पोखराका मेयर आचार्य र भरतपुरका मेयर दाहालबीच भेटवार्ता
पर्यटन प्रवद्र्धनमा सहकार्य गर्ने प्रतिवद्धता
पाेखरा | असार ६, २०७९
पोखरा : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र भरतपुर महानगर प्रमुख रेनु दाहालबीच भेटवार्ता भएको छ ।
आइतबार भरतपुर महानगरपालिका कार्यालयमा भएको भेटवार्तामा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए । उनका अनुसार दुई महानगरपालिकाका प्रमुखले भेटमा पर्यटन प्रवद्र्धन लगायतका विविध विषयमा मिलेर काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरा र भरतपुर बीच यसअघि नै भगिनी सम्बन्ध कायम भइसकेकाले राम्रा कार्यमा सहकार्य कायम रहने र अनुभवहरु आदानप्रदान गर्नुपर्ने बताए । उनले पोखरा र भरतपुरका बीचमा पर्यटन प्रवद्र्धन र विकास लगायतका विविध पक्षमा सहकार्य अनिवार्य रहेको उल्लेख गर्दै पोखरा आएका पर्यटकलाई भरतपुर र भरतपुर आएका पर्यटकलाई पोखरा आउन प्रेरित गर्नेगरी काम गर्नुपर्नेमा जोड दिए ।
प्रमुख आचार्य नेतृत्वको पोखरा महानगरपालिकाको ६ सदस्यीय टोलीले भरतपुर महानगरबाट हुने सेवा, अनलाईन प्रणाली, खरिद व्यवस्थापन, योजना लगातका विषयमा जिज्ञासा राखेको थियो । भरतपुरका प्रमुख रेनु दाहालले पोखराका मेयरसहितको टोलीलाई स्वागत गर्दै पोखराबाट भरतपुर र भरतपुरबाट पोखराले एक अर्काका लागि सहयोगी भूमिका खेल्नुपर्ने बताइन् ।
उक्त अवसरमा भरतपुर महानगरको तर्फबाट प्रसाशकीय अधिकृत रामबन्धु सुवेदी सहित शाखा महाशाखा प्रमुखहरुले र पोखरा महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले सहजिकरण गरेका थिए ।
नेपालमा आयोजना भएका व्यावसायिक खेलकुद प्रतियोगितामध्ये सबैभन्दा ठूलो मानिएको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा विश्वकै क्रिकेटप्रेमीहरुको ध्यान नेपालतर्फ आकृष्ट भएको छ...
पोखरा: आदिवासी जनजाति आयोगले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष छैटौँ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना र सूर्य बहादुर गुरूङले आइतबार नेपालको ...
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...

