कक्षा १२ को प्राप्ताङ्क चित्त नबुझे १५ दिनभित्र आवेदन दिन सकिने

काठमाडाैं | साउन ३१, २०८०

कक्षा १२ को प्राप्ताङ्क चित्त नबुझे १५ दिनभित्र आवेदन दिन सकिने तस्बिर फाइल

काठमाडौं:     राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा आफ्नो प्राप्ताङ्क चित्त नबुझे १५ दिनभित्र आवेदन दिन सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्यालका अनुसार भदौ १३ गतेभित्र प्राप्ताङ्क पुनः परीक्षणका लागि आवेदन दिन सकिनेछ ।


उहाँले जसका लागि मार्कसिटको लेजर र प्रवेश पत्रको प्रतिलिपि एक–एक प्रतिसहित नजिकको परीक्षा बोर्डको प्रादेशिक कार्यालय वा केन्द्रीय कार्यालय सानोठिमीमा बुझाउन सकिने बताउनुभयो ।


निवेदनका दिँदा कुनै शुल्क भने नलाग्ने जानकारी उहाँले दिनुभयो । प्रवक्ता अर्यालका अनुसार निवेदन दिएको पाँच–छ दिनभित्रै पुनः परीक्षणको नतिजा सार्वजनिक गरिनेछ ।


कक्षा १२ को नतिजा हिजो ९मङ्गलबार० सार्वजनिक भएको थियो । कक्षा १२ मा ५०.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । बोर्डका अनुसार नियमिततर्फ कुल तीन लाख ७२ हजार ६३७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । ५१ जनाको परीक्षा रद्द गरिएको थियो ।


कुल एक लाख ८९ हजार ७१ विद्यार्थी उत्तीर्ण भएका छन् । जिपिए ३.६१ देखि ४ ल्याउने विद्यार्थीको सङ्ख्या छ हजार ९७६ छन् ।


त्यसैगरी, ३.२१ देखि ३.६० सम्म ल्याउने विद्यार्थीको सङ्ख्या ३८ हजार ९९९ छन् । त्यस्तै, २.८१ देखि ३.२० ल्याउने परीक्षार्थीको सङ्ख्या ६९ हजार १७४ छ ।


यसैगरी, जीपीए २.४१ देखि २.८० ल्याउने विद्यार्थीको सङ्ख्या ६३ हजार ७७ छ भने २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ११ हजार चार सय ३८ छ ।


यस्तै, १.६१ देखि २ सम्म जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४७ रहेको छ । यसैगरी, एक लाख ८२ हजार ९२६ जना विद्यार्थीले कुनै ग्रेड प्राप्त गर्न सकेनन् ।

आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ।   इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...

थप पढ्नुहोस्

पोखरा:    कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...

थप पढ्नुहोस्

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्