काठमाडौं:  भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अ...

काठमाडौं:     दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो सेमिफाइनल अफगानिस्तानलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । दक्षिण अफिका विश्वकप क्रिकेटमा पहिलो पटक फाइनलमा पुगेको हो ।  ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे । ओपनर क्विन्टन डि कक तीव्र गतिका बलर फजलहक फारुकीको बलमा ५ रनमै बोल्ड भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि माक्ररम र रिजाले ४३ बलमा ५५ रनको साझेदारी गर्दै फाइनलमा स्थान पक्का गराए । त्यसअघि बायन लारा क्रिकेट स्टेडियम ट्रिनिडाडमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११।५ ओभरमा ५६ रनमा अल आउट भयो । अफगानिस्तानका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । आजमतुल्लाह ओमरजाईले १२ बलमा २ चौकासहित सर्वाधिक १० रन बनाए । गुलबदीन नैबले ९, राशिद खान र करिम जन्नतले ८–८ रन बनाए । यानसनको पहिलो ओभरको अन्तिम बलमा एज लागेर यस विश्वकपमा सर्वाधिक बनाउने रहमानउल्लाह गुरबाज फस्टस्लिपमा शून्यमा रिजा हेन्ड्रिक्सबाट क्याच आउट भए । अफगानिस्तान यस विश्वकपमा ओपनर गुरबाज र जद्रानको ब्याटिङमा निर्भर थियो । गुरबाज आउट भएपछि अफगानिस्तान सम्माल्लिन सकेन । मोहम्मद नाबी र नुर अहमद शून्यमा आउट भए । नविन उल हक र फजलहक फारुकीले २–२ रन बनाए । दक्षिण अफ्रिका जितमा तीव्र गतिका बलर मार्को यानसनले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडाले ३ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । एनरिच नोर्कियाले ३ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । तबरेज शाम्सीले १।५ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए । दोस्रो सेमिफाइनलमा आज राती इंग्ल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल शनिबार हुनेछ ।

पोखरा:   अनलाइन मगर संसार फोटो फोटो ग्यालरी ग्रुप पेजले आयोजना गरेको प्रथम मगर संसार भलिबल कप २०२४ को उपाधि बागलुङ समाज थेगु शाखा कोरियाले जितेको छ ।  कोरिया थेगु स्थित खुजी भलिबल खेल मैदानमा  २०२४ जून २३ तारिक आइतबारको दिन सम्पन्न भएको फाइनल खेलमा बागलुङ समाज थेगु शाखाले थेसो परिवारलाई पराजित गर्दै उपाधि जितेको हो ।  यस्तै प्रतियोगितामा विश्वकर्मा समाज तृतीय भएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएकाले टिमले क्रमशः ३० लाख वन, १५ लाख वन र ७ लाख वनसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको मगर संसार फोटो ग्यालरीका संस्थापक अनिल लामिछाने मगरले जानकारी दिए । संस्थापक मगरका अनुसार प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो ।  मगर संसार राहतकोश सहयोगार्थ सामाजिक क्षेत्रमा क्रियाशिल मगर संसार फोटो ग्यालरीले कोरियामा रहेका नेपालीहरुलाई एकता र भाइचाराको विकास गर्न पहिलो सर्वाधिक धनराशी भलिबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष लामिछाने मगरले बताए ।   उनले सामाजिक क्षेत्रसँगै रोजगारीका शिलशिलामा कोरियामा रहेका नेपालीहरुमा एकता बद्ध रुपमा अगाडि बढाउन प्रतियोगितालाई निरन्तरता दिँदै जाने बताए ।

