पोखरा रामबजारमा उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

पाेखरा | साउन २०, २०८०

पोखरा रामबजारमा उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न

पोखरा:      पोखरा महानगरपालिका १५ रामबजार लक्ष्मीटोलमा नेपाल मगर महिला संघ रामबजार पोखराको आयोजना ,नेपाल मगर युवा संघ रामवजार इकाई समितिको संयोजनमा  पाँच दिने उद्घोषण , भाषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । 


तालिमको समापन समारोहमा बोल्दै नेपाल मगर संघ रामबजारका संस्थापक अध्यक्ष एवं सल्लाहकार कर्णवहादुर राना मगरले तालिमपछि प्रशिक्षार्थीहरुले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिए ।  


तालिमको समापन समारोहमा संस्थापक कोषाध्यक्ष एवं सल्लाहकार क्या.वेन वहादुर आलेमगरले यो तालिमले प्रशिक्षार्थीहरुमा सकरात्मक उर्जाका साथ अगाडी बढ्न सुझाव दिए ।  त्यस्तै नेपाल मगर युवा संघ रामवजार इकाईका अध्यक्ष दिलु विकट्टा मगरले यो तालिम अति प्रभावकारी भएकाले आगामी दिनमा पनि निरन्तरताको आवश्यकता औल्याए ।


कार्यक्रममा नेपाल मगर संघ रामवजार ईकाइ समितिका कार्यवाहक अध्यक्ष क्या. अमर राना मगर ,सचिव रेनु थापा मगर ,मगर युवा संघ रामवजार इकाईका  निवर्तमान अध्यक्ष ओम विकट्टा मगर ,मगर महिला संघ रामवजारकी पुर्व अध्यक्ष दान कुमारी थापा लगायतले बोलेका थिए । 

श्रावण १५ गतेदेखि सुरु भएको द्घोषण , भाषण तथा नेतृत्व विकास तालिममा ४५ जना प्रतिक्षार्थीहरुको सहभागिता रहेको थियो, भने तालिममा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गरेका थिए । तालिमको समापन समारोहमा प्रतिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण समेत गरिएको थियो । 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्