काहुँखोला-सिक्लेस सडकखण्डमा गएको पहिरो दुईसातापछि पन्छाउन सुरु
पाेखरा | भदौ २०, २०८०
पोखरा: कास्कीको मादी गाउँपालिका -६ काहुँखोला-सिक्लेस सडकखण्डमा गएको पहिरो दुईसातापछि पन्छाउन थालिएको छ ।
काहुँखोला–सिक्लेस सडकखण्डमा गएको भदौं ६ गते निरन्तर वर्षाका कारण पहिरो जाँदा उक्त सडकखण्ड दुईसातादेखि अवरुद्ध भएको थियो । वर्षा रोकिएर घाम लाग्न थालेसँगै आज देखि पहिरो पन्छाउन सुरु गरेको मादी गाउँपालिका ६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले जानकारी दिए ।
‘कास्कीको मादी गाउँपालिका –६ चिप्लीखोलामा पहिरो जाँदा काहुँखोला –सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध थियो, निरन्तरको वर्षाका कारण पहिरो पन्छाउन सकिएको थिएन’, वडाध्यक्ष क्षेत्रीले भने, ‘आजदेखि मौसममा सुधार भएको छ, ८० मिटरसम्म पहिरोले सडक अवरुद्ध भएको छ, पर्सीसम्म सडक सञ्चालनमा आउँछ ।’
सडक अवरुद्ध हुँदा मादीका उत्तरी गाउँका नागरिकलाई पोखरासम्म आवागमनमा सास्ती भएको छ ।
वडाध्यक्ष क्षेत्रीले सडक सञ्चालनमा नआउँदासम्म केही मिनेटको यात्रामा नजिकैको झुलुङ्गे पुल तरेपछि पुनः सडकमा जोडिन सकिो र यात्रुले सवारी परिवर्तन गरेपछि गन्तव्यमा पुग्न सक्ने बताए ।
पहिराका कारण मादीका उत्तरी गाउँ चिप्ली, खिलाङ, पार्चे र सिक्लेसका नागरिक समस्यामा परेका छन् । सवारी साधनमा काँहुखोला, कसेरी, थाक, तप्राङ, चिप्ली, पार्चेहुँदै सिक्लेस पुग्न सकिन्छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

