पोखरेली सुमितसहित २५ जना फुटसलको क्लोज क्याम्पमा
पाेखरा | भदौ १२, २०८०
पोखरा: राष्ट्रिय फुटसल टोलीको क्लोज क्यापमा पोखरेली सुमित श्रेष्ठसँगै २५ खेलाडी बोलाइएका छन् ।
राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षक गौरव बस्नेतले मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोटका लागि पोखरेली सुमित सहित २५ जनालाई प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।
एन्फा फुटसलले भदौ २७ गते चन्द्रागिरिस्थित मत्स्य मनोरञ्जन केन्द्रमा आयोजना गरेको विभिन्न चरणको छनोटपछि टोली आएको हो ।
टोलीको गोलकिपरमा सुमित आले, सागर गुरुङ, आशिष दंगल, सनम शेर्पा छन्
यस्तै फिक्सोमा सुरज गुरुङ, विजय श्रेष्ठ, सरोज तामाङ, सान्जे स्याङ्तान, रुपेश क्षेत्री, अलामा रजत तिवारी, आदिल हमिद, सुमित श्रेष्ठ, अरुज सिंह, हेमन्त गुरुङ, अमित लामा, दिपेश घले, रोशन अधिकारी, सुमन कार्की, सुजित बुढाथोकी, अशोक दरलामी, किरण चौधरी, पिभोटमा मणि लामा, रिवास मास्के, उज्वोल शाही, मनिस सेढाई रहेका छन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

