काहुँखोलामा ट्याक्टर दुर्घटना हुँदा सह-चालकको मृत्यु
पाेखरा | असोज ७, २०८०
तस्बिर फाइल
पोखरा: कास्कीको काहुँखोलामा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कास्कीको मादी गाउँपालिका स्थित ताप्रेडाँडाबाट सिक्लेस बसपार्कतर्फ आउँदै गरेको ६०६७ नम्बरको ट्याक्टर अनियन्त्रण भई दुर्घटना हुँदा ट्याक्टरका सह-चालक सुजन नेपालीको उपचारको क्रममा मृत्यु भएको हो ।
सडकबाट अन्दाजी ५० मिटर तल ट्याक्टर खस्दा गम्भिर घाइते भएका तनहुँ घर भई पोखरा १३ कसेरीदाना बस्ने २० वर्षीय सुजनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
ट्याक्टर दुर्घटनापछि चालक सोमबहादर कामीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

