पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाडौं:    काठमाडौं महानगरपालिका स्वास्थ्य विभाग डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ । नियमित पानी पर्न थालेसँगै यो रोगको जोखिम बढ्न सक्ने भन्दै कामपाले यही असार ९ गतेदेखि सबै वडामा उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । डेङ्गु नियन्त्रण्क ‘फोकलपर्सन’ ऋषि भुसालका अनुसार यस अभियानमा ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ । “रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्छन्, त्यसैले अभियान सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो । भुसालका अनुसार पानी जमेका खाल्डा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानमा क्रममा भइरहेका छन् । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गर्नुभयो । “पानी परेको समयमा सडक र सडक किनाराका खाल्डाखुल्डीमा फोहर पानी जम्मा हुन्छ । यस्तो पानीमा लामुखट्टेको सङ्ख्या वृद्धि हुन्छ । लार्भा खोज्ने तथा नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो । लार्भा नष्ट गर्न लार्भिसाइड औषधिको प्रयोग गरिएको जनाउँदै भुसालले यो जैविक औषधि रहेको बताउनुभयो । “यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादी होइन । औषधिलाई पानीको माथिलो भागमा छर्किने गरिन्छ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ”, उहाँले भन्नुभयो । डेङ्गुको सङ्क्रमणका बारेमा परामर्श दिनका लागि कामपाले निःशुल्क हटलाइन टेलिफोन ११८० चौबीसै घण्टा सञ्चालनमा राखेको जनाएको छ । अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्थासमेत गरिएको छ । एक्कासी उच्च ज्वरो आउनु डेङ्गुको मुख्य लक्षण हो । यससँगै धेरै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा बिमिरा आउनेलगायत यसका मुख्य लक्षण रहेका छन् ।

पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले युवालाई नेतृत्व तहमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी भएको बताएका छन् ।  मन्त्रालयकै आयोजनामा विहिबार देखि सुरु भएको उक्त कार्यक्रमको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले कार्यक्रमबाट युवाको क्षमता अभिवृद्धिमा समेत टेवा पुग्ने विश्वास लिएका छन् । संसद अभ्यास सँगै नेतृत्व विकास सम्बन्धि सिकाईले सामाजिक रुपान्तरणमा युवाको भूमिकालाई मजबुत बनाउने उनले उल्लेख गरे ।  “युवा भविष्यका कर्णदार हुन् । युवा बिना देश विकास सम्भव छैन् । युवालाई नेतृत्व तहमा पु¥याउन र क्षमता अभिवृद्धि गर्न प्रदेश नमूना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी देखिन्छ । आशा छ, मन्त्रालयले आजबाट चार दिनसम्म आयोजना गरेको उक्त कार्यक्रमबाट सहभागी सबै भाईबहिनीहरु लाभान्वित हुनुहुनेछ । सामाजिक रुपान्तरणमा यहाँहरुको भूमिका अब्बल रहनेछ, सबैलाई शुभकामना ।”, उनले भने ।  मन्त्रालयका सचिव प्रकाश पौडेलले नेतृत्वको अवसर सिर्जना गर्न, विकास गर्न र क्षमतामा अब्बल बनाउन नमुना युवा संसद अभ्यास प्रभावकारी रहेको उल्लेख गरे । उनले नमुनाका रुपमा उत्पादित जनशक्तिलाई नमुनाकै रुपमा विभिन्न तहमा ल्याउने प्रयास अन्तर्गत नै कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रम संयोजक एवम् मन्त्रालयका युवा तथा खेलकुद महाशाखाका उपसचिव प्रकाश देवकोटाले कार्यक्रमको उद्देश्यका विषयमा प्रकाश पारेका थिए ।  चार दिनको कार्यक्रमको प्रशिक्षकका रुपमा राष्ट्रिय युवा परिषदका अभिनास कार्की, विवेक त्रिपाठी र जिल्ला युवा परिषद कास्कीका विवेक देवकोटा प्रशिक्षकका रुपमा रहनेछन् । कार्यक्रमको समापनमा प्रदेश सरकारका सभामुख, मन्त्री र सांसदको उपस्थितिमा सहभागी युवाहरुले नमुना संसदको अभ्यास गर्नेछन् । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका ३० जना युवाहरुको सहभागिता छ ।  

काठमाडौं:       लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषा जिल्ला कार्यसमितिका सहसचिव सुनिलकुमार श्रेष्ठ ‘सानु’लगायत जिल्लाका नौ जना नेता तथा कार्यकताहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा उनीहरूलाई खादा र अविर लगाएर पार्टीमा स्वागत गरेका हुन् । पार्टीका पोलिटब्यूरो सदस्य जुलीकुमारी महतोको संयोजनमा पार्टी प्रवेश गर्नेहरूमा श्रेष्ठसहित सञ्जय पोखरेल, कृष्णा कार्की, जितेन्द्र लगु, पारस श्रेष्ठ, सानु श्रेष्ठ, भोला पाठक, आशिष कर्ण र गौतम झा छन् ।

