महोत्तरीको जलेस्वरमा तीन दिन केन्द्रीय समिति बैठक राखेर राजनीतिक, वैचारिक यात्रा तय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास दौडाहामा निस्किएको छ। सभापति रवि लामिछाने, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दीपक बोहरालगायत प्रवास दौडाहामा छन्। ६ महिनाअघि मलेसियामा मृत्यु भएका जुम्लाका मयलाल परियारले छातीमा आफ्नो अनुहार भएको ट्याटु खोपाएको र त्यो घटनाले आफूलाई पिरोलेको उनले बताएका थिए। त्यही घटनाकै कारण आफूले मलेसियाबाट अभियान थालेको उनको भनाइ थियो। ‘आजभन्दा केही महिनाअघि एक जना श्रमिक, उहाँको पार्थिव शरीर यहीँ कतै भेटियो। उहाँको नाम हो, मयलाल परियो। समाचारबाट थाहा भयो– उहाँको छातिमा मेरो अनुहार भएको ट्याटु खोपिएको रहेछ। मलाई थाहा छैन, उहाँले कुन आशा र अपेक्षाले छातीमा तस्बिरको ट्याटु खोप्नुभयो। त्यो दृश्य देखेपछि मेरो मन, मुटुमा त्यो चित्र खोपिएको छ,’ लामिछानेले भने। उनले आफू टेलिभिजनकर्मी हुँदा पनि वैदेशिक रोजगारीमा दुःख पाएका श्रमिक, मजदुरको समस्या देखाएको र अहिले पनि त्यसैलाई केन्द्रमा राखेर काम गर्ने बताए। सभापति लामिछानेले आफू राजनीतिमा आउनुको एउटा मुख्य कारण, विदेशमा रहेका नेपाली भएको बताएका छन्। ‘अवसर र रोजगारको लागि विदेश जानुपर्ने बाध्यता, जीविकोपार्जनकै लागि विभिन्न मुलुकमा दुख–कष्ट सहनुपर्ने परिस्थिति र स्वाभिमानमै चोट लाग्ने गरी झुक्नु पर्ने हाम्रो नियति परिवर्तन हुनुको सट्टा बढिरहेको छ। म राजनीतिमा आउनुको एउटा मुख्य कारण, विदेशमा रहेका नेपाली पनि हुन्,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् पनि उल्लेख गरेका छन्। िरास्वपा उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले पनि मलेसियाबाट अभियान सुरू भएको र अन्य देशमा पनि विस्तारै कार्यक्रम जोडिँदै जाने बताए। प्रवासी नेपाली सम्पर्क समिति, मलेसियाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन दुई दिनअघि त्यहाँ पुगेका सभापति लामिछाने मंगलबार स्वदेश फर्कंदैछन्। उनी बिहीबार कतार जाने कार्यतालिका रहेको अर्यालले बताए। ‘प्रवासमा रहेका नेपालीहरूलाई धन्यवाद दिन जाने कार्यक्रम यसअघि नै तय गरिएको हो। तर सदन, पार्टीको कामले समय मिलिरहेको थिएन। अहिले अनुकूल मिलेर प्रवास समितिहरूलाई वैधानिकता दिने, भेटघाटमा सरिक हुने गरी कार्यक्रम राखिएको हो,’ उनले भने। बिहीबार कतार जान लागेका सभापति लामिछाने त्यहीँबाट बेलायत जाने तयारी रहेको पनि अर्यालले जानकारी दिए। रास्वपाको ३० बढी देशमा प्रवास समिति बनेको पनि उनले बताए। ‘स्वःस्फूर्तरूपमा समिति गठन गर्नुभएको छ। त्यसलाई वैधानिकता पनि दिनुछ,’ अर्यालले भने। केन्द्रीय प्रवास नेपाली सम्पर्क विभागको प्रमुख अर्याल आफैं हुन्। केन्द्रमा यसको ११ सदस्यीय समिति छ। प्रवासमा पनि ११ सदस्यीय नै समिति रहने उनले बताए। ‘केन्द्रमा यसको कार्यविधि तयार भएको छ। त्यो पनि पारितको प्रक्रियामै छ। यही कार्यविधिमा टेकेर हामी प्रवासमा संगठन विस्तार गर्छौं,’ उनले भने।
उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका लागि ढुवानी अनुदानको चामल पु¥याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चालु आर्थिक वर्ष २०८०र०८१ का लागि सिर्दीबास डिपोका लागि चामल ढुवानी गर्न थालेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो । “सदरमुकामस्थित कम्पनीको शाखा कार्यालयबाट दोभानसम्म मिनिट्रक र दोभानबाट सिर्दीबास डिपोसम्म खच्चडले ढुवानी गर्न थालेको छ”, उहाँले भन्नुभयो, “सिर्दीबास डिपोमा चामल ढुवानीका लागि दूधपोखरी निर्माण सेवासँग कम्पनीले ठेक्का सम्झौता गरेको छ ।” चालु आवका लागि अहिलेसम्म ६७ क्विन्टल चामल सिर्दीबास डिपोमा पु¥याइ सकिएको सूचना अधिकारी सुनारले जानकारी दिनुभयो । कम्पनीले चालु आवमा सिर्दीबास डिपोका लागि एक हजार क्विन्टल, माछाखोला डिपो, नामरुङ बिक्री केन्द्र र चुम्लिङ बिक्री केन्द्रका लागि पाँचरपाँच सय क्विन्टल चामलको ढुवानी कोटा निर्धारण गरेको छ । “सिर्दीबासमा चालु आवमा पहिलोपटक चामल पु¥याइएको हो”, उहाँले भन्नुभयो, “पहिलो लटमा सिर्दीबास डिपोका लागि ६७ क्विन्टल स्टिम जिरा मसिनो चामल पु¥याइएको हो ।” कम्पनीले गोरखा बजारदेखि सिर्दीबास डिपो र नाम्रुङ बिक्री केन्द्रको लागि चामल ढुवानी गर्न दूधपोखरी निर्माण सेवा एण्ड सप्लायर्ससँग ठेक्का सम्झौता गरेको छ भने चुम्लिङ बिक्री केन्द्र र माछाखोला डिपोका लागि लिलिएन घले कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको उहाँले जानकारी दिनुभयो । विकटमा रहेको खाद्य डिपो र बिक्री केन्द्रमा समयमै चामल पु¥याउनका लागि छिट्टै ढुवानी गर्न सुरु गरिएको सूचना अधिकारी सुनारको भनाइ छ । खाद्य कम्पनीले सिर्दीबास डिपोबाट बिक्रीका लागि सोना मन्सुली चामल प्रतिकिलो रु ५६, स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ८८ मा मूल्य निर्धारण गरेको छ । त्यस्तै माछाखोला डिपोबाट बिक्रीका लागि सोना मन्सुली चामल प्रतिकिलो रु ५४, स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ८८ र नामरुङ बिक्री केन्द्रबाट सोना मन्सुली चामल प्रतिकिलो रु ६५, स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ९१ मूल्य तोकेको छ । चुम्लिङमा रहेको बिक्री केन्द्रबाट सोना मन्सुली चामल प्रतिकिलो रु ६५ र स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ९० मा बिक्री गर्ने गरी मूल्य निर्धारण भएको कम्पनीले जनाएको छ । कम्पनीले नामरुङ र चुम्लिङ बिक्री केन्द्रमा पनि तत्कालै चामल ढुवानी गर्नका लागि ठेकेदार कम्पनीसँग छलफल गरिरहेको सूचना अधिकारी सुनारले बताउनुभयो
पाल्पा: पाल्पामा भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका – १ का २४ वर्षीय शिरबहादुर पालुङ्गेको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगुन्ध श्रेष्ठका अनुसार लुम्बिनी मेडिकल कलेज प्रभाव पाल्पामा पुर्याएलगत्तै चिकित्कसले उनलाई मृत घोषणा गरेका थिए। पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ स्थित सिजी कम्पनीको कम्पाउन्ड भित्र लु १ क ३१६१ नम्बरको माटो बोकेको टिपर गएराति साढे ११ बजेतिर दुर्घटनामा परेको थियो।
ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गए राति भएको उक्त दुर्घटनामा परी फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल लुंगेलीले जानकारी दिए। उनका अनुसार याम्फुदिनको भोटे गाउँबाट छेबुक तर्फ जाने क्रममा प्र १–०१–००१ ज३४३७ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा सोही गाडीकै चालक लिम्बूको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक लुंगेलीले बताए। ओरालो बाटोमा गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर पल्टिँदा उक्त गाडीले नै चालकलाई किचेको जनाइएको छ।
हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान बागमती, ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको भइरहेको पनि महाशाखाले बताएको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का हिमपात भइरहेको उसले बताएको छ। सोमबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर–पश्चिम प्रदेशलगायत कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ। लुम्बिनी प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। सोमबार राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी लगायत कर्णाली प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने बताइएको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।
काठमाडौं: संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किनु भएको छ। मङ्सिर १३ गते राति ९ बजे युएई जानुभएका प्रधानमन्त्री प्रचण्ड पाँच दिने भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किनु भएको हो। उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीले स्वागत गर्नुभएको छ। शनिबार जलवायु सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै सो अवस्थाका अन्त्य गर्नुपर्ने बताउनुभएको थियो। उहाँले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सहयोग गर्न पनि अन्तराष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको थियो। सम्मेलनमा उहाँले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुभएको थियो।
