जीप दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे

धादिङ | असोज २८, २०८०

जीप दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे सांकेतिक तस्बिर

धादिङ: धादिङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

 

आज आइतवार धादिङबेसीबाट ताजिम्राङका लागि छुटेको जीप सातदोबाटोमा दुर्घटना हुँदा गंगाजमुना गाउँपालिका–२ का १६ वर्षका अनुरुप तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेहरूको स्थानीय गुम्दी स्वास्थ्य चौकीमा सातदोबाटोमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो । मे १ ज  ख २६६९ नम्बरको जीप आज दिउँसो ग्रामीण कच्ची सडकमा पल्टिएर दुर्घटना भएको हो ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्