सल्यानमा एक महिलाको शव फेला

सल्यान | साउन २१, २०८०

सल्यानमा एक महिलाको शव फेला

सल्यानमा एक जना महिलाको शव फेला परेको छ।

 

आइतबार शारदा नगरपालिका- १४ धारपानीस्थित मकैबारीमा ४५ वर्षीया प्रमिला गिरीको शव फेला परेको हो।  जिल्ला प्रहरी प्रमुख डिएसपी दामोदर केसीका अनुसार प्रमिलाको घाँटीमा चोट देखिएको छ।

 

‘केही बेर अगाडि सूचना आएपछि घटनास्थलमा आइपुगेका छौं, ’ उनले भने, ‘घटना आजै बिहान भएको हो वा रातिमा त्यो अनुसन्धान पछि थाहा हुन्छ।’

 

प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको छ। प्रहरीले स्थानीयसँग सोधपुछ गरिरहेको छ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्