पोखरा:     पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने भएको छ । उक्त प्रतियोगिताको आगामी साउन दोस्रो साता घोषणा हुने तयारी भइरहेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिएका हुन् । व्यवसायिक मार्शल आर्ट खेलमा गत वर्ष सम्पन्न भइसकेको ‘दि कन्टेन्डर फाइट सिरिज’ राष्ट्रियस्तरको पहिलो संस्करणको सफलता पूर्वक सम्पन्न भइसकेको जनाउँदै संयोजक क्षेत्री यो वर्ष अन्तर्राष्ट्रियस्तरको तयारी सुरु गरिएको जानकारी दिए । उनले भने–“हामी खेलमा व्यवसायिकताका लागि भाषण गछौं । हो–हो भन्दै रमाउँछौं”,–उनले थपे–“अब गफ र भाषणमा रमाउने होइन हामी साच्चिकै काम गर्ने हो । खेलकुद व्यवसायिक हुन पर्छ । त्यसैले पनि यो दि कन्टेन्डर सिरिजको यो दोस्रो यात्राले त्यो अनुभुत गराउने मात्रै नभई नेपाल मार्शल आर्ट खेलको यात्रामा अग्रसर छ भन्ने सन्देश पनि दिन चाहन्छौं । यो व्यवसायिक मार्शल आर्टमा पहिलो पाइला मात्र होइन नेपाली मार्शल आर्ट इतिहासकै ठूलो कार्यक्रम समेत हो ।” दि कन्टेन्डर सिरिजमा मुआथाई, बक्सिङ र एम।एम ए गरी तिन छुट्टा–छुट्टै इभेन्टमा हुने भएको संयोजक क्षेत्रीले बताए । दि कन्टेन्डर सिरिजमा सबै फाइटहरुलाई एकै थलोमा हिडाउँदै खेलाडीहरुलाई समेत आफूले सिकेको शिपलाई व्यवसायिक खेलकुदमा अघि बढाउने गरी तयारी रहेको उनले बताए । “दि कन्टेन्डर सिरिजमा नेपाली खेलाडीहरुको कला मात्रै होइन विदेशी खेलाडीहरु समेतको खेल कौशल देख्न पाउने छौं । जसका कारण नेपाली खेलाडीहरु समेत उनीहरुको शिपलाई अङ्गिकार गर्ने मात्रै नभई आफूलाई पनि त्यो ठाउँमा उभ्याउन सक्षम हुनेछन् ।” गत वर्ष सम्पन्न दि कन्टेन्डर सिरिज १ मा करिव ४ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए । संयोजक क्षेत्रीले यो वर्ष १० हजार भन्दा वढि दर्शकलाई एकै ठाउँमा ल्याउने गरी तयारी गरिने बताए । उनले भने–“मार्शल आर्ट फाइट सिरिजमा दर्शकहरुको उपस्थिती हुन्छ भन्ने सन्देश गत वर्षको कार्यक्रमले पनि दिएको छ । हामी स्थानिय मात्रै नभई देशैभरीका दर्शक पोखरामा यो सिरिज प्रत्यक्ष अवलोकन गर्न निम्तो दिने छौं ।” दर्शकहरुको सहजताका लागि प्रतियोगिता स्थलमा नै फुड फेष्टिभललगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु समेत प्रस्तुत गरिने छ । दि कन्टेन्डर सिरिज २ सम्पन्न गर्न ३० लाख भन्दा वढि खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको संयोजक क्षेत्रीले जानकारी दिए । दि कन्टेन्डर सिरिजलाई प्रदेश खेलकुद परिषद गण्डकी, राष्ट्रिय खेलकुद परिषद, विभिन्न व्यवसायिक संस्थाहरु, खेलप्रेमी महानुभावहरुले समेत सहयोग गर्ने संयोजक क्षेत्रीले जानकारी दिए ।  

पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने भएको छ ।   उक्त प्रतियोगिताको आगामी साउन दोस्रो साता घोषणा हुने तयारी भइरहेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए ।   व्यवसायिक मार्शल आर्ट खेलमा गत वर्ष सम्पन्न भइसकेको ‘दि कन्टेन्डर फाइट सिरिज’ राष्ट्रियस्तरको पहिलो संस्करणको सफलता पूर्वक सम्पन्न भइसकेको जनाउँदै संयोजक क्षेत्री यो वर्ष अन्तर्राष्ट्रियस्तरको तयारी सुरु गरिएको जानकारी दिए ।   उनले भने–'हामी खेलमा व्यवसायिकताका लागि भाषण गछौं । हो–हो भन्दै रमाउँछौं। अब गफ र भाषणमा रमाउने होइन हामी साच्चिकै काम गर्ने हो । खेलकुद व्यवसायिक हुन पर्छ । त्यसैले पनि यो दि कन्टेन्डर सिरिजको यो दोस्रो यात्राले त्यो अनुभुत गराउने मात्रै नभई नेपाल मार्शल आर्ट खेलको यात्रामा अग्रसर छ भन्ने सन्देश पनि दिन चाहन्छौं । यो व्यवसायिक मार्शल आर्टमा पहिलो पाइला मात्र होइन नेपाली मार्शल आर्ट इतिहासकै ठूलो कार्यक्रम समेत हो ।'   दि कन्टेन्डर सिरिजमा मुआथाई, बक्सिङ र एम.एम ए गरी तिन छुट्टा–छुट्टै इभेन्टमा हुने भएको संयोजक क्षेत्रीले बताए ।   दि कन्टेन्डर सिरिजमा सबै फाइटहरुलाई एकै थलोमा हिडाउँदै खेलाडीहरुलाई समेत आफूले सिकेको शिपलाई व्यवसायिक खेलकुदमा अघि बढाउने गरी तयारी रहेको उनले बताए । 'दि कन्टेन्डर सिरिजमा नेपाली खेलाडीहरुको कला मात्रै होइन विदेशी खेलाडीहरु समेतको खेल कौशल देख्न पाउने छौं । जसका कारण नेपाली खेलाडीहरु समेत उनीहरुको शिपलाई अङ्गिकार गर्ने मात्रै नभई आफूलाई पनि त्यो ठाउँमा उभ्याउन सक्षम हुनेछन्,' उनले भने ।   गत वर्ष सम्पन्न दि कन्टेन्डर सिरिज १ मा करिव ४ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए । संयोजक क्षेत्रीले यो वर्ष १० हजार भन्दा वढि दर्शकलाई एकै ठाउँमा ल्याउने गरी तयारी गरिने बताए । उनले भने- 'मार्शल आर्ट फाइट सिरिजमा दर्शकहरुको उपस्थिती हुन्छ भन्ने सन्देश गत वर्षको कार्यक्रमले पनि दिएको छ । हामी स्थानिय मात्रै नभई देशैभरीका दर्शक पोखरामा यो सिरिज प्रत्यक्ष अवलोकन गर्न निम्तो दिने छौं ।'   दर्शकहरुको सहजताका लागि प्रतियोगिता स्थलमा नै फुड फेष्टिभललगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु समेत प्रस्तुत गरिने छ । दि कन्टेन्डर सिरिज २ सम्पन्न गर्न ३० लाख भन्दा वढि खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको संयोजक क्षेत्रीले जानकारी दिए ।   दि कन्टेन्डर सिरिजलाई प्रदेश खेलकुद परिषद गण्डकी, राष्ट्रिय खेलकुद परिषद, विभिन्न व्यवसायिक संस्थाहरु, खेलप्रेमी महानुभावहरुले समेत सहयो गर्ने संयोजक क्षेत्रीले जानकारी दिए ।

पोखरा:    गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ ।  पोखरा रंगशालाको क्रिकेट मैदानमा आज (सोमबार) भएको फाइनल खेलमा स्याङ्जाले कास्कीलाई ४५ रनले पराजित गर्दै उपाधि जितेको हो ।  उपाधि जितेको स्याङ्जाले १ लाख र उपविजेता कास्कीले ५० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे ।  टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५ रन जोड्यो । स्याङ्जाका कुशुम गोदारले ३१ बल ३१ रन, जोत्सीका मरासिनीले १८ बलमा १४ र सिमा केसीले ३६ बलमा २४ रनको योगदान दिए ।  बलिङतर्फ कास्कीका सुशिला दिमदुङ र पुर्णिमा गुरुङले समान २/२ विकेट र रचना चौधरी,चन्द्रमाया बराल र रिया तामाङले १/१ विकेट लिए ।   १ सय ६ रनको लक्ष्य पछ्याएको कास्की २० ओभरमा ९ विकेट गुमाउँदै ६० रनमा समेटियो । स्याङ्जाका आकृति तिवारी, सिमाना केसी र रञ्जना साउदले समान ३/३ विकेट लिए । यस्तै जोत्सीका मरासिनीले १ विकेट लिइन् । स्याङ्जा प्रतियोगिताभर अपराजित रह्यो ।    प्रतियोगितामा सर्वाधिक रन जोडेका स्याङ्जाका कुशुम गोदार सर्वोकृष्ट खेलाडीसँगै उत्कृष्ट ब्याटर घोषित भइन् । उनले प्रतियोगिताभर ९७ रन बनाईन् । प्रतियोगितामा उत्कृष्ट बलर चन्द्रमाया बराल घोषित भईन । उनले प्रतियोगितामा ७ विकेट हात पारिन् ।  प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीमा व्यवस्थापनमा असार ७ देखि १० गतेसम्म गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो ।  राउण्डरोविनको आधारमा सञ्चालन भएको खेलमा स्याङ्जा, कास्की, पर्वत र नवलपुरको सहभागिता रहेको थियो । 

