पोखरा ट्रेड मलको स्थापना दिवसमा वक्तृत्कला प्रतियोगिता

पाेखरा | साउन २२, २०८०

पोखरा ट्रेड मलको स्थापना दिवसमा वक्तृत्कला प्रतियोगिता

पोखरा:   पोखरा चिप्लेढुङ्गास्थित पोखरा ट्रेड मल एण्ड हाउजिङ्ग प्रा.लिले ११ औं स्थापना दिवसको अवसरमा वक्तृत्कला प्रतियोगिता आयोजना गरेको छ । 


आगामी साउन २४ गते ११ औं स्थापना दिवसको अवसरमा विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको पोखरा ट्रेड मलका अध्यक्ष मिनराज काफ्ले बताए ।

 
‘पोखरा ट्रेड मलमा साउन २४ गतेदेखि व्यवसायीक यात्रा सुरु भएको हो, ०७२ देखि साउन २४ लाई ट्रेड मलको स्थापना दिवसको रुपमा मनाउँदै आएका छौं’, काफ्लले भने, ‘स्थापना दिवसको अवसरमा पोखरा महानगरपालिकाका विद्यालयबीच वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै छौं ।’


पोखरा महानगरभित्रका ७२ वटा सामुदायिक विद्यालयहरुलाई पत्राचार गरेपनि २९ विद्यालयले मात्र प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको अध्यक्ष काफ्ले बताए । 


‘पर्यटन र सम्भावना विषयकमा हुने वक्तृत्वकला प्रतियोगितामा पोखरा महानगरभित्र ७२ वटा विद्यालयलाई पत्राचार गरेका छौं’, उनले भने, ‘पत्राचार गरेका ७२ मध्ये २९ विद्यालयले सहभागिता जनाउने जानकारी दिएका छन्, भोलिसम्म नाम दर्ता गर्ने समय थप गरेका छौ ।’


उनका अनुसार प्रतियोगितामा पहिलो विजेताले रु १० हजार, दोस्रोले रु ७ हजार, तेस्रोले रु ४ हजार र सान्त्वना हुनेले रु १ हजार ५ सय प्राप्त गर्ने छन् । 


पोखरा पर्यटकिय नगरी भएको र यस सम्बन्धमा यस क्षेत्रका बालबालिकाको धारणा बुझ्न र समग्र पोखराको आर्थिक सम्भावनाको बारेमा आम जनातालाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सन्तोष घिमिरेले जानकारी दिए । 
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्