पोखरा महानगरपालिका वडा नम्बर १२ मा ब्युटिशियन तालिम सम्पन्न
पाेखरा | साउन १५, २०८०
पोखरा महानगरपालिका वडा नम्बर १२ को आयोजनामा तीन महिने ब्युटिशियन तालिम सम्पन्न भएको छ ।
पोखराको बुद्धचोकमा रहेको ववि ब्युटि सलोन एण्ड टे«ेनिङ सेन्टरको प्राविधिक सहयोगमा वडा भित्र रहेका महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिमको समापन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले आगामी दिनमा पनि युवाहरुलाई लक्षित गरी विभिन्न सीपमुलक ब्यवशायीक तालिमहरुलाई निरन्तरता दिने वताए । सो अवसरमा वोल्दै तालिमका संयोजक शान्ती कोइरालाले पोखरा १२ भित्र रहेका महिला दिदी वहिनीहरुलाई लक्षित गरी तीन महिने ब्युटिशियन तालिमको आयोजना गरेको जानकारी दिइन ।
त्यस्तै तालिमका प्रशिक्षक सिनियर ब्युटिशियन तथा ववि ब्युटि सलोन एण्ड टे«ेनिङ सेन्टरका सञ्चालक बविता केसी कार्कीले युवा महिलाहरुले भोलिका दिनमा स्वरोजगार तथा आत्मनिर्भर हुनका लागी आजको दिनमा विभिन्न किसिमका सिपहरु सिक्न आवश्यक रहेको वताउदै आफ्नो संस्थाबाट समेत युवाहरुलाई स्वरोजगार गराउने उद्देश्यले ब्युटिशियन सम्बन्धी विभिन्न तालिमहरु विशेष छुटमा सञ्चालन गरिरहेको वताइन ।
त्यस्तै प्रशिक्षार्थी लक्ष्मी कोइरालाले वडाले आयोजना गरेको तीन महिने तालिममा सिकेको कुरालाई ब्यवहारमा उतारेर स्वरोजगार बन्ने अवसर प्रदान गरेकोमा वडा परिवारलाई धन्यवाद ब्यक्त गरिन । समापन कार्यक्रमको सञ्चालन इन्दिरा भण्डारीले गरेकी थिइनभने प्रशिक्षार्थीको तर्फबाट गायली कुँबरले स्वागत मन्तब्य राखेकी थिइन ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

