कांग्रेसमाथि चौतर्फी आक्रमण भयो: डा. कोइराला
तनहुँ | भदौ १५, २०८०
तस्बिर फाइल
तनहुँ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसलाई चौतर्फी आक्रमण भइरहेको बताउनुभएको छ ।
आज दमौलीस्थित बीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो । डा। कोइरालाले भन्नुभयो, “सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब कांग्रेस एकढिक्का हुनुपर्छ ।” उपनिर्वाचनमा विजयी हुन नसके पनि निराश हुनुपर्ने अवस्था नरहेको चर्चा गर्दै उहाँले तनहुँ कांग्रेसको गढ हो चिन्ता लिनुपर्ने अवस्था छैन तर नेतृत्वले एक ढिक्का बनाउन प्रयत्नरत हुनुपर्नेमा जोड दिनुभयो ।
डा कोइरालाले भन्नुभयो, “देशको आर्थिक, धार्मिक, सांस्कृतिक र अब कूटनीतिक क्षेत्रमा समेत कतै ठीक देखिँदैन, यसको समाधानका लागि जबसम्म कांग्रेसको नेतृत्व हुँदैन तवसम्म कठिन हुन्छ ।” आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो ।
तनहुँमा कांग्रेस बलियो भए यससँग जोडिएका छिमेकी जिल्लालाई समेत प्रभाव पर्ने भएकाले यहाँको नेतृत्व निराश नभई सशक्त बन्नुपर्नेमा डा। कोइरालाले सुझाव दिनुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले लोकतान्त्रिक सरकार निर्माणमा कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसलाई सशक्त बनाउनु नै अहिलेको आवश्यकता हो ।”
जिल्ला बनाउनुका साथै देश बनाउने जिम्मेवारी अहिले तनहुँको नेतृत्वको काँधमा आएको उल्लेख गर्दै सदस्य भण्डारी कांग्रेस संवेदनशील भएर अगाडि बढ्नुको विकल्प नरहेको बनाउनुभयोे ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

