पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

पोखरा:    कास्कीको पर्यटकीय गाउँ सिक्लेसको मौलिकता संरक्षण गर्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि सुरु पोखरा हुँदै सिक्लेस–कपुचे–कोरी–क्होलासोँथर–याङ्जाकोटबाट पुनः पोखरासम्मको पदमार्ग प्रवर्द्धन कार्यक्रम  अन्तर्गत सिक्लेसमा आयोजित  अन्तर्क्रियाका सहभागीले सिक्लेसको मौलिकता गुम्न दिन नहुनेमा जोड दिएका हुन् । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले सिक्लेसको संस्कार र संस्कृति यहाँको मौलिकता भएको बताउनुभयो । मौलिकतालाई जोगाउँदै पर्यटकीय विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  सङ्घका गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक बोबरजङ्ग गुरुङले यो क्षेत्र गुुरुङहरूको ऐतिहासिक स्थल भएको बताउँदै यहाँ प्राचीनकालदेखिका संस्कार र संस्कृति रहेको बताउनुभयो ।  सिक्लेसलगायतका गुरुङ गाउँहरू समेटेर यहाँबाट कपुुचे, कोरी, क्होलासोँथर समेटेर गुरुङ सम्पदा पदमार्ग विकास गर्न खोजिएको उहाँले बताउनुभयो ।  मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले क्होलासोँथरबाट गुुरुङ समुदायका व्यक्ति पहिलोपटक बसाइ सरेर आएको स्थल सिक्लेस भएको बताउँदै यहाँको मौलिकतालाई पर्यटकीय रूपमा उपयोग गर्न काम गरिरहेको उल्लेख गर्नुभयो । नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका अध्यक्ष विकास गुुरुङले बढ्दो बस्ती विकाससँगै देशका विभिन्न पदमार्ग छोटिँदै गएको अवस्थामा गुुरुङ सम्पदा पदमार्ग एउटा महत्त्वपूर्ण विकल्प हुने धारणा राख्नुभयो । सिक्लेसमा शान्ति प्रक्रियाको सुरुआत भएको गन्तव्यका रूपमा  शान्ति स्तम्भ बनाइएको छ । यहाँस्थित ‘इको म्युजियम’लगायत धेरै पर्यटकीयस्थल छन् ।  आगामी पुस १३ गतेसम्म हुने पदमार्ग प्रवर्द्धन कार्यक्रममा नेपाल पर्यटन बोर्ड, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, मादी गाउँपालिका र गुरुङ पर्यटन व्यवसायी सङ्घले सहयोग गरेका छन् ।

काठमाडौं:    आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला रू १ हजार १ सय र चाँदी प्रतितोला रू ३० ले बढेको छ । गत शुक्रबार प्रतितोला रू १ लाख ४८ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आजका लागि रू ज्ञ लाख ४९ हजार ट सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, निर्धारित मूल्यअनुसार आज चाँदी प्रतितोला रू १ हजार ७ सय ९० मा कारोबार हुनेछ ।

पोखरा:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी कागजात देशभित्रै छापिने उल्लेख गर्नुभएको छ । मन्त्री गुरुङले राहदानीलगायतका सरकारी कागजात देशभित्रै छाप्ने तयारीमा सरकार रहेको जानकारी दिनुभयो ।  वराह माध्यमिक विद्यालय माछापुच्छे ६, कास्कीमा आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय सुरक्षा र खर्च कटौतीका लागि पनि यसो गर्नु जरुरी रहेको औँल्याउनुभयो ।  “धेरैजसो सरकारी कागजात र परिचयपत्र विदेशमा छापिने गरेका छन् । अबको एक वर्षभित्रै पासपोर्ट ९राहदानी० नेपालमै छाप्छौँ,” उहाँले भन्नुभयो, “नोट पनि देशमै छापिने अवस्था निर्माण गर्छौं ।” उहाँले देशमा अराजकता, अस्तव्यस्तता बढ्दै जाँदा त्यसलाई रोक्न दुई ठुला दल मिल्नुपरेको बताउनुभयो । सरकार गठन भएको ५ महिनामा देखिने गरी ठुलो परिवर्तन नभएको भए पनि समस्या पहिचान गरी समृद्धिको यात्रा थालिएको उहाँको भनाइ छ ।  “देश भित्रभित्रै मक्किएको, अर्थतन्त्र कमजोर बनेको अवस्था थियो । अराजकतावादी, उग्र वामपन्थी र विदेशी हस्तक्षेपबाट देशलाई असफल हुनबाट बचाउन एमाले र कांग्रेस मिलेका हुन्,” उहाँले भन्नुभयो ।  देशमा प्रमुख राजनीतिक दलहरूले ठुला ठुला आन्दोलन, क्रान्तिहरूको सफल नेतृत्व गरेको स्मरण गर्दै उहाँले आर्थिक, सामाजिक रूपान्तरण गर्दै समाजवादतर्फको यात्रा अब जरुरी भएको औंल्याउनुभयो ।  सरकारले काम गरिरहेको भए पनि सन्तुष्ट हुने अवस्था नभएको जनाउँदै उहाँले बाँकी अवधिमा देखिने गरी केही काम हुने दाबी गर्नुभयो ।  नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले ३० प्रतिशत हाराहारीको विकास बजेटको पनि आधा मात्र खर्च हुने परिपाटी रहेको जनाउँदै यसलाई नबदली जनअपेक्षा पूरा नहुने प्रस्ट पार्नुभयो ।  “ऐन, कानुन, नीतिहरू बदल्दै अघि बढ्नु पर्छ । राजा महेन्द्रको पालाका ऐन, कानुनबाट गणतन्त्रको विकास र समृद्धि सम्भव छैन,” मन्त्री गुरुङले भन्नुभयो । मन्त्री गुरुङले सञ्चार मन्त्रालय देशभर गुणस्तरीय इन्टरनेट, नेपाल टेलिभिजन र रेडियो नेपालको पहुँच पु¥याउन लागिपरेकोसमेत जनाउनुभयो । पहिले लहडका भरमा विद्यालयहरू खोलिँदा अहिले अनेक समस्या आएको उहाँको भनाइ छ ।  “अध्ययन नगरी, पछि आउन सक्ने बसाइँसराइबारे नसोची स्कुल खोलिए, अहिले पूर्वाधार छन्, विद्यार्थी छैनन्,” उहाँले थप्नुभयो, “अब सरकारी विद्यालयहरूले पनि स्कुल बसको सुविधा र छात्रावास सुरु गर्नु पर्छ । हरेक गाउँमा स्कुल चल्ने अवस्था नहुँदा छात्रावास र बस अनिवार्य हुँदै गएको छ ।”  नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधारसहित सबैजसो क्षेत्रमा समस्या रहेको औँल्याउँदै उहाँले ती समस्या सुल्झाउँदै विकास र प्रगतिको पथ पहिल्याउन लागिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा आमूल परिवर्तन गर्नैपर्ने छ ।  अब शिक्षित बेरोजगार उत्पादन गर्ने होइन, सिप भएको, क्षमतावान र प्रतिस्पर्धी जनशक्ति तयार गर्न लाग्नु पर्छ ।” २०२४ सालमा स्थापना भएको वराह माविले कक्षा ११–१२ मा भेटेरिनरी अध्यापन गराउने गरेको छ ।  विद्यालयका अध्यक्ष आशमान रोकाले ग्रामीण क्षेत्रका विद्यालयलाई टिकाउन सरकार र अभिभावकको बलियो साथ चाहिनेमा जोड दिनुभयो । यहाँ सञ्चालित भेटेरिनरी शिक्षालयको रजत महोत्सवसमेत शनिबारै सुरुवात गरिएको छ ।

पोखरा:    कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा सम्पन्न पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ छोम्रोङ बास्केटबल समूह च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा आज भएको फाइनल खेलमा रामघाटलाई ६५–४८ को अंकसहित पराजित गर्दै छोम्रोङ च्याम्पियन बनेको हो ।   च्याम्पियन बनेको छोम्रोङले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको रामघाटले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।   पुरुषतर्फ छोम्रोङका बल्कु पुन एमभिपी घोषित हुँदै पुरस्कृत भए  । यस्तै सोही टिमकै नुकेश जुग्जाली बेस्ट अफेन्सिभको अवार्डबाट पुरस्कृत भए ।    रामघाटका सुजन महर्जन उदीयमान खेलाडी र सोही टिमकै आशिष बस्नेत बेस्ट डिफेन्सिभका रुपमा पुरस्कृत बने ।    यसैगरी महिलातार्फ स्पोर्टस् ग्राण्डी काठमाडौंलाई ३४–२३ अंकसहित पराजित गर्दै ताङतिङले उपाधि जित्यो । उपाधि जितेको ताङतिङलाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए ।      उनका अनुसार उपविजेता बनेको काठमाडौंले नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।    