बाघकाे आक्रमणबाट एक पुरुषकाे ज्यान गयाे

चितवन | साउन २२, २०८०

बाघकाे आक्रमणबाट एक पुरुषकाे ज्यान गयाे

चितवन: चितवनमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । बाघको आक्रमणबाट खैरहनी नगरपालिका–११ का ३५ वर्षीय अनिल तामाङको ज्यान गएको हो । 

 

उहाँलाई खैरहनी नगरपालिका–१२ सहनपुरमा रहेको केरा घारीमा हिजो आइतवार दिउँसो बाघले आक्रमण गरेको थियो । 

 

चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली, नेपाली सेना र राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

 

बाघ नियन्त्रणका लागि १५ वटा हात्ती परिचालन गरिएको छ । बाघ शनिवारदेखि नै प्राविधिकको निगरानीमा रहेको भन्दै खोजी कार्य जारी रहेको र अहिलेसम्म फेला नपरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

पोखरा:  सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको २२ औं वार्षिक सधारण सभा शनिबार सम्पन्न भएको छ । वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्याल...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपांगता भएका व्यक्तिहरुलाई सक्षम बनाउन जरुरी रहेको बताउनुभएको छ ।  उनीहरुलाई रोजगारी प्रदान गरी सहज जीवनयापनका लागि सक्षम बनाउनु आजको मुख्य दायित्...

थप पढ्नुहोस्

पोखरा:  दैनिक उपभोग्य बस्तुको रुपमा रहेको एलपी ग्याँसको कारोबार व्यवस्थित हुन नसकेको व्यवसायीहरुले बताएका छन् । एलपी ग्याँस वित्र्रmेता संघ कास्कीको २१ औँ वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न साधार...

थप पढ्नुहोस्