काठमाडौं:     बिहीबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०)ले  माध्यामिक शिक्षा परीक्षा ९एसइई० नतिजा सार्वजनिक गरेको छ । गत वर्षको चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थीमात्रै पास भएका छन् । बोर्डले सार्वजनिक गरेको सातै प्रदेशको नतिजा अनुसार कोशी प्रदेशमा ७५ हजार ९८८ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए भने ३९ हजार ८९५ जना विद्यार्थी कक्षा ११ पढ्न अयोग्य भएका छन् । मधेश प्रदेशबाट ७९ हजार ५९२ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए भने ४२ हजार २८६ जनाले ननग्रेड (एनजी) पाएका छन् । बागमती प्रदेशबाट ९९ हजार ८७२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये ३३ हजार ८४३ जना ननग्रेड (एनजी) पाएका छन् । गण्डकी प्रदेशमा ४० हजार ५२६ जना सहभागी भएका थिए । त्यसमध्ये २० हजार २७५ जना अनुत्तीर्ण भएका छन् । यसैगरी, लुम्बिनी प्रदेशबाट एसइईमा ८० हजार ३२७ जना सहभागी भएका थिए । त्यसमध्ये ४९ हजार २२४ जना ननग्रेड (एनजी)मा समावेश भएका छन् । कर्णाली प्रदेशबाट एसइई परीक्षामा ३५ हजार ३४ जना सहभागी थिए । त्यसमध्ये एनजी २० हजार ३८० जना विद्यार्थी ननग्रेडमा समावेश भएका छन् । सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएकोमा ३६ हजार ४१० कक्षा ११ पढ्न अयोग्य भएका छन् । एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएकोमा दुई लाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका छन् ।  

काठमाडौं:      मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् ।  गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन् । यस अवधिमा कूल १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको छ । पहिरोबाट यो बीचमा १४ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । पहिरोका कारण २५ घर पूर्ण क्षति भएको छ । १० वटा घर आंशिक क्षति भएको छ । पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक क्षति भएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी गराएको छ । यस्तै मनसुनका समयमा बाढीबाट एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् । चट्याङबाट क्षति सो अवधिमा चट्याङबाट ६८ वटा घटना भएको र ती घटनामा परी १३ जनाको मृत्यु भएको छ । चट्याङबाट २४ जना घाइते भएका छन् भने १७ लाख बढीको आर्थिक क्षति भएको छ ।    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईका अनुसार पछिल्लो विपदजन्य घटना (असार ११ र १२ गते)को अवधिमामात्रै १८ जनाको मृत्यु भएको छ । जसमा नौजना चट्याङबाट र नौजना बाढीपहिरोमा परेर मृत्यु भएको उहाँले बताउनुभयो ।

काठमाडौं:     राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । यस वर्ष नियमित तर्फ ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षामा सहभागी भएका चार लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये दुई लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै नियमित तर्फ उत्तीर्ण भएका छन् । यी उत्तीर्ण विद्यार्थीले मात्र कक्षा ११ मा पढ्न पाउने बोर्डले जनाएको छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क प्राप्त गर्ने र आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क प्राप्त गर्ने विद्यार्थीको नजिता नियमित तर्फ समावेश गरेको हो । ५२.१४ प्रतिशत परीक्षार्थीले नन ग्रेड (एनजी) अर्थात् ३५ प्रतिशत भन्दा कम अङ्क ल्याएका छन् । एसइई परीक्षा २०८० चैत १५ देखि २७ गतेसम्म भएको थियो । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक(फरक रूपमा गर्ने व्यवस्था गरेको जनाएको छ । बोर्डले दिएको जानकारी अनुसार १८६ जनाले ४ जिपिए ल्याएका छन् ।

काठमाडौं:     दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो ।  ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे । ओपनर क्विन्टन डि कक तीव्र गतिका बलर फजलहक फारुकीको बलमा ५ रनमै बोल्ड भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि माक्ररम र रिजाले ४३ बलमा ५५ रनको साझेदारी गर्दै फाइनलमा स्थान पक्का गराए । त्यसअघि बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११।५ ओभरमा ५६ रनमा अल आउट भयो । अफगानिस्तानका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आजमतुल्लाह ओमरजाईले १२ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए । गुलबदीन नैबले ९, राशिद खान र करिम जन्नतले ८–८ रन बनाए । यानसनको पहिलो ओभरको अन्तिम बलमा एज लागेर यस विश्वकपमा सर्वाधिक बनाउने रहमानउल्लाह गुरबाज फस्टस्लिपमा शून्यमा रिजा हेन्ड्रिक्सबाट क्याच आउट भए । अफगानिस्तान यस विश्वकपमा ओपनर गुरबाज र जद्रानको ब्याटिङमा निर्भर थियो । गुरबाज आउट भएपछि अफगानिस्तान सम्माल्लिन सकेन । मोहम्मद नाबी र नुर अहमद शून्यमा आउट भए । नविन उल हक र फजलहक फारुकीले २–२ रन बनाए । दक्षिण अफ्रिका जितमा तीव्र गतिका बलर मार्को यानसनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडाले ३ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । तबरेज शाम्सीले १।५ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए । दोस्रो सेमिफाइनलमा आज राती इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल शनिबार हुनेछ ।

