पाल्पामा गुडिरहेको स्कोर्पियोमाथि ढुंगा खस्यो, तीनजनाको मृत्यु
पाल्पा | भदौ १३, २०८०
पाल्पा: पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा तीनजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका-७ की ५० वर्षीया मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत तानसेन पाल्पाका प्रहरी सहायक हवल्दार अन्दाजी वर्ष ३२ का यमबहादुर गोदार र पोखरा महानगरपालिका– २५ का विनोद तिम्सिना रहेका छन्।
अन्य ८ जना घाइते भएका छन् ।
गुल्मी सदरमुकाम तम्घासबाट बुटवल जाँदै गरेको लु १ ज ४६०० सय नम्बरको जिपमाथि पहिरोसँगै ढुंगा खसेको रिब्दीकोट गाउँपालिका–२ का वडाध्यक्ष ओमप्रसाद पोख्रेलले जानकारी दिए।
‘त्यहाँ सडक चौडा गर्ने काम भइरहेको थियो। पहिरो गइहाल्ने ठाउँ होइन, गुडिरहेको जिपमाथि ठूलो ढुंगा खसेछ। घटनास्थलमै तीनजनाको मृत्यु भयो,’ पोखरेलले भने।
उनका अनुसार पहिरोसँगै खसेको ढुंगा जिपको पछाडि भागमा लाग्दा घटनास्थलमै तीनजनाको मृत्यु भएको हो । घाइते पाँचजनाको पाल्पा मिसन अस्पतालमा उपचारका लागि पठाइएको उनले बताए।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

