शिक्षामा लगानी बढाउँदै लैजानुपर्छ भन्ने कुरामा सरकार प्रष्ट छः शिक्षामन्त्री राई

काठमाडाैं | असोज २१, २०८०

शिक्षामा लगानी बढाउँदै लैजानुपर्छ भन्ने कुरामा सरकार प्रष्ट छः शिक्षामन्त्री राई

काठमाडौं:  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार प्रष्ट रहेको बताउनुभएको छ ।

 

आगामी वर्षहरुमा अर्थतन्त्रको प्रगतिसँगसँगै शिक्षामा बजेट बढाएर राख्ने मन्त्री राईको भनाइ थियो । आइतबार प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक–२०८० माथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उहाँले मुलुकको अर्थतन्त्रको बढोत्तरी नभएसम्म भने कुनैपनि क्षेत्रमा लगानी वृद्धि गर्न सकिने अवस्था नरहने स्पष्ट पार्नुभयो ।

 

मन्त्री राईले भन्नुभयो, ‘‘हाम्रो अर्थतन्त्रले धानेसम्म शिक्षामा लगानी बढाउँदै जानुपर्छ भन्ने कुरामा सरकार पनि प्रष्टै छ । यस पाली कुल बजेटको ११ दशमलव २७ प्रतिशत लगानी रहेको छ भने आउने वर्षहरुमा त्यो भन्दा अर्थतन्त्रको प्रगतिसँगसँगै त्यो भन्दा बढि बजेट बढाएर राख्न सकिने कुरा पनि म निवेदन गर्न चाहन्छु । तर सबै चीजको निर्णायक विषय चाहिँ के हो भने अर्थतन्त्रमा बढोत्तरी हुनु पर्‍यो । अर्थतन्त्रमा प्रगति हुनुपर्‍यो । उद्योगधन्दा खुल्नु पर्‍यो । बन्दव्यापार फुल्नु, फल्नु पर्‍यो । कृषि उपजमा प्रगति हुनु पर्‍यो । यो सबै कुराको सामरिक असर शिक्षामा पनि पर्नेकुरा म यहाँहरुलाई निवेदन गर्न चाहन्छु ।’’

 

मन्त्री राईले विज्ञहरुसँग थप छलफल गरेर सो विधेयकलाई समृद्ध बनाउन पनि सरकार तयार रहेको बताउनुभयो । उहाँले सरकारले शिक्षक, विद्यार्थी र अभिभावकको जायज मागलाई सम्बोधन गरेर नै सो विधेयकलाई अघि बढाउने पटकपटक दोहोर्‍याउनुभयो ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्