शिक्षकहरूकाे आन्दाेलन अनियन्त्रित बन्दै, काठमाण्डाैकाे ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडाैं | असोज ४, २०८०

शिक्षकहरूकाे आन्दाेलन अनियन्त्रित बन्दै, काठमाण्डाैकाे ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाण्डौ: काठमाण्डौमा भइरहेको शिक्षकहरूको आन्दोलन अनियन्त्रित बन्न थालेको छ । आन्दोलनरत शिक्षकहरूले आज बिहीवार निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ जाने प्रयास गरेका छन् । उनीहरूलाई सुरक्षाकर्मीले रोकेका छन् ।

 

माइतीघर मण्डलाबाट नारा जुलुससहित आन्दोलन गर्दै गएका शिक्षकहरूले नयाँ बानेश्वरको प्रहरी घेरा तोड्ने प्रयास गरिरहेका हुन् । प्रहरी र शिक्षकबीच धकेलाधकेलसमेत भएको छ । आन्दोलनलाई मर्यादिन बनाउन भन्दै ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

 

शिक्षकहरूले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध हिजो बुधवारदेखि नै देशभरको विद्यालय बन्द गरेर काठमाण्डौमा विरोध प्रदर्शन गरिरहेका छन् । देशभरबाट एक लाखभन्दा बढी शिक्षक आन्दोलनमा सहभागी भएका शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताउनुभयो । शिक्षकको आन्दोलनका कारण झन्डै ५४ लाख जना बालबालिकाको पढाइ ठप्प भएको छ ।

 

यसैबीच शिक्षकहरूको विरोध प्रदर्शनले काठमाण्डौ ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । शिक्षकहरूले माइतीघर–नयाँ बानेश्वर सडकमा प्रदर्शन गरेकाले त्यस क्षेत्रमा गाडी आवागमन अवरुद्ध भएको हो । ट्राफिक प्रहरीले नयाँ बानेश्वर चोक र माइतीघरबाट गाडी डाइभर्सनु गरेको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्