विधागततर्फ ताङतिङका गरिशा सिलवाल एमभिपी खेलाडीका रुपमा पुरस्कृत बनिन् । यस्तै सोही टिमकै सोनी वाइबा बेस्ट डिफेन्सिभ घोषित भइन् ।    यसैगरी काठमाडौंकी सुहाना मल्ल उदीयमान खेलाडी र रिन्छेन मोक्तान बेस्ट अफेन्सिभका रुपमा पुरस्कृत भइन् ।    विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, पत्रकार राजबहादुर गुरुङ, पुरस्कारदाताहरु, लगायतले पुरस्कार वितरण गरेका थिए ।    चैंपरे लेम भाइखलक घान्द्रुकको आयोजनामा गत ३ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा पुरुषतर्फ कुल १७ र महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो ।   

काठमाडौं:  पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै च्याम्पियन बनेकाे छ ।   फाइनल खेलमा जनकपुरले सुदूरपश्चिममाथि ५ विकेटको जित हात पारेको हो । जितसँगै च्याम्पियन जनकपुरले ट्रफी सहित नगद रु १ करोड १० लाख प्राप्त गरेको छ । पराजित हुदै उपविजेतामा सिमित बनेको सुदूरपश्चिमले नगद रु ५१ लाख प्राप्त गरेको छ ।   सुदूरपश्चिमले दिएको १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।   सुदूरपश्चिमका लागि लाहिरु मिलन्थाले सर्वाधिक ८७ रन जोडे । उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरेका थिए । लिगको दोस्रो अर्धशतक ३१ बलमा पूरा गरे । १२औं ओभरको पहिलो बलमा मिलन्थाले जीवनदान पाएका थिए ।   उनलाई कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नै बलमा क्याच छोडेका थिए । त्यस समयमा मिलन्थाले ६५ रन बनाएका थिए । मिलन्थाले दुई वर्ष अघि भएको नेपाल टि ट्वान्टी लिगमा विराटनगर किंग्सलाई फाइनलमा पराजित गर्दा सर्वाधिक ४१ रन जोडेका थिए ।   पहिलो विकेटका लागि मिलन्था र आसिफ शेखले ४२ बलमा ७३ रनको साझेदारी गरे । आसिफले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे । आसिफ सेफ अलि जेबको बलमा ब्राण्डन मक्मुलनबाट समातिए । हर्ष ठाकरले बलमा चौका र छक्काको सहयोगमा नट आउट रन जोडे । मोहम्मद मोहसिन ८ बलमा ९ रन बनाउँदै इशान पाण्डेको बलमा बोल्ड भए ।   जेम्स निशम ४ जोड्दै कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड आउट भए । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुग्गेलेइन, सेफ अलि जेब र इशान पाण्डेले समान १ विकेट लिए ।   त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल तयार गरेको थियो । सुदूरपश्चिमका लागि सेफ अलि जेबले सर्वाधिक ६९ रन जोडे । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।   लिगमा दोस्रो अर्धशतक जेबले ३३ बलमा पूरा गरे । १२औं ओभरको पहिलो बलमा जेबले जीवनदान पाएका थिए । किशोर महतोको बलमा जेबको क्याच शेर मल्लले ड्रप गरेका थिए । त्यस समयमा जेबले ३९ बलमा ६४ रन जोडेका थिए । त्यसै ओभरको अनितम बलमा जेब बाउन्ड्रि नजिकै ललितनारायण राजवंशीबाट समातिए ।   पहिलो विकेटका लागि जैबले अर्का ओपनर विनोद भण्डारीसँग मिलेर ७२ बलमा १ सय १७ रनको महत्वपुर्ण साझेदारी गरे । जैब आउट भएको अर्को ओभरमा विनोद पनि आउट भए । विनोद ३१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन जोड्दै आउट भए ।   हर्मित सिंह ८ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै आउट भए । उनी मोहम्मद मोहसिनको बलमा हेमन्त धामीबाट समातिए । ब्रेण्डन मक्मुलन १२ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै जेम्स निशमको बलमा बोल्ड आउट भए । १ सय १७ रन बनाउँदा कुनै विकेट नगुमाएको सुदूरपश्चिमले त्यसपछि निरन्तर विकेट गुमायो । उसले पछिल्लो ९ विकेट गुमाउँदा ६७ रन मात्र जोड्न सक्यो ।   