ब्रेकिङ: पोखरामा एकाबिहानै करिव २४ तोला सुनसहित एक महिला पक्राउ
पाेखरा | साउन २५, २०८०
पोखराः काठमाडौंबाट पोखरा आएको बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेलो धातुसहित एक महिला पक्राउ परेकी छिन् ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले काठमाडौंबाट पोखरा आएको बस पृथ्वीचोकमा चेकजाँच गर्ने क्रममा कल्पना गुरुङ सुन जस्तो देखिने पहेँलो धातुसहित पक्राउ परेका हुन् ।
वडा प्रहरी कार्यालय बैदामका डिएसपी बेद जोशीका अनुसार बस चेकजाँचको क्रममा सुन जस्तो देखिने पहेलो धातुसहित गुरुङ पक्राउ परेको पुष्टि गरे । झापाको बिर्तामोड घर भएका गुरुङ काठमाडौं बस्दै आएको र आज बिहान काठमाडौंबाट पोखरा आएको बस चेकजाँच गर्ने क्रममा उनी सुन जस्तो देखिने पहेलो धातुसहित प्रकाउ परेकी हुन् ।
पक्राउ परेका गुरुङका साथबाट बरामत भएको सुन जस्तै देखिने धातु २८० ग्राम २९ मिलीग्राम रहेको जसमा सुन नै प्रमाणित भए करिव २४ तोला रहेको डिएसपी जोशीले बताए । प्रहरीले भने पक्राउ परेकी महिलाको साथबाट बरामत गरिएको सुन जस्तो देखिने पहेलो धातु भएकाले परिक्षण गर्न बाँकी रहेको जनाएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

