ।
पोखरा: ३०२ औँ पृथ्वी जन्मजयन्तीको अवसरमा पृथ्वीनारायण शाहलाई विभिन्न कार्यक्रम गरी राप्रपाले सम्झिएको छ । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष रविन्द्र मिश्रले पोखरा १८ स्थित शहीद पार्कमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै सम्झिए । यस्तै पोखराको लखनचोक (पृथ्वीचोक) मा शाहको सम्मानमा हाइमास्ट बत्तीको पोलमा पृथ्वीनारायण शाहको तस्वीर ठड्याइएको छ । राप्रपा कास्कीको आयोजनामा भएको कार्यक्रममा ब्राह्मण समाज, क्षेत्री समाज, ठकुरी समाज लगायतको सहभागिता रहेको थियो । सभा अघि अमरसिंह लगायत विभिन्न चोकबाट ¥याली निकालिएको थियो । तस्वीरहरु:
ढोरपाटनः एक दशकअगाडिसम्म बागलुङको माथिल्लो खर्क तथा बुकी क्षेत्र भेडाबाख्रा र गाईभैँसीले भरिन्थे । त्यस समयमा एकै परिवारले एक सयदेखि हजार बढी पशुचौपाया पाल्ने गर्थे । गाउँमा जनशक्ति पनि प्रशस्तै थिए । तर पछिल्लो समय यस स्थानमा बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ । भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन् । खास गरी बागलुङको निसीखोला, ढोरपाटन र ताराखोलाका बासीन्दाको मुख्य पेसा पशुपालन थियो । युवा शक्ति विदेश पलायन र बजार झर्न थालेपछि पाका पुस्ताले नै पशुपालन पेसा धान्दै आएका भएपनि हरेक वर्ष भेडापालन गर्ने किसानको सङ्ख्या घट्दै गएको छ ।भेडाबाख्रा पालेरै परिवार धान्नेहरुलाई बुढेसकालले छोयो । नयाँ पुस्ताले बजार रोजेपछि परम्परागत पेसा नै धरापमा पर्ने चिन्ताले पुराना पुस्तालाई सताइरहेको छ । तमानखोला गाउँपालिका–५ खुङ्खानीका रनबहादुर सिर्पालीले भेडापालन गर्न थालेको ६५ वर्ष भयो । ७३ वर्षको उमेरमा पनि उहाँले २ सय ५० भन्दा बढी भेडाबाख्रा पाल्दै आउनुभएको छ । बाउबाजेको पालाबाट सिकेको पेसालाई सिर्पालीले अहिलेसम्म निरन्तरता दिँदै आउनुभएको छ । १५ वर्षअगाडि गाउँमा ४० घरपरिवार भेडापालनमा आबद्ध भए पनि अहिले पाँच÷सात घर मात्रै यो पेसामा रहेको उहाँले बताउनुभयो । अधिकांश स्थानीयले पशुपाल्दा चरनका लागि सोलेडाँडा हुँदै, म्याग्दी, सैलुङ धवलागिरि हिमालको काखसम्म पुग्ने गरेको सुनाउँदै अचेल धेरै टाढा पुग्न नपर्ने सिर्पालीले सुनाउनुहुन्छ । घरै अगाडि मोटर गाडी गुड्न थालेपछि स्थानीय घाँस दाउरा गर्न जङ्गल जानुको सट्टा बजार झर्ने गरेको उहाँको भनाइ छ । “हामीहरु गोठमै जन्मेउँ, गोठमै हुर्कियौँ र गोठमै काम गर्दै आएका छौँ, हाम्रो पालामा पनि लाहुर जाने भन्ने चलन थियो, तर गइएन, आफ्नो गाउँ छोड्न सकिएन, वर्षौंदेखि पाल्दै आएका वस्तुभाउ छोड्न सकिएन, अहिलेसम्म पनि हामी पशुकै अघिपछि लेक बेसी गरिरहेका छौँ,” सिर्पालीले भन्नुभयो, “हामीभन्दा पाका मान्छे बितिसके, हामीपछिका गाउँमा कम बस्छन्, हाम्रै दौतारी मात्रै भेडाबाख्रा पाल्ने गरेका छन्, युवा केटाहरु बजारमै बस्न खोज्छन्, विदेश जान्छु भनेर जान्छन्, पाँच÷सात साल आउँदैनन्, आए पनि वन जङ्गलमा गएर भेडाबाख्रा पाल्दैनन्, हाम्रो परानपछि (मृत्युपछि) गाउँमा भेडाबाख्रा पाल्ने मान्छे नै हुने छैनन् ।” ढोरपाटन नगरपालिका–९ का बुधबहादुर बिक पनि ४२ वर्षदेखि भेडाबाख्रा