पोखरा: “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता” भन्ने नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएकोे छ । अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अन्तर्राष्ट्रिय दिवस पोखरामा ¥याली सहित कार्यक्रम गरी मनाइएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा पोखरा महानगरको गेटबाट सुरु भएको ¥याली पोखरा सभागृहमा पुुगेर कार्यक्रममा परिणत भएको थियो । ¥यालीमा पोखरामा अपांगताको क्षेत्रमा काम गर्ने संघसस्थाका प्रतिनिधि र अपांगता भएका ब्यक्तिहरुको सहभागीता रहेको थियो । ¥यालीपछि आयोजित कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज अचार्यले महानगरले निर्माण गर्ने पूर्वाधारहरु अपांगमैत्री बन्ने बताउनुभयो । विगतमा के भए थाहा नभएन उहाँले भन्नुभयो,“महानगरले अव निर्माण गर्ने सबै संरचना अपांगमैत्री बन्छ ।” उहाँले दिवसले अपांगताका क्षेत्रमा भएका समस्या पहिचान गरी र समाधान गर्ने तर्फ ध्यान केन्द्रीत गर्ने उल्लेख गर्नुभयो । उहाँले महानगरबाट विनियोजन हुने रकमलाई कार्यविधि बनाएर प्राथमिकताका आधारमा विनियोजन गर्ने समेत बताउनुभयो । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले अपांगता भएकाहरुलाई हेर्ने ब्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुुपर्नेमा जोड दिनुुभएको छ । उहाँले समाजले अपांगता भएका ब्यक्तिलाई गर्ने ब्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गर्नुभयो । उपप्रमुख गुुरुङले महानगरले अपांगता भएका ब्यक्तिहरुका लागि ऐन, कानुन निर्माण गरेको र केही कमीकमजोरी भए यस क्षेत्रमा काम गर्ने संघसंस्था र ब्यक्तिहरुको सुुझावका आधारमा परिमार्जन गरेर जान सकिने बताउनुभयो । उहाँले अपांगता भएका ब्यक्ति वा परिवार पाल्नुपर्ने महिलाहरुलाई उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत सस्तो ब्याजमा ऋण उपलब्ध गराउदै आएको बताउनुभयो । कार्यक्रममा महानगरपालिका अपांग परिचपत्र वितरण समितिका सदस्य अञ्जना केसी, कोसिस कास्कीका अर्जुन सुनार, बालहितकारी परियोजना नेपालका निर्देशक ठाकुर प्रसाद चापागाईं, डिडा नेपालका संस्थापक अध्यक्ष गिरधारी सुवेदी, धनराज आचार्य हेमोफिलिया सोसाइटि गण्डकी प्रदेशका अध्यक्ष गोविन्द भण्डारी, कोपिला नेपालका अध्यक्ष विना सिलवाल, हरियो खर्क अस्पतालका परियोजना ब्यवस्थापक विष्णु गिरी, अटिजम केयर सोसाइटीका अध्यक्ष मुकुन्द लम्साल लगायतले अपांगता क्षेत्रमा भएका समस्याका बारेमा बोल्नुभएको थियो । कार्यक्रम पोखरा महानगरपालिका अपांगता भएकाको सञ्चालका अध्यक्ष गंगा बहादुर खड्का अध्यक्षतामा भएको थियो ।
बागलुङ: बागलुङमा श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । कुटपिट गरी श्रीमतीको हत्या गरेको आरोपमा जिल्लाको बागलुङ नगरपालिका–१३ सल्यान बस्ने हरि सिंह नेपालीलाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको हो । ५० वर्षीया श्रीमती सितली शाहीको हत्या आरोपमा जिल्ला जिल्ला प्रहरी कार्यालय बागलुङले नेपालीलाई आईतबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले बताए । उनले शाहीको टाउँको र दायाँ खुट्टामा गम्भिर चोट लागेको अवस्थामा श्रीमान र स्थानीयहरुले धौलागिरी अस्पताल बागलुङमा ल्याएको ल्याएको बताए । ‘वडाअध्यक्ष नारायणप्रसाद पौडेलले इलाका प्रहरी कार्यालय बलेवामा खबर गरेपछि प्रहरी सँगै गम्भिर घाईते शाहीलाई अस्पताल ल्याइपु¥याएको थियो,’ डिएसपि केसीले भने,‘शाहीलाई धौलागिरी अस्पताल बागलुङले मृत्त घोषणा गरेको छ । प्रारम्भिक अनुसन्धान र स्थानीयहरुले श्रीमानको कुटपिटबाट हत्या भएको हुनसक्ने बयान दिएपछि नेपालीलाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको छौं ।’ श्रीमान नेपालीले लडेर घाईते भएको बयान दिएपनि घटनाको प्रारम्भिक अनुसन्धानले कुटपिटबाटै हत्या भएको देखिएको डिएसपि केसीले बताए । घट्नाबारे अनुसन्धान सुरु भएको र अहिले नै सबै कुरा खुलिनसकेको प्रहरी भनाइ छ । नेपालीलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु भएको डिएसपि केसिले जानकारी दिए ।

