पौडेलको सम्झनामा पिएन क्याम्पसमा दीप प्रज्वलन
पाेखरा | असोज १८, २०८०
पोखरा: पर्वत तमादीखोलामा एक्कासी आएको बाढीमा परि मृत्यु भएका माधव पौडेल (विजय)लाई उनका सार्थीहरुले सम्झिएका छन् ।
पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत मानविकी संकायका विद्यार्थीहरुले आज (बिहीबार) मृतक पौडेलको सम्झनामा श्रद्धाञ्जली सभासँगै दीप प्रजलन गरेका हुन् ।

मानवीकी संकायको आयोजनामा बिहीबार भएको श्रद्धाञ्जली सभामा विद्यार्थी अपिल अधिकारीले मृतक पौडेल प्रति भावपूर्ण श्रद्धाञ्जली एवम् परिवारप्रति समवेदना प्रकट गरे ।
गत असोज १३ गते शनिबार बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बरको टाटा सुमो गाडी पर्वत तमादीखोलामा एक्कासी आएको बाढीले बगाउँदा पौडेलसँगै तीन जना बेपत्ता भएका थिए ।
बाढीमा बेपत्ता भएका मृतक पौडेलको शव स्याङ्जाको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युतको ड्याममा फेला परेको थियो ।
बाढीमा बेपत्ता भएका रुपन्देही घर भएका ३४ वर्षीय गोपाल बस्याल र कास्की घर भएका माधव पौडेलको शव भेटिएपनि बागलुङ घर भएका डम्मरबहादुर थापाको अवस्था अझै अज्ञात रहेको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

