हेटौंडामा सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गर्ने थप एक जना पक्राउ

हेटौंडा | असोज ५, २०८०

हेटौंडामा सञ्चो अस्पतालका डाक्टरलाई कुटपिट गर्ने थप एक जना पक्राउ

हेटौंडामा सञ्चो अस्पतालमा डाक्टरलाई कुटपिट गर्ने  थप एक जना पक्राउ परेका छन्। 

 

पक्राउ पर्नेमा सिग्रेनीका ३६ वर्षीय जीवन लामा भन्ने जीवन जिम्बा छन्। उनलाई हटौंडाबाट खटिएको प्रहरी टोलीले रातोमाटेमा हिँडिरहेको अवस्थामा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक ९एसपी० सीताराम रिजालले जानकारी दिए। 

 

उनका अनुसार यसअघि भदौ २८ गते चार जना र दुई दिनअघि एक जना गरी पाँच जनालाई नियन्त्रणमा लिइसकिएको छ। पक्राउ पर्नेमा लामासहित ६ जना पुगेका छन्। 

 

हेटौंडा-१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि कुटपिट भएको थियो। 

 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्