स्विमिङ पुलमा मृत्युभएपछि अनुसन्धानको माग गर्दै जाहेरी
कास्की | असार ६, २०७९
कास्की: पोखरा महानगरपालिका ३ तेर्सापट्टीस्थित सिएम स्विमिङ पुलमा डुबेर एक किशोरको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका छन् ।
मापडण्ड पुरा नभएकै कारण १३ वर्षिय किशोर दिपेश शर्माको स्विमिङ पुलमा डुबेर मृत्यु भएपछि थप अनुसन्धानको माग गर्दै हिजो (आइतबार) आफन्तले जाहेरी दिएका हुन् ।
जाहेरी दर्तापछि उक्त घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीका निमित्त प्रवक्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले बताए । ‘जाहेरी नदिइकन प्रक्रिया अघि बढ्दैन । उहाँको बुवा आमा दिन सक्ने अवस्थामा हुनुहुन्थेन, प्रहरी निरिक्षक खड्काले सुनगाभा न्यूजसँग भने, ‘हिजो नै जाहेरी दिनुभएको छ । थप अनुसन्धान हुन्छ । सायद दाहसंस्कार पनि गरिसक्नुभयो होला ।’
पर्वत घर भई पोखरा महानगरपालिका ५ मालेपाटन बस्दै आएका १३ वर्षिय दिपेश शर्मा आमासँग गत शनिबार पौडी खेल्न सिएम स्विमिङ पुल पुगेका थिए । सोही क्रममा बेपत्ता भएका शर्मालाई डुबिरहेको अवस्थामा ११ फिट गहिराइमा भेटिएको थियो ।
उद्धार पश्चात थप उपचारका लागि फिस्टेल अस्पताल पुर्याउँदा चिकित्सक टोलीले मृत घोषणा गरेको थियो ।
मृतक दिपेशका आफन्तले कास्की प्रहरीलाई जाहेरी दिदैं स्विमिङ पुलमाथी अनुसन्धान गरि आवश्यक कारवाही गर्नुपर्ने माग राखेको छ ।
नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ...
पोखरा: आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको ...
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...

