पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

पोखरा:   कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् ।   उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन् ।    देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आयोजित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक विजय कृष्ण मूर्तिले जानकारी दिए ।    देवी प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् । उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समूह समेत रहेको बताइएको छ । उनले  कोटिहोममा १४ दिनसम्म कथा वाचन गर्नेछिन् ।   त्यस्तै  शितकृष्ण महाराजजी पनि यतिबेला पोखरामा छन् ।   हिजो पोखरा आइपुगेका उनले  देवी प्रतिभाको कथा वाचन समुद्घाटन कार्यक्रममा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।

काठमाडौँ:  नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो ।    महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।   बिहीबार भने तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको थियो । जन मूल्य हालसम्मकै उच्च हो ।    यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार पनि सोही कायम भएको हो । 

पोखरा:   विपद्जन्य घटनाहरू भएमा तत्काल उद्धार तथा राहत सामग्री राख्ने प्रादेशिक आपत्कालीन गोदामघर गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेका छन् ।    नेपाल सरकार, युरोपेली संघ, विश्व खाद्य कार्यक्रम र नागरिक उड्डयन प्राधिकरणको सहयोगमा यो घर निर्माण गरिएको हो ।   भवन निर्माणमा २ करोड लगानी भएको छ ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरेर गोली प्रहार भएको छ ।   राति विद्युत् गएको समयमा चौधरीलाई शौचालय गएर फर्कने क्रममा गोली प्रहार भएको हो ।    चौधरीको निवासमा  उनलाई नै  लक्षित गरेर गएराति गोली प्रहार भएको बताइएकाे छ ।   गोली भित्तामा लागेको प्रहरीले जनाएकाे छ ।   घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । घटनाबारे थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएकाे छ ।

नेपाल प्रहरीले प्राविधिक समस्याको कारण आफ्नो अनलाइन प्रणाली अवरुद्ध भएको जनाएको छ।    प्रहरीले सूचना जारी गर्दै वेवसाइट अवरुद्ध हुँदा अनलाइन जरिवाना भुक्तानी प्रणालीसहितका सेवा अवरुद्ध भएको जनाएको हो।    सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति प्रहरीले क्षमा याचना गरेको छ।   

एक साताअघि धरानस्थित पाँच कन्याको जङ्गलमा मृत फेला परेकी धनकुटाको महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीय चुनकुमारी बुढाथोकीको हत्या श्रीमानले नै गराएको खुलेको छ ।   वैदेशिक रोजगारीका क्रममा कोरियामा रहेका चुनकुमारीका श्रीमान् प्रेम दाहालले एक भारतीय नागरिकलाई हत्याको सुपारी दिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।    हत्यामा संलग्न रहेको आरोपमा ३ पुरुष र २ जना महिलालाई प्रहरीले पक्राउ गरेको  छ। पक्राउ परेकाहरू चुनकुमारीका देवार देवरानी र नन्द समेत छन् ।   उनीहरूलाई काठमाडौँलगायत विभिन्न स्थानबाट पक्राउ गरेर ल्याइएका विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन बिहीबार म्याद थप गरिएको छ ।   धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर २ घर भई इटहरीमा डेरा लिएर बस्दै आएकी बुढाथोकी चैत २५ गते धरानको जङ्गलमा अर्धनग्न अवस्थामा भेटिएकी थिइन् ।   प्रहरीका अनुसार धन सम्पत्ति र जग्गा सम्बन्धी विवादका कारण श्रीमान् श्रीमतीका बिचमा विवाद रहेको थियो । उनी दुई वर्षदेखि इटहरीमा बस्दै आएकी थिइन् ।

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ।   व्यास नगरपालिका–२ बागबजार, मुख्यचोक, सफासडक चोकदेखि तरकारी लाइनसम्म कालोपत्र भइरहेको छ।   चालु आर्थिक वर्षभित्रै दमौली खण्डमा कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए।   बिहीबार मुख्यचोकमा एकतर्फी कालोपत्र गरिएको छ। बागबजार खण्डमा बुधबार कालोपत्र गरिएको थियो। दुर्गामन्दिरदेखि चापाघाटसम्म पनि चाँडै कालोपत्र हुनेछ।   पूर्वी खण्डअन्तर्गत अन्य ठाउँमा घरटहरा हटाउन ढिलो हुँदा कालोपत्रको काम रोकिएको थियो। अब चार किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ।   पूर्वी खण्डअन्तर्गत सडकको काम ८२.९५ प्रतिशत पूरा भएको छ।   यो खण्डमा पहिलो तहअन्तर्गत ३८.३१ किलोमिटर खण्डमा चार लेन र ०.२९ किलोमिटर खण्डमा दुई लेन सडक कालोपत्र भएको छ।

मकवानपुरमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।   शुक्रबार बिहान मकवानपुरको मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्ती लोकपथमा  काठमाडौंबाट हेटौडा जाँदै गरेको बा.प्र ०१-००६ ख ७०७२ नम्बरको विद्युतीय गाडी दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो।   मृत्यु हुनेमा रौतहटको दुर्गाभवानी गाउँपालिका- ५ कि ५० वर्षीय निलमदेवी राउत र सर्लाहीको बागमती गाउँपालिका- ७ कि १३ वर्षीया मानुसी मगर छिन्।    मकवानपुर प्रहरीका अनुसार बिहान १ बजे उक्त गाडी सडकबाट झन्डै २ सय मिटर तल खसेको थियो।   दुर्घटनामा ११ जना मध्यम र २ जना घाइते भएका छन्।   घाइतेहरुको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। गाडीमा चालकसहित १६ जना सवार थिए। 

पोखरा:   रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच नयाँ माेडेल पोखरामा सार्वजनिक गरिएको छ ।   बुलेट ट्रेडर्स नयाँबजारमा पश्चिमाञ्चल अटोमोबाईल डिलर्स एसोसिएसनका अध्यक्ष दीपेन्द्र कोइराला र ट्रेडर्सका सञ्चालक मनोज थापाले रोयल इन्फिल्ड क्लासिक ३५० का नयाँ माेडेलसार्वजनिक गरेका हुन् ।   बिहिबारदेखि पोखराबाट रोयल इन्फिल्ड क्लासिक ३५० बाइकहरुको बुकिङ, टेस्ट राइड र बिक्री सुरु भएको छ ।   पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० का नयाँ मोडलका बाईकहरु पोखरा भित्राइएको बुलेट ट्रेडर्सका सञ्चालक मनोज थापाले जानकारी दिए ।   सुरूवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एबिएससहित प्रिमियम एलइडी हेडल्याम्प, एलइडी पाइलट ल्याम्प पनि उपलब्ध गराउनेछ ।   त्यसमा टाइप सी युएसबी चार्जर हुने र गियर सूचक जनाउने गियर इन्डिकेटर पनि हुने सञ्चालक थापाले बताए ।   कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कोइरालाले पोखरामा रोयल इन्फिल्डको नयाँ भेरियन्टको आगमनले अटोमोबाइल क्षेत्रमा नयाँ ईंट्टा थपिएको बताए ।   उनले रोयल इन्फिल्डको आधुनिक सुधारसहितको क्लासिक डिजाइनले क्लासिक मोटरसाइक्लिङलाई थप रोमाञ्चित बनाउने र उपभोक्ताको मन जित्नेमा आशावादी रहेको सुनाए ।   रोयल इन्फिल्डका पाँच नयाँ भेरिएन्टमा हेरिटिज सिरिज, हेरिटेज प्रिमियम भेरियन्ट, सिग्नल सिरिज, डार्क सिरिज र क्लासिक क्रोम छन् ।   हेरिटेज प्रिमियम भेरियन्ट मेडालियन ब्रोन्जमा उपलब्ध छ भने सिग्नल सिरिज कमान्डो स्यान्ड, डार्क सिरिज खैरो र कालो मिश्रित रंगमा तामाको हल्का लेपन लगाइएको छ । क्लासिक क्रोम निख्खर हरियो स्वरूपमा उपलब्ध रहेको रोयल इन्फिल्डका गेयर एन्ड जिएमए म्यानेर सुसन महर्जनले जानकारी दिए ।   नयाँ क्लासिक ३५० ले इनफिल्डको विरासतलाई थप समृद्ध बनाउनुका साथै नयाँ पुस्ताका राइडरमाझ नवीन तरिकाले यसको विरासतअघि बढ्ने बुलेट ट्रेडर्सको विश्वास छ ।   नयाँ मोटरसाइकलहरुको मूल्य ५ लाख ५५ हजारदेखि ५ लाख ७९ हजार ९ सय रुपैयाँसम्म तोकिएको छ ।