मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडाैं | असोज १४, २०८०

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु सांकेतिक तस्बिर

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

 

 

आइतबार बिहान सवा ४ बजे काठमाडौं महानगरपालिका- ३१ शान्तिनगरमा मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए।उनका अनुसार बागमती पुल निर्माणका लागि बनाइएको खाल्डोमा बागमती प्रदेश ०२-०३९ प १९९७ नम्बरको मोटरसाइकल खसेको थियो।

 

नयाँ बानेश्वरबाट तीनकुनेतर्फ जाँदै गरेको उक्त मोटरसाइकल आफैं अनियन्त्रित भएर खाल्डोमा खसेको एसपी ढुंगेलले बताए। दुर्घटना हुँदा भक्तपुर चाँगुनारायण नगरपालिका(४ बस्ने २० वर्षीय चालक सरोज गुरूङ र मोटरसाइकल पछाडि बस्ने १७ वर्षीय सुशिल गुरूङ घाइते भएका थिए।

 

सरोजको दाहिने खुट्टा भाँचिएको छ। सुशिल भने गम्भीर घाइते भएका थिए। उनीहरू दुबै जनालाई सिभिल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा पौने ५ बजे सुशिलको मृत्यु भएको एसपी ढुंगेलले बताए।

 

एसपी ढुंगेलका अनुसार चालक सरोजले मापसे गरी मोटरसाइकल चलाएका थिए। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्