पालन गर्दै आउनुभएको छ । बेलाबेला बिरामी हुने गर्दा अहिले ज्यानले त्यति साथ दिएको छैन । डेढ सय भेडाबाख्रा पाल्दै आउनुभएकामा अहिले घटाएर पचासको हाराहारीमा मात्रै छन् । १० वर्षपहिले करिब ३० घरका छिमेकी पशुपालनमा आबद्ध भए पनि अहिले घटेर निकै कम भएको विकले सुनाउनुभयो । छोरो नातिले आफूले गर्दै आएको पेसालाई साथ नदिएको भन्दै गाउँका धेरैले कम मात्रामा पशु पाल्ने गरेको उहाँको भनाइ छ । दशकौँदेखि सयौँको सङ्ख्यामा पशुपालन गर्दै आए पनि अहिलेसम्म राज्यको एक रुपैयाँ पनि अनुदान नलिएको बिकले बताउनुभयो । उहाँले भन्नुभयो, “भेडाबाख्रा पाल्ने, वनजङ्गल गर्ने त टाढैको कुरा भयो, गाउँमा बस्ने मान्छे नै घट्न थालेका छन्, हाम्रो पालामा छ÷सात दिन लगाएर खर्क जान्थ्यौँ, खर्कमा बर्खाको पाँच महिना उत्तिकै बिताउँथ्यौँ, रोल्पा रुकुमबाट धेरै गोठालाहरु आउँथे, डाँडापाखा सबै सेताम्य भेडाले ढाकिन्थे, गन्नै नसकिने हुन्थे, अहिले त गोठाला पनि कम भए, भेडाबाख्रा पनि थोरै भएका छन्, पहिलेको जस्तो खर्कहरु रमाइलो छैनन्, घाँसपातको पीर पनि हुँदैन ।” तमानखोलाका रनबहादुर र ढोरपाटनका बुधबहादुर जस्ता थुप्रै गोठाला अहिले नयाँ पुस्ताले परम्परागत पेसा नअङ्गालेकामा निराश छन् । खर्क र उराठिलो बनेका बुकीले पशुचौपायाालाई कुरिरहेका छन् । तर अब तिनीहरुको पर्खाइ पर्खाइमै सीमित हुने निश्चित जस्तो बनेको छ । किनकि नयाँ पुस्ता बुकीमा पुगेर भेडा चराउनुको साटो विदेश पुगेर अनेक काम गर्न तयार छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङले हरेक वर्ष पशुपालनमा किसानलाई आकर्षण गर्न विभिन्न कार्यक्रम ल्याइरहेको छ । त्यस्ता कार्यक्रमले दूरदराजका किसानलाई भने छुन सकेको छैन । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले किसानको उत्पादनले उचित मूल्य नपाउने समस्याले गर्दा पशुपालन गर्नेको सङ्ख्या घट्दै गएको बताउनुभयो । केन्द्रले घाँस उत्पादन, दूध उत्पादन गर्ने किसानलाई अनुदान दिने, भेडाबाख्रा पालन गर्ने किसानलाई लक्षित गरी घाँस उत्पादन बढाउनाका साथै रोगको समस्याबाट पशुचौपायाालाई बचाउन खोप कार्यक्रमलाई जोड दिएको उहाँको भनाइ छ । “पशुपालन गर्ने किसानको सङ्ख्या घट्दै गएको छ, खासगरी विदेश जाने ट्रेनले गर्दा घटेको हो, हामीहरुले किसानलाई प्रोहोत्सान गर्ने कार्यक्रम गरिरहेका छौँ, सानो कार्यक्रम पालिकाबाट गर्ने, ठूलो जिल्लाले गर्ने गरी योजना पनि बनाएका छौँ, नश्ल सुधार गर्ने कार्यक्रमलाई पनि जोड दिएका छौँ,” उहाँले भन्नुभयो, “हाम्रो मुख्य प्राथमिकता रोग नियन्त्रण गर्नु हो, किसानले दुःख गरेर पशुचौपायाा पाल्नु हुन्छ, समय–समयमा रोगले गर्दा मर्छन् र ठूलो क्षति हुन्छ, त्यसलाई रोक्नका लागि खोप प्रभावकारी हुने हुँदा त्यसतर्फ जोड दिएका छौँ ।” बागलुङमा हाल एक लाख पचास हजार भेडाबाख्रा, एक लाख १० हजार गाई, २४ हजार भैँसी, १० हजार बङ्गुरलगायत पशुचौपायाा रहेको प्रमुख डा सापकोटाले जानकारी दिनुभयो । अहिले जिल्लाको दशवटा पालिकामा विभिन्न रोगविरुद्ध खोप लगाउने अभियान सुरु भएको भन्दै गाउँगाउँमा पशु प्राधिकि खटाएको उहाँले बताउनुभयो । रासस