कप्तान दीपेन्द्रसिंह ऐरी ९, आरिफ शेख १ तथा स्कट कुग्गेलेइन ८ रनमा आउट भए । जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३, ललितनारायण राजवंशी र जेम्स निशमले समान १ विकेट लिए ।   यस संस्करणमा यसअघि जनकपुर र सुदूरपश्चिमबीच दुई पटक भेट भएको थियो । दुवै खेलमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो ।   पहिलो क्वालिफायर जित्दै सुदूरपश्चिमले सिधै फाइनल यात्रा तय गरेको थियो । जनकपुर भने दोस्रो क्वालिफायरको बाटो हुँदै फाइनलसम्म पुगेको हो । दोस्रो क्वालिफायरमा जनकपुरले इलिमिनेटको विजेता कर्णाली याक्समाथि २ विकेटको कठिन जित हात पारेको थियो ।    

काठमाडौं:  बाराको जीतपुरसिमरा उपमहानगरपालिका–११, दुधौरा खोला पुलनजिक कारभित्र शनिबार एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।   रोकी राखिएको कारभित्र शव फेला परेको र मृतक पुरुष जीतपुरसिमरा–१ घर भई सिमरा विमानस्थलमा कार्यरत राजकुमार रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।   स्थानीयले गाडीभित्र शव रहेको खबर गर्नेबित्तिकै प्रहरी घटनास्थल पुगेर तालिमप्राप्त कुकुरसहित अनुसन्धान गरेको थियो ।   वाग्मती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कार सडकको पूर्वपट्टिको छेउमा रोकिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सामाजिक एकता समृद्ध राष्ट्रको आधार भएको बताउनुभएको छ ।   सामाजिक संघसंस्थाले सङ्गठित नागरिकको भूमिका निर्वाह गर्ने हुँदा मुलुक निर्माणमा सामाजिक संघसंस्था महत्वपूर्ण रहेको उहाँको भनाई छ ।   धादिङ–पोखरा सम्पर्क समाजको कार्यक्रममा प्रमुख अतिथि भट्टले कुशल नेतृत्व, समयसापेक्ष कार्ययोजना, भावी कार्यक्रम र रणनीतिको निर्माणले समाजिक संस्था प्रभावकारी रूपमा अघि बढ्ने उल्लेख गर्नुभयो ।   ‘संस्थालाई कानुन बमोजिम सञ्चालन गरी समाजको आचारसंहितालाई अंगिकार गर्दै सामाजिक मूल्य मान्यतालाई अनुशासितरुपमा आत्मसात गर्दै उद्देश्य अनुरुप अघि बढ्नुपर्ने हुन्छ । यसरी नै सामूहिक एकता र प्रयासले समाज र राष्ट्रको उत्थान सम्भव छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।   छिमेकी बागमती प्रदेशको धादिङ जिल्लादेखि पोखरामा आएर बसोबास गर्ने करीब ४० हजार धादिङबासीसँग जोडिएको यो अभिभावकीय संस्थाले सामाजिक क्षेत्रमा खेलेको भूमिका प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।     ‘धादिङ जिल्ला विशेषगरी कृषिबाट परिचित रहेको छ । यहाँसम्म धादिङका कृषि उब्जनी, तरकारी आइपुग्छन् । पोखराको भान्साभान्सासम्म धादिङबासीको मेहनत पुगेको छ ।’ उहाँले भन्नुभयो– ‘यहाँ मजदुरदेखि माथिल्लो तहसम्म धादिङबासीले सेवा गरिरहेको पाएको छु । अन्तर जिल्ला समाजमध्ये पहिले स्थापित धादिङ पोखरा समाज आफ्नो सामाजिक कार्यकै कारण यहाँको अग्रणी समाज बन्न सकारात्मक सहयोग पुगेको हुनुपर्छ ।’   धादिङका विभिन्न ७ वटा विद्यालयमा अक्षयकोष स्थापना गरिसकेको समाजले नियमित रुपमा रक्तदान कार्यक्रम, भित्तेपात्रो प्रकाशन, शुभकामना आदानप्रदान, ज्येष्ठ नागरिक सम्मान, वृद्धाश्रममा सहयोग प्रदान लगायतका कार्यक्रम गर्दै आएको जानकारी पाउँदा खुशी लागेको बताउनुभयो ।     उहाँले भन्नुभयो – ‘समाजका सदस्यहरुका परिवारमा जन्म, विवाहदेखि मृत्यु संस्कारसम्मको आपसी मिलापले जन्मस्थानबाट टाढा हुँदा पनि छरछिमेक सँगै भएको अनुभूति पक्कै भएको हुनपर्दछ । दुर्घटनामा परेका तथा गम्भिर बिरामी परेका सदस्यहरुलाई अस्प्तालमा स्वास्थ्य उपचारमा छुटको पहलदेखि आर्थिक संकलनमा पनि समाज जुट्दै आएको पाएँ । सुख र दुःखमा सँगसँगै जिल्लाबासी अघि बढ्नु खुशीको विषय हो ।’   