पोखरा महानगरस्तरीय क्रिकेटको उपाधि कास्की क्रिकेट क्लबलाई
पाेखरा | असोज २३, २०८०
पोखरा: कास्की क्रिकेट क्लबले पोखरा पोखरामहानगरस्तरीय अन्तर क्लब टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा मंगलबार भएको फाइनल खेलमा साँग्रिला क्रिकेट क्लबलाई ५७ रनले पराजित गर्दै कास्की क्लबले उपाधि चुमेको हो ।
टस जितेर व्याटिङ गरेको कास्कीले पुरा २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय ४१ रन बनाएको थियो । कास्कीका लागि रिजन प्रजुले ३५ तथा आयुष सैंजुले ३४ रन जोडे । साँग्रिलाका बलर आदर्श झाले ३ तथा विपिन खत्री र सिब्रिन श्रेष्ठले समान १ विकेट लिए ।
जितका लागि १ सय ४२ रनको लक्ष्य पछ्याएको साँग्रिलाले १७ औं ओभरमा सम्पूर्ण विकेट गुमाएर ८४ रन मात्रै जोड्न सक्यो । साँग्रिलाका लागि विपिन खत्रीले सर्वाधिक २८ तथा सिब्रिन श्रेष्ठले १२ रन बनाए । कास्की क्रिकेटका नितेश गिरीले ४ विकेट लिए ।
प्रतियोगिताभर १ सय ४० रन जोड्दै ५ विकेट समेत लिएका साँग्रिलाका सिब्रिन श्रेष्ठ म्यान अफ द सिरिज भए । त्यस्तै प्रतियोगिताभर कूल १० विकेट लिंदै कास्की क्रिकेटका नितेश गिरी उत्कृष्ट बलर तथा कूल १३३ रन बनाएका साँग्रिलाका अरुण अधिकारी उत्कृष्ट ब्याट्स्यान घोषित भए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

