म्याग्दीका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण

पाेखरा | पुस २०, २०८२

म्याग्दीका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण

पोखरा:  परोपकारी संस्था हेड्स नेपालले म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं। २ खबाङस्थित श्री जनकल्याण राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।


भौगोलिक रूपमा विकट क्षेत्र मानिने खबाङका विपन्न परिवारका ४१ जना विद्यार्थीलाई स्कूल ब्याग, कपी, पेन्सिल, भलिबल, स्किपिङलगायत आवश्यक शैक्षिक सामग्री तथा भलिबल, फुटबल, स्किपिङजस्ता खेलकुद सामग्री वितरण गरिएको हेड्स नेपाल गण्डकीका अध्यक्ष सन्तबहादुर विश्वकर्माले जानकारी दिनुभयो । 


उहाँका अनुसार यस किसिमका सहयोगले विद्यार्थीहरूको पठनपाठनसँगै शारीरिक तथा मानसिक विकासमा टेवा पुग्ने विश्वास गरीएको छ ।


स्वास्थ्य, शिक्षा, कृषि लगायत समाज विकासका विविध क्षेत्रमा जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको मुनाफारहित परोपकारी संस्था हेड्स नेपालले विपद् तथा मानवीय संकटका बेला पनि सेवा र सहयोग प्रदान गर्दै आएको हेड्स नेपालका संस्थापक प्रताप राज वन्तले बताउनुभयो । 


उहाँका अनुसार वि।सं। २०५० सालमा स्थापना भएको संस्थामा देशभर १० हजारभन्दा बढी साधारण सदस्य, एक हजारभन्दा बढी आजीवन सदस्य तथा दर्जनौँ श्रेयस्कर सदस्य आबद्ध छन् । साथै, अस्ट्रेलिया, जापानलगायत विभिन्न मुलुकमा समेत संस्थाको विस्तार रहेको वन्तले जानकारी दिनुभयो ।


यस्ता किसिमका संस्थाद्वारा गरिने सहयोगबाट गरिब, विपन्न तथा जेहन्दार विद्यार्थीहरूलाई ठूलो राहत पुग्ने जनकल्याण राष्ट्रिय आधारभूत विद्यालयकी प्रधानध्यापक फुन कुमारी बुढाथोकी र मालिका गाउँपालिका वडा नं। २ का वडाध्यक्ष उदय कुमार वुढाथोकीले बताउनुभयो ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरबहादुर बुढाथोकी, हेड्स नेपाल गण्डकीका उपाध्यक्ष हिराप्रसाद भट्टराई, सदस्य भीम पौडेल लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।


हेड्स नेपालले यसअघि लमजुङ, तनहुँ, स्याङ्जा लगायत गण्डकीको ६ ओटा जिल्लामा शैक्षिक सामाग्री वितरण गरिसकेको छभने अन्य जिल्लामा समेत वितरण गर्ने योजना बनाएको छ । 


स्वास्थ्य, शिक्षा, कृषि तथा विपद् व्यवस्थापनको क्षेत्रमा सक्रिय रहँदै मौलिकपनको जगेर्ना र सामाजिक–आर्थिक रूपान्तरणमा सहयोग पुर्‍याउने लक्ष्यसहित संस्था निरन्तर क्रियाशील रहेको हेड्स नेपालले जनाएको छ।

पोखरा:    नेकपा (एमाले)ले नेसनल भोलेन्टियर्स फोर्स गण्डकी प्रदेश र कास्की जिल्लाको युनिफाइड कमाण्ड घोषणा गरेको छ । फोर्सको प्रदेश इञ्चार्जमा सुशिल बस्नेत र फोर्सको प्रदेश प्रमुख कमान्डरमा पानबहादुर जिसी छ...

थप पढ्नुहोस्

पोखरा:    ९ वर्षपछि आयोजक सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई पेना...

थप पढ्नुहोस्

शेर्पा समुदायले आज (बुधबार) विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।   पर्वको अवसरमा शेर्प...

थप पढ्नुहोस्