मोडिफाई बाइकको प्रहरी छल्ने जुक्ति: चाँबी एकातिर अनलक अर्काेतिर

मोडिफाई सवारीबाट तीन आर्थिक वर्षमा ५ करोड ६८ हजार ५ सय संकलन

पाेखरा | असोज २१, २०८०

मोडिफाई बाइकको प्रहरी छल्ने जुक्ति: चाँबी एकातिर अनलक अर्काेतिर

पोखरा:  कास्की प्रहरीले स्वरुप परिवर्तन (मोडिफाई) गरिएको २ दर्जन बढी मोटरसाइकललाई कारवाही गरेको छ ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा पर्व नजिकिदै गर्दा विशेष सुरक्षा योजनाअन्तरगत मोडिफाई सवारी साधनमाथि निगरानी बढाएको हो ।

 

आइतबारमात्रै करिब २ दर्जन बढी मोडिफाइड मोटरसाइकललाई नियन्त्रणमा लिइएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकले बताए । उनका अनुसार स्वरुप परिवर्तन गरिएको सवारी साधनलाई कारवाही गरेबापत पछिल्लो ४ आर्थिक वर्षमा कुल ५ करोड ६८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ ।
 

चालु आर्थिक वर्षमा ४ सय ४८ वटा मोटरसाइकललाई कारवाही गर्दा ३ लाख २७ हजार, गत आर्थिक वर्ष २०७९/०८० मा १ हजार ८ सय ४५ वटा मोडिफाइ भएका सवारीलाई कारवाही गर्दा २ करोड ६२ लाख ८ हजार ५ सय रुपैयाँ, आर्थिक वर्ष ०७८/०७९ मा १ हजार १ सय ९६ वटा सवारीलाई कारवाही गर्दा १ करोड १६ लाख २ हजार र आर्थिक वर्ष ०७७/०७८ मा ९ सय ८९ वटा स्वरुप परिवर्तन गरिएको सवारीलाई कारवाही गर्दा ९५ लाख १ हजार राजश्व संकलन भएको हो । 

 

सूचना अधिकारी विकले मोडिफाइ गरेका केही मोटरसाइकलहरु नियन्त्रणमा रहेको बताउदै पहिलेकै अवस्थामा परिवर्तन गराएर अभिभावकको रोहबरमा बुझाउने बताए ।

 

‘स्थानीयहरुको गुनासोपछि मोडिफाइ भएका मोटरसाइकलहरु केही दिनयता नियन्त्रणमा लिएका छौं’, उनले भने, ‘मोडिफाइ भएका मोटरसाइकलहरुलाई पुनः पहिलेकै अवस्थामा परिवर्तन गर्न लगाएर कारवाहीपछि अभिभावकको रोहबरमा सवारी धनीलाई बुझाउँछौं ।’

 

डिएसपी बिकले स्वरुप परिवर्तन गरिएको सवारीलाई नियन्त्रणमा लिने अभियानलाई निरन्तरता दिने बताए ।

 

 

‘पर्व नजिकिदै गर्दा सुरक्षा योजना पनि  बनिरहेको छ साथै बजार क्षेत्रर भित्रि गल्लीमा चर्काे आवाज निकाल्ने, विभिन्न किसिमबाट लुक्स परिवर्तन गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिन्छौ, उनले भने,‘पहिलो चरणमा अभिवाकलाई बोलाएर सम्झाई बुझाई कारवाही स्वरुप जरिवाना तिराउछौं । पछि पनि त्यही साधन दोहोरियो भने सवारी व्यवस्था ऐन अनुसार कडा कारवाही नै गर्छाै ।’

 

उनले मोटरसाइकल मोडिफाई गर्ने सवारी धनिलाई मात्रै नभएर ग्यारेजलाई समेत कानूनी कारवाहीको दायरामा ल्याउने बताए । 

 

क्रस फायर र बुलेट सबैभन्दा बढी मोडिफाई 

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी वरिष्ठ नायब निरीक्षक शिव प्रसाद पाठकका अनुसार सबैभन्दा बढि मोडिफाई गर्ने साधनमा क्रस फायर र बुलेट रहेका छन् ।
 

 

मोडिफाइड बाइककै कारण ध्वनी प्रदुषण भएको पाठकले बताए । ‘सबैभन्दा बढि मोडिफाइड गर्ने बाइक भनेको क्रस फायर र बुलेट भेटिन्छ, उनले भने, साइलेन्सर पाइप नै फेरेर ठुलो आवाज निकाल्ने साइलेन्सर पाइप फेरेको भेटिएको छ । यसकै कारण ध्वनी प्रदुषण बढेको छ ।’

उनका अनुसार प्रहरी नियन्त्रणमा आएका मोटरसाइकलहरुले विभिन्न तरिकाबाट मोडिफाई गरेको भेटिएको छ । 

 

मोटरसाइकलको ऐना, ह्याण्डल, साइलेन्सर परिवर्तन गर्ने, रङ बदल्ने, फिल्टर झिक्ने, साइलेन्सरमा प्वाल पार्ने, सिट अग्लो होचो बनाउने, एक्ट्रा लाइट हाल्ने, चर्काे हर्न हाल्ने  चार पाङ्ग्रे सवारी साधनमा कालो तथा रङ्गीचङ्गी स्टिकर टाँस्ने गर्ने गरेको पाइएको पाठकले जानकारी दिए ।

 

‘यसरी मोडिफाइ गरिएको भेटिएको छ । अत्याधिक मोडिफाइ गर्ने बाइकले चाँबी नै अन्यत्र ठाउँमा सार्ने गरेको पाइन्छ, उनले भने, ‘कम्पनीबाट आको स्थानमा चाँबी काम गर्दैन, तल कुना कुनामा चाँबी हालेर अनलक गर्ने सिस्टन बनाउछन् । चाँबी कहाँ छ भन्ने हामीलाई पत्तो नै हुदैन ।’
 

 

प्राय बुलेटले साइलेन्सर र सिट फर्ने गरेको उनले बताए ।  ‘ठुलो आवाज निकाल्ने साइलेन्सर फेर्ने गर्छन भने लुक्सका लागि सिट सानो बनाउँछन्, उनले भने, पोखरेली बुलेट सिट भनेपछि जुनै ग्यारेजले पनि बनाइदिदो रहेछ ।’

 

उनले स्वरुप परिवर्तन गर्न सघाउने ग्यारेजलाईसमेत कारवाहीको दायरामा ल्याउने बताए । 

पोखरा:     यसवर्षको वर्ष महिला खेलाडीको अवार्ड तेक्वान्दोकी खेलाडी सुस्मिता थापामगरले पाएकी छिन् ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने आठौं पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत ...

थप पढ्नुहोस्

पोखर:    यसवर्षको वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड गण्डकी भलिबलका प्रशिक्षक रमेश केशीले जितेका छन् ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने आठौं पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत भल...

थप पढ्नुहोस्

पोखरा:    यसवर्षको वर्ष उदीयमान महिला खेलाडीको अवार्ड व्याडमिन्टनकी दिलासा रानामगरले जितेकी छिन् ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने  आठौं पोखरा स्पोर्ट्स अवार्ड अन्तर्ग...

थप पढ्नुहोस्