नवलपरासी पूर्व चालीसकिलोमा ट्रक दुर्घटना हुँदा १७ वटा भैँसी/पाडा मरे

नवलपरासी | भदौ १२, २०८०

नवलपरासी पूर्व चालीसकिलोमा ट्रक दुर्घटना हुँदा १७ वटा भैँसी/पाडा मरे

नवलपरासी:  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१६ चालीसकिलोमा ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् । 

 

कपिलवस्तुको बहादुरगञ्जबाट काठमाण्डौका लागि छुटेको ना ४ ख ९२२७ नम्बरको ट्रक खाल्डोमा परि पल्टिन जाँदा ट्रकमा रहेका ३६ वटामध्ये १७ वटा भैँसी र पाडा मरेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

 

दुर्घटनामा मानवीय क्षति भने नभएको र ट्रकमा रहेका १९ वटा भैँसीरपाडा जीवितै रहेका उहाँले बताउनुभयो । मरेका भैँसी र पाडाको व्यवस्थापन गर्नेतर्फ स्थानीय निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्