पोखरा:    गण्डकी प्रदेशस्तरीय महिला/पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँ च्याम्पियन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा जारी ह्यान्डबल प्रतियोगिताको महिलातर्फ कास्की र पुरुषतर्फ तनहुँले उपाधि हात पारेको हो ।  आइतबार सम्पन्न महिलातर्फको फाइनल खेलमा कास्कीले स्याङजालाई १२–२ को फराकिलो गोलअन्तरले हारउँदै उपाधि चुमेको हो । उता पुरुषतर्फ तनहुँले कास्कीलाई ३४–३३ गोलले हराउँदै उपाधि चुमेको हो ।  अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पुरुषतर्फको खेल निर्धारित समय २७–२७ गोलको बराबरी भएसँगै १० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । उपाधिसँगै च्यापियन द्धय कास्की र तनहुँले समान रु ५०–५० हजार रुपैयाँ सँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको स्याङजा र कास्कीले समान ३०–३० हजार रुपैयाँ प्राप्त गरेका छन् ।  तेस्रो भएका बागलुङ र स्याङजाले रु १५–१५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।  प्रतियोगिताको महिलातर्फ कास्कीकी कोमल खड्का सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । पुरुषतर्फ तनहुँका आकाश अधिकारी सर्वोत्कृष्ट खेलाडी भोषित भए । उनीहरु दुवैले समान ५–५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे । महिलातर्फ उत्कृष्ट गोलरक्षक कास्कीकी अमिसा गुरुङ र उच्च गोलकर्ता कास्कीकै आकृति गुरुङ घोषित भइन् । आकृतिले कुल ९ गोल गरिन् । पुरुषतर्फ कास्कीका केविन गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भए । तनहुँका कास्कीका वासु गुरुङले २६ गोल गर्दै उच्च गोलकर्ता घोषित भए । विधागत उत्कृष्ट भएका उनीहरुले दुई हजार पाँच सयका साथमा ट्रफी प्राप्त गरे । तीन दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ८ र महिला तर्फ ६ जिल्लाको सहभागिता रहेको थियो ।  पुरुषतर्फको कास्की, गोरखा, तनहुँ, म्याग्दी, बागलुङ, नवलपुर, स्याङजा र पर्वतको सहभागिता रहेको थियो भने, महिला तर्फ बागलुङ, म्याग्दी, पर्वत, कास्की, नवलपुर । स्याङजाको सहभागिता रहेको थियो ।  प्रतियोगिता दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक खेलाडी छनौट समेत हो । प्रतियोगिताबाटै खेलाडी छनौट हुनेछन् ।   

पोखरा:    सेन्ट्रल जोन कलेज अफ भोकेस्नल ट्रेनिङ प्रालिको आयोजनामासम्पन्न गण्डकी प्रदेशस्तरीय स्ववियु फुटसल प्रतियोगितामा कास्की –११ च्याम्पियन भएको छ ।    नवलपुरको कावासोती फुटसल जोनमा शनिबार भएको फाइनल खेलमा तनहुँलाई पेनाल्टी सुटआउटमा २-१ गोल अन्तरले पराजित गर्दै कास्की –११ च्याम्पियन भएको हो ।   च्याम्पियनबनेसँगै कास्कीले नगद रु १ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।   यस्तै उपविजेता बनेको तनहुँले नगद रु ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।   सो प्रतियोगिताबाट तनहँका सन्तबहादुर गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा र उत्कृष्ट गोलरक्षकका रुपमा कास्कीका सुदिप सुनार पुरस्कृत भए ।    प्रतियोगितामा प्रदेशभरबाट कुल ७ टिमको सहभागिता रहेको थियो ।

पोखरा:     गण्डकी प्रदेशस्तरीय महिला/पुरुष ह्यान्डबल प्रतियोगिताको महिला तर्फ बागलुङ जिल्लाले तेस्रो स्थान हासिल गरेको छ ।  प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा शनिबार तेस्रो स्थानको लागि भएको खेलमा बागलुङले म्याग्दीलाई ७–२ गोलअन्तरले हराउन सफल भएको हो । बागलुङले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो ।  त्यसअघि भएको पहिलो सेमीफाइनल खेलमा बागलुङ स्याङजासँग ८–५ गोलले पराजित भएको थियो । म्याग्दी भने, कास्कीसँग ९–० को हार व्यहोरेको थियो । कास्की र स्याङजा भने भोलि उपाधिका लागि भिड्नेछन् ।  पुरुषतर्फ कास्की, बागलुङ, स्याङजा र तनहुँ सेमीफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको पहिलो खेलमा स्याङजाले नवलपुरमाथि २०–४ को फराकिलो जित हासिल गरेको छ । बागलुङले पर्वतलाई १६–५, कास्कीले म्याग्दीलाई १९–१२, तनहुँले गोरखालाई २०–२, स्याङजाले बागलुङलाई ११–८ र पर्वतले नवलपुरलाई १२–९ गोल अन्तरले हराएको हो ।  पुरुषतर्फ समुह ए मा कास्की, गोरखा, तनहुँ र म्याग्दी तथा समूह बी मा बागलुङ, नवलपुर, स्याङजा र पर्वत रहेका छन् । महिला तर्फ समूह ए मा बागलुङ, म्याग्दी, पर्वत र समूह बी मा कास्की, नवलपुर, स्याङजा रहेका छन् ।  प्रतियोगिताको उपाधि बिजेता महिला तथा पुरुष टिमले समान नगद रु ५०–५० हजार, उपविजेताले ३०–३० हजार तेस्रो हुने टिमले नगद रु १५–१५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट हुने महिता तथा पुरुष खेलाडीले समान नगद रु ५–५ हजारका साथमा ट्रफी र अन्य उत्कृष्ट हुने विद्यागत खेलाडीहरुले जनही नगद रु २ हजार ५ सयका साथमा ट्रफी प्राप्त गर्ने छन्् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक खेलाडी छनौट समेत गरिने भएको संघका अध्यक्ष एवं खेल पत्रकार केशव पाठकले बताए ।  पुरुषतर्फको खेल भोलि विहान हुनेछ । पहिलो सेमीफाइनलमा कास्की र बागलुङ तथा दोस्रो सेमीफाइनल स्याङजा र तनहुँबिच हुनेछ । महिला र पुरुष तर्फको फाइनल खेल समेत भोलि नै हुने आयोजकले बताएको छ ।   

