पोखरामा ४ वर्षपछि भेटियो दुई नयाँ लागूऔषध
डाईजापाम, फेनेरागन र नुर्फिन बढी नियन्त्रणमा
पाेखरा | साउन ३१, २०८०
पोखरा: लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरीले वर्षेनी लागूऔषध ओसारपोसार गरेको भन्दै लागूऔषधसहित कास्कीमा विभिन्न व्यक्तिहरुलाई प्रकाउ गर्छ ।
विशेषगरी प्रतिबन्धित गाँजा, चरेस, ब्राउन सुगर, डाइजापाम, फेनेरागन, नुर्फिन र नाईट्रोभ्याटसहित विभिन्न व्यक्तिहरुलाई प्रकाउ गरेको गएको चार आर्थिक वर्षको रेकर्ड जिल्ला प्रहरी कार्यालय कास्कीसँग छ ।
गएको चार आर्थिक वर्षमा लागूऔषध नियन्त्रण ब्यूरो र कास्की प्रहरीले गाँजा, चरेश, ब्राउन सुगर, डाईजापाम, फेनेरागन, नुर्फिन र नाईट्रोभ्याटसहित विभिन्न व्यक्तिहरुलाई प्रकाउ गरेको रेकर्ड छ । तर गत आर्थिक वर्ष कास्की प्रहरीले पोखराबाट एलएसडी र एम्फेटामाईन नयाँ लागूऔषधसहित एक विदेशी नागरिकसहित दुईजनालाई पोखराको लेकसाइडबाट प्रकाउ ग¥यो ।
पोखराको लेकसाइडबाट एक विदेशी नागरिकसहित प्रकाउ परेका दुईजनाको साथबाट बरामत भएको एलएसडी र एम्फेटामाईन चार वर्षयताकै नयाँ लागूऔषध भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् श्रवणकुमार विकले जानकारी दिए ।
‘कास्कीमा लागूऔषध नियन्त्रण ब्यूरो र कास्की प्रहरीले गाँजा, चरेश, ब्राउन सुगर, डाईजापाम, फेनेरागन, नुर्फिन र नाईट्रोभ्याटसहित प्रकाउ गरेको रेकर्ड छ’, डीएसपी विकले भने, ‘अघिल्लो वर्षमा यस्तो लागूऔषध भेटिएको थिएन, गत आर्थिक वर्षमा एलएसडी र एम्फेटामाइन भेटिएको छ, अहिले मुद्धा चलिरहेको छ ।’
उनका अनुसार प्रहरीले गत आर्थिक वर्ष एलएसडी २६ पिस र एम्फेटाईन लागूऔषध ४ सय ग्रामसहित दुईजनालाई प्रकाउ गरेको हो ।
कुन आर्थिक वर्षमा कति कुन लागूऔषध प्रहरीको नियन्त्रणमा ?
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गएको चार आर्थिक वर्षमा सबैभन्दा बढी डाईजापाम, फेनेरागन र नुर्फिन बढी फेला परेको छ । कास्की प्रहरीले आर्थिक वर्ष ०७८÷०७९ मा १३ हजार १ सय ६१ एम्पुल लागूऔषध नियन्त्रणमा लिएको थियो । भने ०७६÷७७ मा ८ हजार ४ सय ६७ एम्पुल, ०७७÷७८ मा ८ हजार १ सय ३३ र गत आर्थिक वर्ष ७ हजार ८ सय ५ एम्पुल लागूऔषध बरामत गरेको थियो ।
गाँजा– जिल्ला प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष २०७६/०७७ मा ३५ किलो ६सय ८७ ग्राम, ०७७/७८ मा ७२ किलो ५ सय ५१ ग्राम, ०७८/०७९मा १ सय १९ केजी ४० ग्राम र गत आर्थिक वर्ष ०७९/८० मा ४१ केजी ३ सय ३६ग्राम गाँजा बरामत गरेर नष्ट गरेको जनाएको छ ।
यस्तै, चरेश– जिल्ला प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष ०७६/०७७ मा चार वर्ष यताकै बढी १८ केजी ७ सय ६९ केजी चरेश नियन्त्रणमा लिएको थियो । प्रहरीले आर्थिक वर्ष ०७७/०७८ मा ९ सय ग्राम, ०७८/०७९ मा २ किलो ६सय ९१ ग्राम र गत आर्थिक वर्ष ३ केजी ३ सय ग्राम चरेश बरामत गरेर नष्ट गरेको जनाएको छ ।
ब्राउन सुगर– जिल्ला प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष ०७८/०७९ मा चार वर्ष यताकै बढी ९३ ग्राम ६सय ६२ ग्राम ब्राउन सुगर नियन्त्रण लिएको थियो । यस्तै २०७६/०७७ मा ४० ग्राम ३ सय ६६ मिलिग्राम, ०७७/०७८मा ८७ ग्राम र गत आर्थिक वर्ष ०७९/०८० मा ८५ ग्राम ७ सय ३४ मिलिग्राम नियन्त्रण लिएको कास्की प्रहरीले जनाएको छ ।
यस्तै कास्की प्रहरीले गत आर्थिक वर्ष भने चार वर्ष यताकै नयाँ लागूऔषध एलएसडी २६ पिस र एम्फेटामाईन ४ सय ग्राम बरामत गरेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

