सेती नदीमा फसेका तेजेन्द्रको सकुशल उद्धार

पाेखरा | साउन १४, २०८०

सेती नदीमा फसेका तेजेन्द्रको सकुशल उद्धार Photo: APF

पोखरा:   कास्कीको माछापुच्छ«े गाउँपालिका १ खिम्राङस्थित सेती नदीमा फसेका तेजेन्द्र  घर्ति मगरको सकुशल उद्धार भएको छ । 


नेपाल सशस्त्र प्रहरी बलको टोलीले आज (आइतबार) सेती नदीमा फसेका २० वर्षीय घर्तिमगरलाई सकुशल उद्धार गरेको हो । 

 

 


जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ति युवकले सेती नदीमा पौडी खेलेर नदी पार गर्छु भन्दा बीच भागमा नै अड्किएको अवस्थामा आएको जानकारी पछि सकुसल उद्धार गर्न सफल भएको जानकारी दिएको छ । 


माछापुच्छ«े १ खिम्राङस्थित निर्माणाधिन हाईड्रोपावरमा कार्यरत घर्तिमगरलाई उद्धारपछि उनका साथी दिपक घर्तिमगरको जिम्मा लगाएको कास्की प्रहरीले जनाएको छ । 


नदीमा युवक फसेको जानकारी पछि सशस्त्र प्रहरी र कालिका गण कास्कीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली तत्कालै खटिएर उद्धार गरेको हो । 

आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ।   इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...

थप पढ्नुहोस्

पोखरा:    कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...

थप पढ्नुहोस्

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्