तनहुँ:    तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना भएका एक युवाको मृत्यु भएको छ । सात महिना अगाडि रुसी सेनामा भर्ना भएका रन्जित गुरुङको केही दिन अगाडि मृत्यु भएको हो । रुसी सेनामा भर्ना भएका गुरुङकै साथीले निजका परिवारलाई फोन गरेर उनको मृत्यु भएको जानकारी गराएको छिम्केश्वरीस्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सात महिना अगाडि रुसी सेनामा भर्ना भएका गुरुङ १५ दिनदेखि परिवारसँग सम्पर्कविहीन हुनुहुन्थ्यो । त्यसअगाडि भने परिवारसँग कुराकानी भइरहेको थियो ।” गुरुङका साथीले आफूहरु द्वन्द्वग्रस्त क्षेत्रमा जाँदा उक्त घटना भएको बताएको गुरुङले उल्लेख गर्नुभयो । “फोन गर्ने व्यक्तिले म पनि घाइते भएको छु भनेर रञ्जितका परिवारलाई जानकारी गराएका छन्”, गुरुङले भन्नुभयो । स्थानीय टेकबहादुर गुरुङले घटनाबारे जानकारी पाएपछि गाउँ शोकमा डुबेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घटना सुनेदेखि सबै शोकमा हुनुहुन्छ । उहाँ एकदमै मिलनसार हुनुहुन्थ्यो । सोच्नै नसक्ने घटना भएको छ ।” आँबुखैरेनी गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष गुरुङले उक्त घटनाले आफूहरुलाई स्तब्ध तुल्याएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो वडाले एक होनहार युवा गुमाएको छ ।” रुसी सेनामा भर्ना भएका तनहुँका नौ जना परिवारको सम्पर्कमा छैनन् । जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको आप्रवासी स्रोत केन्द्रका अनुसार जिल्लाका नौ जना युवा रुसी सेनामा भर्ना भएको र आफन्तको सम्पर्कमा नरहेको भन्दै निवेदन परेको छ ।

पोखरा:    पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा गरिएको छ ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा बुधबार पुस्तकको परिचर्चा गरिएको हो । कार्यक्रममा पत्रकार तारामणि सापकोटाले पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष तथा सरकारी सञ्चार संस्था र पेसागत संघसंगठनमा समावेशीकरणको वर्तमान अवस्थाका बारेमा तथ्यांकीय विश्लेषण प्रस्तुत गरिएको लेखक सापकोटाले बताए । पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिका लगायतका महत्वपूर्ण विषय समेटिएको उनले सुनाए ।  नेपाल प्रेस काउन्सिलकी सदस्य दुर्गा भण्डारीले मुलुकको समावेशी अवस्थासँगै पुस्तकमाथि परिचर्चा गरेकी थिइन् । उनले पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिका लगायतका महत्वपूर्ण विषयमा तथ्यांकसहित अनुसन्धानमूलक विषय समेटिएको बताइन् ।  नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले सरकार र राजनीतिक दलहरूले समावेशिताको नारा लगाए पनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताइन् । नेपाली सञ्चार क्षेत्र पनि समावेशिताको अभ्यासमा चुकेको उनको धारणा थियो ।  कार्यक्रममा सहभागीहरुले संविधान र कानुनमा व्यवस्था भएका समावेशिता सम्बन्धी व्यवस्थाहरू व्यवहारमा कार्यान्वयन हुन नसकेको धारणा राखेका थिए । उनीहरूले संविधानको मर्म अनुसार समावेशी समाज निर्माणका लागि मिडियाले खबरदारी गर्नुपर्नेमा जोड दिए । यस्तै पुस्तकमा समाधानका पाटोसँगै कारणको खोजी गर्न उनीहरुले सुझाव दिएका थिए ।  कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्मा, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष दीपक परियार, फोनिज गण्डकीका सदस्य कृष्ण आलेलगायतले जिज्ञासा र सुझाव राखेका थिए ।   फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खिमा गुरुङले स्वागत गरेकी थिइन् । भने, महासचिव धनबहादुर गुरुङ ‘सुमन’ ले सञ्चालन गरेको थिए ।