रोहित हत्या प्रकरण: पेस्तोल बिक्री गर्ने व्यक्ति पनि समातिए
पक्राउ पर्नेको संख्या ६ पुग्यो
धरान | साउन २०, २०८०
विराटनगर-५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ।
प्रहरीले शुक्रबार र शनिबार गरी हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको हो।
यो पनि पढ्नुहोस
कोशी प्रदेश प्रहरी कार्यालयले गत बुधबार दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो।
प्रहरीले रोहितको हत्या गर्न पेस्तोल बिक्री गर्ने हतियार कारोबारीदेखि पेस्तोलमा लाग्ने गोली राखिदिने व्यक्तिसहित चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विराटनगर-१५ का ४१ वर्षीय अजयकुमार शर्मा, भद्रपुर नगरपालिका-१ घर भई धरान उपमहानगर-८ मा बस्दै आएका प्रकाश लिम्बु, धरानका ३१ वर्षीय सुजन तामाङ र २७ वर्षीय युनेश राई रहेको संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले जानकारी दिए।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...


