थप पहिरो नखसे नारायणगढ–मुग्लिन सडक अबको एकतर्फी खुल्ने

काठमाडाैं | भदौ ५, २०८०

थप पहिरो नखसे नारायणगढ–मुग्लिन सडक अबको एकतर्फी खुल्ने फाइल तस्बिर

काठमाण्डौ: पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड १२ घण्टादेखि ठप्प छ । चितवनको इच्छाकामना गाउँपालिका–५ टोपेखोला नजिक हिजो बेलुका ८ बजे पहिरो खसेको हो ।

 

पहिरो पन्छाउन दुई वटा मेसिन, एउटा एक्स्काभेटर खटाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । थप पहिरो नखसे अबको चार घण्टामा एकतर्फी सडक खुलाइने कार्यालयका सब(इञ्जिनियर सुजन थापा मगरले जानकारी दिनुभयो ।

 

सडक अवरुद्ध हुँदा नारायणगढ–मुग्लिन सडक खण्डमा गाडीको लामो लाइन छ । यात्रुहरु रोकिएका छन् । यो सडक पहिरोका कारण पटक(पटक बन्द हुँदै आएको छ । प्रहरीले आज सकेसम्म यो सडकको यात्रा नगर्न आग्रह गरेको छ । गर्नेै परे वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध छ ।

 

मुग्लिन- नारायणगढ सङ्घीय राजधानी काठमाण्डौसँग जोडिएको मुख्य राजमार्ग हो । सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी ओहोरदोहोर हुने गरेका छन् । 

 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्