पोखरा महानगरपालिका वडा नम्बर १२ मा ब्युटिशियन तालिम सम्पन्न

पाेखरा | साउन १५, २०८०

पोखरा महानगरपालिका वडा नम्बर १२ मा ब्युटिशियन तालिम सम्पन्न

पोखरा महानगरपालिका वडा नम्बर १२ को आयोजनामा तीन महिने ब्युटिशियन तालिम सम्पन्न भएको छ ।

 

पोखराको बुद्धचोकमा रहेको ववि ब्युटि सलोन एण्ड टे«ेनिङ सेन्टरको प्राविधिक सहयोगमा वडा भित्र रहेका महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिमको समापन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले आगामी दिनमा पनि युवाहरुलाई लक्षित गरी विभिन्न सीपमुलक ब्यवशायीक तालिमहरुलाई निरन्तरता दिने वताए । सो अवसरमा वोल्दै तालिमका संयोजक शान्ती कोइरालाले पोखरा १२ भित्र रहेका महिला दिदी वहिनीहरुलाई लक्षित गरी तीन महिने ब्युटिशियन तालिमको आयोजना गरेको जानकारी दिइन ।

 

त्यस्तै तालिमका प्रशिक्षक सिनियर ब्युटिशियन तथा ववि ब्युटि सलोन एण्ड टे«ेनिङ सेन्टरका सञ्चालक बविता केसी कार्कीले युवा महिलाहरुले भोलिका दिनमा स्वरोजगार तथा आत्मनिर्भर हुनका लागी आजको दिनमा विभिन्न किसिमका सिपहरु सिक्न आवश्यक रहेको वताउदै आफ्नो संस्थाबाट समेत युवाहरुलाई स्वरोजगार गराउने उद्देश्यले ब्युटिशियन सम्बन्धी विभिन्न तालिमहरु विशेष छुटमा सञ्चालन गरिरहेको वताइन ।

 

त्यस्तै प्रशिक्षार्थी लक्ष्मी कोइरालाले वडाले आयोजना गरेको तीन महिने तालिममा सिकेको कुरालाई ब्यवहारमा उतारेर स्वरोजगार बन्ने अवसर प्रदान गरेकोमा वडा परिवारलाई धन्यवाद ब्यक्त गरिन । समापन कार्यक्रमको सञ्चालन इन्दिरा भण्डारीले गरेकी थिइनभने प्रशिक्षार्थीको तर्फबाट गायली कुँबरले स्वागत मन्तब्य राखेकी थिइन ।

 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्