पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा घर्तीमगरको मृत्यु
पाल्पा | भदौ ११, २०८०
पाल्पा: पाल्पामा गएराति राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
तानसेन–रिडी तम्घास सडक खण्डअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–१४, अर्गलीस्थित पुरानो गाउँमा लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सल्यानको कालीमाटी गाउँपालिका– २ का ३० वर्षीय नरेश घर्तीमगरको मृत्यु भएको हो। जोर्तेदेखि अर्गलीतर्फ जाँदै गर्दा भएको दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका पश्चिम नवलपरासीको सराबल गाउँपालिका– १ का २८ वर्षीय प्रकाश थारु घाइते भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
मोटरसाइकल आफैँ अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका दुवै जनालाई तत्काल तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएकोमा घर्तीमगरलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
मोटरसाइकल गएराति साढे १ बजे दुर्घटना भएको थियो।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

