पोखरा–३२: तालखोलामा अस्थायी पुल बनाउन भौतिकमन्त्री जुग्जालीको निर्देशन
पाेखरा | साउन १४, २०८०
तस्बिरः भौतिक मन्त्रीको सचिवालय
पोखरा: पोखरा महानगरपालिका ३२ स्थित बडहरे तालखोलामा अस्थायी पुल निर्माण गर्ने भएको छ ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली नेतृत्वको टोलीले आज (आइतबार) जोखिमयुक्त पुलको स्थलगत अवलोकन गरेर तत्कालै अस्थायी पुल बनाउने निर्णय गरेको हो ।
स्थलगत अवलोकन पश्चात बोल्दै मन्त्री जुग्जालीले सो खोलामा अबको दश दिनभित्र सम्पन्न हुने गरी अस्थायी फलामको पुल बनाउने बताए ।
त्यसका लागि पूर्वाधार विकास कार्यालय कास्कीलाई मन्त्री जुग्जालीको निर्देशन छ ।
यस्तै पोखरा–३२ का वडाध्यक्ष अक्कल बहादुर कार्कीले वडा, महानगर र मन्त्रालयले समन्वय गरेर तत्काल अस्थायी पुल बनाउनले सहमति भएको बताए ।
‘पक्की पुल बनाउन तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन बजेट अभावमा कार्यान्वयन भएको छैन’ उनले भने ‘दिर्घकालिन समस्या समाधानका लागिमोटरेबल पुल बनाउन मन्त्रालयको टोलीसँग छलफल गरेका छौ ।’
वडा अध्यक्ष कार्कीका अनुसार गत आर्थिक वर्षमा पोखरा महानगरले पुल मर्मत गर्न बजेट व्यवस्थापन गरेपनि समन्वयको कमीले कार्यान्वयन भएको थिएन ।
तालखोलामा आवत जावत गर्न बनाइएको पक्कीकल्भर्ट (ढलान गरिएको छोटो पुल) भत्किएपछि बडहरेका २०० घरधुरी र ब्रह्मरुपा माध्यमिक विद्यालयमा अध्ययन गर्ने ६० जना भन्दा बढी विद्यार्थीहरु तीन वर्षयता जोखिम मोलेर आवतजावत गर्दै आएका थिए ।
सो स्थलगत अवलोकनका लागि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीसँगै मन्त्रालयको योजना अनुगमन महाशाखाका प्रमुख लक्ष्मीप्रसाद भण्डारी, पुर्वाधार विकास कार्यालय कास्कीका प्रमुख डा. महेन्द्र बानिया, पोखरा–३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्की, मन्त्रीका निजी सचिव ई. आनन्द भट्टराई लगायतको टोली तालखोलामा पुगेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

