क्यानडा तताउँदै ‘नेपथ्य’
पाेखरा | असोज ४, २०८०
काठमाडौँ: सांगीतिक समूह नेपथ्यले पहिलो पटक क्यानडामा आफ्नो प्रस्तुति दिने भएको छ ।
आगामी अक्टोबर १ मा क्यालगरीको ‘दी प्यालेस थिएटर’, अक्टोबर ४ मा भ्यानकुभरको ‘दी भोग थिएटर’ र अक्टोबर ८ मा टोरन्टोको ‘म्यासी हल’ मा प्रस्तुत हुनेछ
सन् २००२ मा नेपालयले व्यवस्थापन सम्हालेयता नेपथ्यले १६ देशका २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ ।
तीनवटै कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।
सांगीतिक टोलीमा ६ संगीतकर्मीसहित प्राविधिज्ञ र व्यवस्थापक गरी १४ जना सहभागी हुने नेपालयले जनाएको छ । स्थानीय समयअनुसार साँझ ७ बजे सुरु हुने कार्यक्रमको टिकट अनलाइनबाट लिन सकिने र विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको जनाइएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