पोखरा:    गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा ह्यान्डबल प्रतियोगिता सुरु भएको हो ।  प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ सात खेल सम्पन्न हुँदा महिलातर्फ लिगचरणका खेल सम्पन्न भएका छन् । महिलातर्फ लिगचरण सकिएसँगै पर्वत र नवलपुर बाहिरिएको छ ।  महिलातर्फको पहिलो खेलमा बागलुङले म्याग्दीमाथि ६–१ को विजयी हासिल गरेको छ । कास्कीले नवलपुरलाई १०–० गोलले पाखा लगायो । म्याग्दीले पर्वतलाई ८–०, स्याङजाले नवलपुरलाई ६–५, बागलुङले पर्वतलाई १२–० र कास्कीले स्याङजालाई ९–१ गोलले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ ।  पुरुषतर्फ भएको पहिलो खेलमा कास्कीले गोर्खामाथि १७–१ को जित दर्ता गरेको छ । तनहुँले म्याग्दीलाइृ १८–७, स्याङजाले पर्वतलाई १४–९, बागलुङले नवलपुरलाई १७–४, म्याग्दीले गार्खालाई २४–३, कास्कीले तनहुँलाई २६–२१ र स्याङजाले नवलपुरलाई २०–४ गोलअन्तरले हराउन सफल भएको हो ।  प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले गण्डकी प्रदेश खेलकुदको विकासमा अघि रहेको बताए । उनले खेलाडी उत्पादनका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता देखी ग्रासरुट सम्मका खेल सञ्चालन गरिराखेको सुनाए । सोही क्रममा प्रतियोगिताको बारेमा जानकारी दिदैँ ह्यान्डबल संघ गण्डकीका उपाध्यक्ष गिरमान गुरुङले पोखरा रंगशालाको कभर्ड हल र ह्यान्डकल कोर्टमा प्रतियोगिता सञ्चालन भएको बताए ।  पुरुषतर्फको समुह ए मा कास्की, गोरखा, तनहुँ र म्याग्दी तथा समूह बी मा बागलुङ, नवलपुर, स्याङजा र पर्वत रहेका छन् । महिला तर्फ समूह ए मा बागलुङ, म्याग्दी, पर्वत र समूह बी मा कास्की, नवलपुर, स्याङजा रहेका छन् ।  प्रतियोगिताको उपाधि बिजेता महिला तथा पुरुष टिमले समान नगद रु ५०–५० हजार, उपविजेताले ३०–३० हजार तेस्रो हुने टिमले नगद रु १५–१५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट हुने महिता तथा पुरुष खेलाडीले समान नगद रु ५–५ हजारका साथमा ट्रफी र अन्य उत्कृष्ट हुने विद्यागत खेलाडीहरुले जनही नगद रु २ हजार ५ सयका साथमा ट्रफी प्राप्त गर्ने भएका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक खेलाडी छनौट समेत गरिने भएको संघका अध्यक्ष एवं खेल पत्रकार केशव पाठकले जनाएका छन् । कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, गण्डकी प्रदेश ह्यान्डबल संघका उपाध्यक्ष शान्ती थापा, सदस्य शान्ता सिंह बस्नेत लगायतको समेत सहभागिता रहेको थियो ।