समाजको उत्कृष्ट कार्यक्रमकै कारण रेडक्रस सोसाइटीबाट तीनपटकसम्म सम्मानित भइसकेको हुँदा समाज यस्तै सामाजिक कार्यमा अग्रसर बन्दै अघि बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।   ‘घर छाडेपछिको बसाईं सहज र अपेक्षा गरेझैं हुँदैन । टाढाको रहनसहन, दुःख पीडा, साह्रो गाह्रोको केही न केही अनुभव र अनुभूति हरेकलाई हुने गर्दछ । सामाजिकरणका लागि निकटसँग संगत र सम्पर्कमा रहनुपर्छ ।’ उहाँले भन्नुभयो – ‘परको ठाउँमा आफन्त परिवारको दर्जा स्वरुप सहायक सिद्ध हुने उद्देश्यले नै यसरी संस्थामा तपाईंहरू एकताबद्ध हुनुभएको भन्ने लाग्दछ । जीवनलाई सुखद र सरल अनुभूति गर्न आपसी मेलमिलापले सघाउ पुर्‍याउँदछ ।’   

जापानमा शनिबार आगलागीमा परी आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।   टोकियोको दक्षिणी भागमा रहेको योकोसुकामा रहेको दुई तले घरमा बिहान आगलागी भएपछि ९२ वर्षीय पुरुष र उनकी ८९ वर्षीया श्रीमतीको मृत्यु भएको क्योडो न्यूजले जनाएको छ ।   सोही सहरको दुई तले अपार्टमेन्टमा आगलागी हुँदा ६८ वर्षीया महिलाको मृत्यु भएको छ ।   दक्षिणपश्चिम जापानको फुकुओकामा रहेको एउटा घरमा बिहानै अर्को आगलागी भएको थियो, जहाँ दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ । घरका पाँच जनामध्ये तीन जना फरार र दुईजना घाइते भएको प्रहरीले बताए ।

दमौली:   नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रको दिगो सञ्चालनका लागि रू २९ लाख सङ्कलन भएको छ ।   दमौली अस्पताल परिसरमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रलाई दिगो बनाउन थालिएको अभियान अन्तर्गत हालसम्म रू २९ लाख सङ्कलन भएको हो ।   विसं २०७२ मङ्सिर १२ गते रक्तसञ्चार सेवा केन्द्र स्थापना भएको थियो । हाल दमौली अस्पतालको सहयोगमा मेडिबैंक भएको अस्पतालको गेटमै रक्तसञ्चार केन्द्र सञ्चालनमा रहेको छ ।   रक्तसञ्चार केन्द्रलाई दिगो र सहज बनाउन रू ५० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यबमोजिम सहयोग अभियान थालिएकामा विभिन्न पालिकाबाट सहयोग प्राप्त भइसकेको र केही पालिकाबाट सहयोगको प्रतिबद्धता आएको रेडक्रस शाखा सभापति प्रा डा कृष्णप्रसाद गौतमले जानकारी दिए ।   प्रा डा गौतमका अनुसार रू २१ लाख ५० हजार खातामा जम्मा भइसकेको छ भने रू सात लाख ५० हजारको प्रतिबद्धता प्राप्त भएको छ ।   गौतमका अनुसार व्यास नगरपालिकाबाट रू पाँच लाख, बन्दीपुर गाउँपालिकाबाट रू पाँच लाख, म्याग्दे गाउँपालिकाबाट रू पाँच लाख, भानु नगरपालिकाबाट रू चार लाख, भिमाद नगरपालिकाबाट रू दुई लाख, घिरिङ गाउँपालिकाबाट रू ५० हजार प्राप्त भइसकेको छ ।   शुक्लागण्डकी नगरपालिकाबाट रू तीन लाख, देवघाट गाउँपालिकाबाट रू दुई लाख ५० हजार, ऋषिङ गाउँपालिकाबाट रू दुई लाखको प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ ।   रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष बनाउने र सोही अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट केन्द्र सञ्चालनमा सहजता ल्याउन खोजिएको प्रा डा गौतमको भनाइ छ ।   उनले भने, “विसं २०७९ चैत १४ गते समन्वय समितिका प्रमुखको संयोजकत्वमा बसेको बैठकले रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष बनाउने र सो अक्षयकोषमा रू ५० लाख जम्मा गर्ने निर्णय गरिएको थियो ।”