ड्रिंक एण्ड ड्राइभपछि फेवातालमा खस्यो कार
पाेखरा | असोज ७, २०८०
पोखरा: तिव्र गतिका कारण कार पोखरा महानगरपालिका १८ स्थित राटामाटाबाट फेवातालमा खसेको छ ।
आज बिहान ३ बजे सेदीबाट खपौदी जाँदै गरेको ग ३ च २३९२ नम्बरको कार अनियन्त्रित भई फेवातालमा खसेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी वरिष्ठ नायव निरीक्षक शिव पाठकका अनुसार चालक संगम थापाले मादक पदार्थ सेवन गरि सवारी चलाएकै कारण कार तालमा खसेको हो ।
उक्त कार क्रेनको प्रयोगमा निकालिएको उनले बताए । कार निकालिएपनि चालक थापालाई भने अनुसन्धानकै क्रममा प्रहरीले सम्पर्कमा राखिएको जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

