दाङमा विषालु च्याउ खाएर बिरामी परेकी महिलाकाे ज्यान गयाे
दाङ | भदौ १, २०८०
फाइल तस्बिर
दाङ : दाङको बङ्गलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकी ईश्वरी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज शुक्रवार ज्यान गएको छ ।
यसअघि उहाँकी छोरी अस्मिता सुनारको अस्ति बुधवार उपचारकै क्रममा ज्यान गएको थियो । जङ्गली च्याउ खाएर एकै घरका तीन जना बिरामी परेकामा दुई जना आमाछोरीको ज्यान गएको हो ।
गएको साउन २९ गते बेलुकी बङ्गलाचुली–४ भित्ताला जङ्गलबाट खोजेर ल्याएको जङ्गली च्याउ खाएर बिरामी परेका मृतक ईश्वरीका श्रीमान् अजय सुनारको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
उहाँको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

