विश्व ब्रेल दिवसका अवसरमा सस्वर ब्रेल पठन प्रतियोगिता

पाेखरा | पुस २०, २०८२

विश्व ब्रेल दिवसका अवसरमा सस्वर ब्रेल पठन प्रतियोगिता

पोखरा:  २१७ औं लुइ जयन्ती तथा विश्व ब्रेल दिवसको अवसरमा कास्की नेत्रहिन संघको आयोजनामा शनिबार पोखरामा दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थीको बीचमा सस्वर ब्रेल पठन प्रतियोगिता गरिएको छ ।
    

पोखरास्थित अमरसिंह माध्यमिक विद्यालय र कुँडहर आधारभुत विद्यालयका विद्यार्थी सहभागी प्रतियोगितामा कक्षा १ देखि ६ र कक्षा ७ देखि ११ सम्म गरि दुई चरणमा ब्रेल सस्वर पठन प्रतियोगिता गरिएको थियो । 
    

कक्षा १ देखि ६ सम्मको प्रतियोगितामा अमरसिंह मा.वि. कक्षा ५ का गगन सिंह तामाङ र कक्षा ५ कै बिनिशा तामाङ क्रमशः प्रथम र द्वितीय एवम् अमरसिंह मा.वि.का कक्षा ५ का अस्मिता बिक र कुँडहर आ.वि.कक्षा ३ का अन्जना गुरुङले तृतीय स्थान प्राप्त गर्नुभयो ।
    

त्यस्तै कक्षा ७ देखि ११ सम्मको प्रतियोगितामा कक्षा ११ का ऋषि लोहोनी प्रथम, कक्षा १० का गौरी देउवा द्वितीय र कक्षा ९ का पूर्णिमा गुरुङले तृतीय स्थान प्राप्त गर्नुभयो ।
    

कार्यक्रममा पोखरा महानगरपालिका अपाङ्ग सञ्जालका संयोजक गङ्गाबहादुर खड्काले दृष्टिबिहिनहरूलाई उज्यालो संसार देखाउने ब्रेल लिपिका आविष्कारक लुइ ब्रेलको योगदान अतुलनीय भएको बताउनुभयो ।
    

नेपाल नेत्रहिन संघका केन्द्रिय सदस्य लक्ष्मण सुबेदीले लुइ नभएको भए आफू यो स्थानसम्म आउन नसक्ने धारणा राख्नुभयो ।
    

कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटाले लुइ ब्रेलको योगदानको चर्चा गर्दै नेपालमा ब्रेल लिपि भित्राउने जङ्गबहादुर बोगटीलाई पनि स्मरण गर्नुभयो ।
    

दृष्टिविहिनहरूको मातृ लिपि ब्रेल लिपीलाई कहिल्यै पनि भूल्न नहुने र यहि लिपिका कारण दृष्टिविहिनकोहरूको शिक्षा सम्भव भएको उहाँले बताउनुभयो । अध्यक्ष सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सुशिल होदार र सुनिता ज्ञवालीले गर्नुभएको थियो ।

पोखरा:  परोपकारी संस्था हेड्स नेपालले म्याग्दी जिल्लाको मालिका गाउँपालिका वडा नं। २ खबाङस्थित श्री जनकल्याण राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । भौगोलिक ...

थप पढ्नुहोस्

पोखरा:  कास्की प्रहरी प्रमुख एसपी नबिन कार्कीले पछिल्लो सयममा अनलाइन ठगिका घट्ना भयाभह रुपमा बढेको बताएका छन् । सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवाको २२ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै क...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्को उ...

थप पढ्नुहोस्