ग्लोबल कलिजियटमा विद्यार्थी स्वागत

पाेखरा | साउन १५, २०८०

ग्लोबल कलिजियटमा विद्यार्थी स्वागत

पोखरा: रानीपौवास्थित ग्लोबल कलिजियट स्कुलले शनिबार एक कार्यक्रमको आयोजना गरी कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ । उक्त स्वागत कार्यक्रममा विद्यार्थीहरूले नृत्यसहित विभिन्न रचनात्मक प्रस्तुति दिएका थिए ।

 

कक्षा १२ का विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई अबिर, माला, खादासहित स्वागत गरेका हुन् । विद्यालयका प्राचार्य बाबुराम पन्तले आफ्नो देश बनाउन नसकेर विदेश जाने नभई देश निर्माणका लागि जिम्मेवारी वहन गर्न सक्ने जनशक्ति आजको आवश्यकता रहेको बताए ।

 

विद्यालयका उपप्राचार्य वेदप्रसाद शर्माले स्वागत मन्तब्री राख्दै अहिलेसम्म विद्यालयले विभिन्न विषयमा अनुसन्धान तह पूरा गर्ने थुप्रै दक्ष जनशक्ति उत्पादन गरिसकेको जानकारी दिँदै नव आगन्तुक विद्यार्थीलाई तिनै दाइदिदीका पदचाप पछ्याएर अघि बढ्न अनुरोध गरेका थिए।

 

सो अवसरमा विद्यालय निर्देशक नन्दलाल त्रिपाठी, उपप्राचार्य पद्मराज ढकाल, विद्यालयका पूर्व संयोजक सहप्राध्यापक डाक्टर नगेन्द्र भण्डारीले मन्तव्य दिएका थिए ।

 

कक्षा १ देखि १२ कक्षासम्म सञ्चालित विद्यालयमा व्यवस्थापन र विज्ञान समूहमा ४८० विद्यार्थी अध्ययनरत छन् । ‘सिक्न आउनुहोस्, सेवा गर्न जानुहोस्’ ९कम टु लर्न, गो टु सर्भ० को मूल नारामा अघि बढेको विद्यालयले क्रियाकलाप तथा परियोजनामा आधारित विधिमा शिक्षण सिकाइ क्रियाकलाप गराउँदै आएको छ ।

 

विद्यालयमा हाल करिब दुई हजार विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कारसमेत वितरण गरिएको थियो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्